धनगढीमा डा.शेखरलाई भब्य स्वागत

धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई सुदूरपश्चिमको भ्रमणका लागि धनगढी पुग्दा समर्थकले भब्य स्वागत गरेका छन् ।

बिमानस्थलमै ठूलो संख्यामा पुगेका समर्थकले कोइरालालाई १५ किलोको माला लगाएर स्वागत गरेका थिए। त्यो समयमा डा.शेखरको पक्षमा ‘भावी सभापति’ भन्दै नाराबाजी समेत गरिएको थियो।

उनका समर्थक नेताकार्यकर्ताले कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको बताए। उनलाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो।

नेता कोइराला धनगढी विमानस्थलमा पुग्दा डडेल्धुराका नेता युवराज पाण्डे सहितका नेताकार्यकर्ता पहिल्यैदेखि १५ किलोको माला लिएर प्रतीक्षामा थिए। उनीहरुले ‘भावी सभापति शेखर कोइराला जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ, १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, जस्ता कोइरालाको पक्षमा नारा लगाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय