बाबुरामले भेटे ८७ बर्षिय मनमायालाई

काठमाडौं । जनभेटघाटको लागि गृहजिल्ला गोरखा पुगेका पुर्व प्रधानमन्त्री एवं नेसपा(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले भेट्न इच्छा गरेका ८७ बर्षिय मनमाया गुरुङलाई आज भेट गरेका छन् ।

बारपाक भुकम्प-२०७२ को समयमा फोटोग्राफर प्रकाश चन्द्र तिमिल्सिनाले खिचेको ‘इपिक फोटो’ का २ फोटोपात्रहरु पूर्व प्रधानमन्त्री भट्टराई र ८७ वर्षीय मनमाया बीचको यो भेट निकै भावनात्मक र अर्थपूर्ण थियो।

२०६४ सालदेखि हरेक महिना कम्तीमा एकपटक गृहजिल्ला आउजाउ गर्ने गरेका भट्टराईले यसपटक बारपाक पुग्दा मनमायालाई भेट्ने इच्छा सामाजिक संजालमै पोष्ट गरेका थिए। त्यतिमात्र होइन भट्टराईले फोटोग्राफर प्रकाशचन्द्र तिमिल्सिनाले उपहार स्वरुप पठाएको फोटो समेत लिएर गएका थिए। सोमबार उनले मनमायालाई भेटेर उक्त फोटो हस्तान्तरण गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय