दुर्गा प्रसाईं पक्राउकाे अन्तर्य

मनोज कुमार कर्ण

चैत १५ काे मास्टरमाईन्ड

नेपालबाट विधिवत् २०६५ साल ज्येष्ठ १५ गते संविधानसभाबाट नै राजसंस्था उन्मूलन संविधानत: भईसकेकाे अवस्थामा पुन: राजा बन्न सहायता गर्नुस् भनी कथित् आह्वान् पूर्वराजा ज्ञानेन्द्र शाहले गत फाल्गुण ७ गतेकाे पूर्व संन्ध्यामा गर्दा दुर्गा प्रसाईं गत चैत्र १५ गते साल २०८१ काे दिन नेपालभरीबाट संकलित राजावादीहरूले काठमाडाैंमा प्रदर्शन गर्दा त्यसमा उग्र भई मास भड्काएकाे प्राईमा-फेसीले बताएकाे प्रहरीकाे भनाई छ ।

ज्ञातव्य छ कि भारतकाे आरएसएस, भाजपाका सत्तारूढ शक्तिशाली नेताहरू उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र माेदीहरूकाे नेपालमा राजसंस्था पुनर्स्थापनामा सहमति रहेकाे भनी नेपालका राजावादीद्वारा एकतर्फी अफवाह फैलाईएकाे थियाे । उक्त चैत्र १५ गते परिस्थिति अनियन्त्रित हुँदा दुई जनाकाे मृत्यु हुनुका साथै दर्जनाैं मान्छे घाईते भएका थिए अनि धेरै पसल लूटिएका, गाडीहरू क्षति पुर्याईएका थिए । चैत्र १४ गते स्वयं ज्ञानेन्द्र शाहद्वारा जनपरिचालन समितिकाे कमाण्डर ताेकिएका दुर्गा प्रसाईंलाई संयाेजक नवराज सुवदीकाे अण्डरमा काम गर्ने बनाईएर खासगरी राप्रपाहरूकाे साैता संगठनकाे रूपमा खडा गर्न खाेजिएकाे थियाे ।

फाल्गुण ६ गते शाहद्वारा राजा बन्न सहयाेग मागिनु, फाल्गुणमै २५ गते त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म “स्वागत भीड” काे आनन्द लिनु, चैत्र १४ गते प्रसाईंलाई कमाण्डर ताेकिएर भाेलीपल्ट १५ गते प्रहरीमाथि नै गाडी हुईंक्याएर “आऊ, आऊ …” भन्दै जनधनकाे क्षति पुर्याउने तहसम्म प्रदर्शन उग्र भएकाकाे मुख्य जिम्मेवारी घटक दुर्गा प्रसाईं अनि उनलाई बाटाेमा उतार्ने ज्ञानेन्द्र शाहहरूले सबै क्षतिकाे जिम्मेवारी लिनुपर्छ भन्ने आम मत हाे ।

भारतमा पक्राउदेखि नेपालसम्मकाे सकस

नेपालका केही इमानदार कर्तव्यपरायणबाहेक आम कर्मचारी, डाक्टर, प्राध्यापक वा सेरक्षाकर्मीबारे मनुष्यले अनुमान लगाउन असम्भव मानिन्छ । उदाहरणकाे लागि यहि २०८१ चैत्र १५ गते दुर्गा प्रसाईंले गणतन्त्रमा संविधानकाे विपरीत राजतन्त्र ल्याउन भनिएकाे कथित् आन्दाेलनमा पुलिसमाथि नै गाडी चलाउँदापनि प्रसाईं र उनका केही कथित् बड्डी गार्डहरू प्रहरीसँग नै देखिन्छन् ।

तर अचानक प्रसाईं फरार भएकाे समाचार आऊंछ र प्रसाईंले “भगवान कसम/मा कसम” भीडियाेमा खाँदै हाँस्दै आफू नेपालमै रहेकाे दाबी गरेपनि उनकै सचिवालयले गत चैत्र २८ गते विहिवार अबेर साँझ भारतकाे सिलिगुडीबाट (तृणमूल कंग्रेसकाे एक नेताकाे फ्ल्याटबाट भागेर असम जानलाग्दा पक्राउपर्दा काेही सिलिगुडी भने काेही असममा “आत्मसमर्पण” गरेकाे बताईरहेका छन् तर उनीहरू स्वयंले नै पनि भारतमा लुकेर रहेकाे स्विकार गरिसकेका छन् । नेपाल प्रहरीले भने साेही चैत्र २८ गते मध्यराती विज्ञप्ति जारी गरेर दुर्गा प्रसाईं पक्राउ नपरेकाेले भ्रामक समाचार सम्प्रेषण नगर्न, नगराउन भन्याे ।

वास्तवमा नेपाल र भारतबीच सुपुर्दगी सन्धी नभएकाेले गर्दा प्राविधिक कारणले नेपाल र भारतका सुरक्षा निकायले यसरी एकले अर्कालाई अनाैपचारीक गाेप्य सुपुर्दगी गर्दै सहयाेग गर्ने गरेका छन् । उत्ता दुर्गा प्रसाईं र उनका समर्थकहरूकाे दाबी के थियाे भने नेपालमा प्रहरीले समातेर ईलेमिनेट (सफाया) गर्ने निर्देशन रहेकाेले चैत्र १५ गते फरार हुनुपर्याे ! यसै उपशीर्षक अन्तर्गत उल्लेखित कुराले नै प्रहरीमा काेही दुर्गा प्रसाईंकाे समर्थक भएरै फरार हुन सघाएकाे देखिन्छ नत्र प्रहरीकै सामुमा भीडियाेहरूमा गाडी हुईंकाएपछि देखिने प्रसाईं कसरी भारत पुगे ?

दुर्गाकाे भारतमा पक्राउकाे राजनीतिक अर्थ

राजनीतिकरूपमा भन्नुपर्दा कथित् राजावादी दुर्गा प्रसाईं गत चैत्र २८ गते विहिवार सिलिगुडी वा असम (भारतीय प्रहरीकाे दाबी अनुसार) जहाँ समातिए र नेपाललाई हस्तान्तरण अप्रत्यक्षरूपमा जसरीपनि गरिंदा त्यसकाे सिधा अर्थ नेपालमा राजावादीहरूले झूठा दाबी “याेगी-माेदी, भाजपाकाे नेपालमा सनातन धर्म सापेक्ष राष्ट्र बनाई नेपाललाई पुन: २०४७ सालकाे संविधान अनुसार टु-पिल्लर सिस्टम अर्थात्, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा फर्काउन सहयाेग रहन्छ” खण्डन हुन पुगेकाे छ ।

स्वयं प्रम माेदीले नै पनि “नेपालमा गणतन्त्र रहने कि राजतन्त्र, त्याे कुरा दिल्ली र काठमाडाैंले तय गर्ने नभई भारत र नेपालका जनताबीच तय हुने कुरा हाे” भनेर नेपालका राजावादीलाई प्रष्ट सन्देश दिईसकेका छन् । यसाे बुझ्न किन कर लाग्छ भने नेपालमा माओवादीकाे दसवर्षे सशस्त्र द्वन्द्व चल्दा स्वयं प्रचण्ड भारतमा शेल्टर लिएकाे बताईरहँदा भारतले उनलाई कहिल्यै पक्रेर दुर्गा प्रसाईंकाे जस्ताे नेपाललाई बुझाएनन् मात्र हैन कि उल्टै डा. बाबुराम भट्टराईलाई राेल्पातिर नजरबन्द गर्दा भारतले नै हस्तक्षेप गरेर उद्धार गरेकाे सबैलाई सञ्चारमाध्यमद्वारा थाहा छ । तसर्थ, भारतले हिजाेकाे माओवादी द्वन्द्वलाई समर्थन नगर्दा विराेधपनि गरेन तर आज राजावादीहरूकाे “भारतकाे संस्थापनकाे हामीलाई समर्थन छ” भन्दाभन्दै दुर्गा प्रसाईं समातिएर नेपाललाई हस्तान्तरण गरिएकाे छ, त्यसपछिका प्रकृयाबारे नेपालमा हामी जान्दैछाैं !

भारतले ज्ञानेन्द्र शाहकाे प्रसाईंजस्ता झूठा कसम खाने (Blaspheming), बैंकहरूका अरबाैं रकम ऋण नतिरेर चाेखिन चाह्ने र अन्य ऋणीलाईपनि त्यसै गराऊने भएर नेपालमा आर्थिक क्राईसिस जन्माएर देश खत्मपार्ने, जालसाज, तनावले एक प्रकारले मर्छु कि मार्छु भनेर मानसिक सन्तुलन गुमेकाे जस्ताे गर्ने, ब्लैकमेलर भई अरूलाई सहयाेग गर्छु भनेर कुरा चाेरेर पछि फसाउने आदि अवगुण भएका मान्छेसँगकाे कुसंगतले अझ रिसाएकाे र दूरी बनाएकाे अर्थ लाग्छ ।

हाे, भारतले नेपालमा जसले आन्दाेलन गरेर भएपनि सनातन हिन्दू राष्ट्रमा परिणत गराएदेखि भारतलाई पनि साेहि बाटाेमा डाेर्याउन नजीर बसेर बल पुग्ला भन्ठान्छन् जसकाे लागि नेपाल सनातन हिन्दू गणतन्त्र भए भारतलाई पुग्याे । अब उसले विगतमा सक्रिय राजा ज्ञानेन्द्र शाह रहँदा व्यापारी, अलाेकप्रिय, अलाेकतान्त्रिक र देश कंगाल पारिरहँदा भारतलगायत प्राय: लाेकतान्त्रिक देशले असहयाेग गर्दा शाहले कम्युनिस्ट र मुस्लिम देशकाे कार्ड खेली चीनलाई सार्कमा पर्यवेक्षकमा सार्ने र ती देशहरूकाे भ्रमण गर्ने गरेका थिए । भारतले किन ज्ञानेन्द्र शाहलाई पत्याउने ? भैंसीमा जति साबुन दलेपनि गाेराे हाेला र ?

हाे, दुर्गालाई पक्रेर नेपाललाई बुझाउनु अर्थात्, ईन्काउन्टर गर्न नदिनु भनेकाे भारतले मानवीय र कानूनी मर्यादा देखाएकाे छ । जीवन जाेगाईदिनु मानवीय नाता भयाे भने दुर्गाले नेपालमा कतिकाे क्षति जन, धनकाे गराए, त्याे उनैबाट कबुलयत गराएर अन्य संलग्न कसूरदारबाट भर्पाई भराउनु कानूनी मर्यादामा सघाएकाे हाे तसर्थ, उनी जीवित रह्नु जरूरी छ । हाे, दुर्गा प्रसाईं जीवित रहँदा मार्सी चामलकाे भात खाने केपी ओली र पुष्पकमल दाहाल “प्रचण्ड” वा अन्य क-कस्काे पाेल उनले जानिसकेर भाेली खाेलिदेलान् भन्ने डर हाेला, त्याे बेग्लै कुरा भयाे ।

मूर्ख काे : प्रसाईं कि शाह ?

दुर्गा प्रसाईं त मेडिकल कलेज र व्यवसाय खाेल्नलाई बैंक डिफाैल्टर बनिसक्दा उनलाई सत्ता नजिक हुन सहारा चाहिएकाे हाे । उसले गणतान्त्रिक वा, राजावादी अभियान वा, नेपाल-भारतका व्यापारी नजिक परेर ऋणमाेचनकाे उपाय खाेज्नु वा देशकाे ढुकुटी लूटेर ऋण तिर्नलाई “प्रधानमन्त्री” बन्न चाह्नु उनकाे मनाेदशाकाे परिणाम हाे ।

तर प्रसाईं जस्ताे मान्छेलाई अपार अदृष्य सम्पत्ति कमाएर थुपारेका ज्ञानेन्द्र शाह पूर्वराजाले किन च्याप्नुपर्याे ? के शाहले मलाई राजा बनाइदिने शर्तमा प्रसाईंलाई प्रधानमन्त्री दिने र उनले आफ्नाे ऋण मिनाहा यताउती गरेर गर्नु वा, मैं तिरिदिनेछु भनेका हाेलान् ? नभए प्रसाईं किन ज्यानकाे बाजि थाप्ने, उनकै केही वर्ष अघिकाे भाषामा २१साैं शताब्दीमा राजा, वंशपरम्पराकाे अब काम छैन ? यस अर्थमा ज्ञानेन्द्र शाहले अब देशमा सरकारबाट पाउने सुविधा खाेस्न लगाएर अब म राजा भएँ भने के के गरूंला त्याे चैत्र १५ गतेकाे प्रदर्शनकाे हिंसात्मक ट्रेलरबाट झन् जनतालाई पर पुर्याएका हुनाले शाह नै मूर्ख हुन् भन्न सकिन्छ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय