प्रधानमन्त्रीको सपथ ११ बजे,साँझसम्म मन्त्रीपरिषद विस्तार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने र साँझसम्म मन्त्रीपरिषद विस्तार हुने भएको छ।

शुक्रबार राती राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने घोषणा गरेका थिए। शुक्रबार नियुक्त भएपछि शनिबार घाइतेहरु भेट्न अस्पताल पुगेकी प्रधानमन्त्री कार्कीले आज ज्योतिष साइत अनुसार ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

दिउँसो छलफल गरेर साँझसम्म मन्त्रीपरिषद बिस्तार गर्ने तयारी समेत रहेको छ। हाल सामाजिक संजालमा चर्चामा आएका नाममा भोटिङ गरेर मन्त्री छान्नुपर्ने जेन-जी समूहको माग छ। यद्यपि कार्कीले विवेकपूर्ण निर्णय लिने अपेक्षा धेरैले गरेका छन् । कुनैपनी राजनीतिक दल आबद्ध ब्यक्ति हालको मन्त्री मण्डलमा नहुने बताइएको छ।

काठमाडौं महानगरका मेयर बालेन साहको तर्फबाट उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल मन्त्री बन्ने पक्क जस्तै छ। उनी बाहेक,कुलमान घिसिङ,सेनाका अवकाश प्राप्त बलानन्द शर्मा, जेन-जीका अगुवा हामी नेपालका सुदन गुरुङ पनि चर्चामा आएका नाम हुन् । राजावादी आन्दोलनका कमान्डर भनिने दुर्गा प्रसाईंले पनि मन्त्री बन्न लबिङ गरेका छन् । नेपाली सेनाका चिफ अशोक राज सिग्देलसँग भेटेर दलहरू माथी प्रतिबन्ध लगाउनुपर्छ भन्ने प्रसाईंको मन्त्री बन्ने संभावना छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय