माघमा मात्रै दुर्घटनाबाट १ सय ९९ जनाको मृत्यु

काठमाडौं । माघ महिनामा देशका विभिन्न भागमा सवारी दुर्घटनामा परी १ सय ९९ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २ हजार ९ सय ६ वटा सवारी दुर्घटना हुँदा ५ सय ६० जना घाइते भएका छन् । त्यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाईते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी १ सय ४७ जना पुरुष, ३९ जना महिला तथा ११ जना बालक र २ जना बालिकाको मृतयु भएको हो । दुर्घटनामध्ये सबैभन्दा धेरै ५४ दशमलव ५५ प्रतिशत मोटरसाइकल दुर्घटना भएको छ ।
मध्यान्ह १२ बजेपछि बेलुका ६ बजेसम्मको अवधिमा धेरै दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार दुर्घटना हुनुमा तिब्र गतिमा सवारी चलाउनु मुख्य कारण हो । चालकले ध्यान नदिनु, मादक पदार्थ सेवन गर्नु तथा सवारी चालक अनुमति पत्र विना सवारी चलाउनुलाई दुर्घटनाका अन्य कारण मानिएको छ ।
एक महिनाको अवधिमा मात्र ट्राफिक कारबाहीमा परेका १ लाख १८ हजार ९ सय ८१ वटा सवारीसाधनबाट प्रहरीले ९ करोड ५९ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

