धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट

धादिङ। संघीय सरकारले धादिङ जिल्लालाई आगामी आर्थिक वर्ष २०८२/०८३ का लागी चार अर्व ८२ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

धादिङमा दुई नगरपालिका र ११ गाउँपालिका गरि १३ स्थानीय तह छ। जसमा सदरमुकाम समेत रहेको निलकण्ठ नगरपालिकालाई सबभन्दा बढी र रुविभ्याली गाउँपालिकालाई सबैभन्दा कम बजेट परेको छ।

संघीय सरकारले चालु खर्च, पूँजिगत खर्च र अनुदानका कार्यक्रमहरु संचालन गर्नका लागि जनसंख्याको आधारमा स्थानिय सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ । यो बाहेक प्रदेश सरकारको बजेट र स्थानीय पालिकाको बजेट पनि छुट्टै हुनेछ। प्रदेश सरकारबाट पनि यसपटक धादिङलाई बढी बजेट परेको छ।

संघीय सरकारले नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ७० करोड ७८ लाख उपलब्ध गराउने भएको छ भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई १८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै बेनिघाट रोराङ गाउँपलिकालाई ४५ करोड ९९ लाख, थाक्रे गाउँपलिकालाई ४१ करोड ९६ लाख, धुनीबेसी नगरपालिकालाई ३९ करोड ८२ लाख, त्रिपुरासुन्दरी गाउँपलिकालाई ३९ करोड ४२ लाख, गंगाजमुना गाउँपालिकालाई ३६ करोड ९७ लाख, गल्छी गाउँपलिकालाई ३६ करोड ३६ लाख विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी ज्वालामुखी गाउँपलिकालाई ३६ करोड १५ लाख, सिद्धलेक गाउँपलिकालाई ३५ करोड ५७ लाख, गजुरी गाउँपालिकालाई ३४ करोड ८ लाख, नेत्रावती डबजोङ गाउँपालिकालाई २४ करोड ८१ लाख र खनियाबास गाउँपालिकालाई २२ करोड ४९ लाख विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय