यार्सागुम्बा खोज्ने अस्थायी गाउँ !

डोल्पाको ठूलीभेरी नगरपालिका-६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न पुगेका सर्वसाधारणले गाउँ नै खडा गरेका छन् ।

उनीहरुले यार्सागुम्बा खोजुन्जेल बस्नको लागि बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास निर्माण गरेका छन् ।

काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् । तस्बिरः लेख बहादुर बुढा/रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय