बालेन र रेनु दाहाललाई हर्क साम्पाङको झटारो !

काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दहाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शब्दको झटारो हानेका छन् ।
केही दिन अघि भरतपुरकि मेयर दाहालले हर्कलाई ‘ठुला योजना गर्नु पर्थौ’ भन्ने सुझाव दिएकी थिइन् । त्यसैको काउन्टरमा हर्कले सामाजिक संजालबाट रेनु दाहाल,उनका बुबा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पुर्व पर्यटनमन्त्री सुदन किराँती र माओवादी पार्टी समेतलाई झटारो हानेका हुन् । त्यस्तै काठमाडौंका मेयर बालेन साहलाई पनि हर्कले काम गर्न नसकेको भनेका छन् ।
उनले लेखेका छन् -‘रेनु दाहालने मलाई ठुला योजना गर्नुपर्थ्यो भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ?’
हर्क साङ्पाङले रेनु दाहाललाई तिम्रो बाउ,सुदन किराँती र माओवादी पार्टी पनि ठिक होइन समेत भनेका छन् ।उनले लेखेका छन्,’तिम्रो बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक छैन, कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु !’
उनले आफूसँग मात्रै देश बिकास गर्ने भिजन भएको भन्दै लेखेका छन् -‘भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने !’

