कांग्रेसमा १५ जनाले पाए विभागीय प्रमुखको जिम्मेवारी (हेर्नुस् सूची)

काठमाडौ,१६भदौ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ढिलोगरी १५ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएका छन् ।
सभापति देउवाले उनीहरुलाई विभिन्न विभागीय प्रमुखमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरुलाई विभागको प्रमुखमा मनोनयन गरिएको हो।
यसरी जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरुमा गण्डकी प्रदेसका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् भने पुष्पा भुसालले महिला विभागको जिम्मेवारी पाएकी छन् ।
यसैगरी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभागको जिम्मेवारी पाएका छन् भने किरण यादवले तराई मधेश समन्वय विभागको जिम्मेवारी पाएकी छन् ।
थारु विभागको जिम्मेवारी योगेन्द्र चौधरीले पाएका ने पर्यटन विभागको जिम्मेवारी आङ्गेल शेर्पाले पाएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्
कसलाई कुन विभाग ? सूची हेर्नुहोस् :
१. कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
२. पुष्पा भुसाल महिला विभाग
३. चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४. किरण यादव तराई-मधेश समन्वय विभाग
५ .योगेन्द्र चौधरी थारु विभाग
६ .गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७. आङ्गेलु शेर्पा पर्यटन विभाग
८. डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ .दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१०. प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११. रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२. गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३. नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४. मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ .सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

