काठमाडौँमा भारी वर्षा


काठमाडौं । काठमाडौँ उपत्यकामा बिहिवार बेलुकीदेखि शुक्रबार बिहानसम्म भारी वर्षा भएको छ ।
बिहिवार राती करिब तीन घण्टामै ५७.६ मिलीमिटरसम्म वर्षा मापन भएको थियो। वर्षा रातभर पनि जारी रह्यो । तीन प्रणालीको प्रभावले अबको केही दिन वर्षा र बदली हुनेछ ।

जल तथा मौसम विज्ञान विभागमा बिहिवार राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलिमिटर वर्षा मापन भएको छ । सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटर माथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्न सक्ने जानकारी दिएका छन् । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय