बालेनको आक्रोश : ओली ‘आतंकवादी’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकवादी भन्दै मध्यरातमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आक्रोश पोखेका छन् ।
सोमबार काठमाडौं र इटहरीमा जेन-जी को प्रदर्शनमा व्यापक बल प्रयोग गरेर २० जनाको हत्या गरेपछि सरकार विरुद्ध जनमत जाइलागेको छ। यस्तैमा बालेनले समेत तिब्र आक्रोश र गाली सहित प्रधानमन्त्रीलाई मुख छाडेका छन् ।
राती अबेरसम्म उनको प्रतिक्रिया सुन्न आतुर हजारौंले फेसबुकको वालमा बालेनको खोजी गरिरहेका थिए। बालेन किन चुप ? कहाँ बेपत्ता ? केही त बोल न !जस्ता शब्दमा बालेनको खोजी भरहेको बेला राति १२ बजे आकस्मिक बालेनको आक्रोशले भरिएको गाली सहितको स्टाटस आयो। उनले ह्यासट्याग केपीओलीआतंकवादी भन्दै लेखेको स्टटसमा ४ लाख ६४ हजारले लाइक र १ लाख ५ हजारले कमेन्ट गरेका छन् ।


