मध्यराति दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अस्वभाविक अभिव्यक्ति दिने र अराजक गतिविधिका कारण चर्चामा आइरहेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईं मध्यराति घरबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो।

दुर्गा प्रसाईंले मंसिर ७ देखि देश ठप्प पार्ने चेतावनी सहित सामाजिक संजालमा बोलिरहेका थिए। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोप उनिमाथी लागेको छ।

प्रसाईंले बर्तमान सरकार गठन प्रक्रिया माथी पनि गम्भीर प्रश्न उठाउदै आइरहेका थिए। बेलाबेला पक्राउ पर्दै छुट्दै आइरहेका प्रसाइ गत चैत १५ मा काठमाडौं तिनकुने स्थित कार्यक्रममा समेत जोडिएको आरोप लागेको थियो। २ जनाको ज्यान जानेगरी भएको तिनकुने घटनापछि भारतबाट पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।

केही समय राजावादी आन्दोलनको कमान्डर बनेका प्रसाईं अहिले धर्म संस्कृति र नागरिक बचाउ अभियान भनेर बैंक तथा सहकारी र लघुबित्तको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय