आज ७५औं प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस हो। सरकारले सार्बजनिक बिदा दिएर देशभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ । आज पनि उक्त कार्यक्रममा बिशिस्ट ब्यक्तिहरु उपस्थित हुने कार्यक्रम छ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

आजको दिनलाई अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिनका रुपमा लिने गरिएको छ ।

नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलन भएको बताइन्छ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति,प्रधानमन्त्री,पुर्व राजा लगायत बिशिस्ट ब्यक्तिहरुले शुभकामना दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय