पुनर्निर्माण कोषमा ६ करोड १० लाख मात्रै !


काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख संकलन भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा ६ करोड १० लाख संकलन भएको हो । अर्बौं क्षति भएको आन्दोलनमा एक महिनामा उठेको रकम यो निकै कम हो। जेन जी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो ।

कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् । कोषका योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...