मितेरी सहकारी ठगी आरोपित ज्योति भण्डारी कम्बोडियामा पक्राउ पछि नेपाल ल्याइयो

काठमाडौं । ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेपछि इन्टरपोलको सहायताले उनलाई नेपाल ल्याइएको छ।

कम्बोडियाको कानुन उलंघन गरेको आरोपमा भण्डारी एक महिना अघि नै कम्बोडियामा पक्राउ परेका थिए। भण्डारीलाई बुधबार राति १० बजे कम्बोडियाबाट नेपाल ल्याइएको हो। भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्याेति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आराेप छ। ज्योति गुरुङ कांग्रेस उपसभापति धनराज गुरुङकि पत्नी हुन् ।

ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ।

सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय