प्रधानमन्त्रीलाई बालेनको शुभकामना : लिपुलेक हाम्रो हो भनेर सम्झाउनुहोला !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सहित महत्त्वपूर्ण सन्देश दिएका छन् ।
शनिबार बिहान चीन भ्रमणमा निस्केका प्रधानमन्त्रीलाई मेयर बालेनले फेसबुक मार्फत ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु’ भन्दै लिपुलेक बारेमा चीनलाई सम्झाउनुहोला भनेर लेखेका छन् ।
बालेनले लेखेका छन्-,’नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
अन्तमा बालेनले यो पनि लेखेका छन् -‘अल दि बेष्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।’

