‘मोन्था’पछि अर्को प्रभाव, फेरि वर्षा र हिमपात हुने

काठमाडौं । कार्तिक दोस्रो साता आकस्मिक रुपमा वर्षा र हिमपात भएपछि जनजीवन प्रभावित भयो। बङ्गालको खाडीबाट उत्पत्ति भएको ‘मोन्था’ले नेपालको हिमाली क्षेत्रसम्मको मनसुन खल्बल्यायो भने ट्रेकिङ जाने पर्यटक देखि धान थन्क्याउने तयारीमा रहेका कृषकलाई समेत कष्ट दियो।

लगातार झरी अनि हिमपातको क्रम आज आइतबारदेखि केही कम भएपनी आउँदो बुधबार (कात्तिक १९) फेरि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हालको वर्षा रोकिएर अर्को मौसम प्रणालीले पानी पार्ने मौसमविद्ले उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले मंगलबार (कात्तिक १८) बेलुकादेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुन सक्ने बताएका छन् । “…अलि कमजोर पश्चिमी वायु आउँदै छ मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा लिएर,” उनले शनिबार (कात्तिक १५) मध्याह्न सामाजिक सञ्जालमा लेखेका छन् ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर देशमा अझै बाँकी रहेको उनले जनाएका छन् । त्यसकै प्रभावले शनिबार दिनभर पनि काठमाडौंलगायत आधा पूर्वी नेपालमा वर्षा भइरहेको थियो। “आज बिस्तारै मौसममा सुधार हुदै बेलुकासम्म सूर्यको दर्शन पाउने सम्भावना छ र भोलिदेखि मौसम सफा भए पनि अपराह्नमा आधा पूर्वी नेपालमा वर्षाको सम्भावना अझै देखिन्छ,” उनले लेखेका छन् ।

बुधबार भने पश्चिमी वायुको प्रभावले काठमाडौंसम्म वर्षाको सम्भावना हुने उनले औँल्याएका छन् । “हल्का वर्षाले काठमाडौंसम्म छुन सक्छ बुधबार,” उनले भनेका छन्, “हिमाली भेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउँ हेर्न अहिले नै नजानुहोला है !”

सोमबार र मंगलबार (कात्तिक १७ र १८) किसानले धान भित्र्याउन सक्ने उनको सुझाव छ । “तर, बुधबार फेरि पश्चिमी वायुले पश्चिम र मध्य नेपालमा हल्का वर्षा लेराउन सक्छ,” उनले लेखेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...