किन १३ महिनामै बाहिरिनुपर्‍यो भिसि ?

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का भीसि प्राडा केशरजंग बराल खुल्ला विज्ञापनकाे माध्यमबाट विक्रम सम्वत् २०८० साल फाल्गुण १० गते नियुक्तिपाएर भाेलीपल्ट हाजिरी भएका थिए ।

यसबीच मातहतका रेक्टर र रजिष्टार पदहरूमा विज्ञापन गरेपनि उनले आफ्नै टीम बनाउने भनेर माओवादीका तात्कालीन् प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”लाई सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओली (वर्तमान प्रम तथा कुलपति)ले जति दबाव दिएपनि नमानेर च्वाेईसकै रेक्टर प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गराएका थिए । साे बेला आम प्राध्यापकले भीसिलाई दलीय दलदल राजनीतिबाट मुक्त गराउलान् कि भन्ने आशले साथ, समर्थन गरेका थिए तर साथै एमाले अध्यक्ष ओलीसँग मनमनै वैरभावपनि शुरू भएकाे थियाे ।

भीसि बरालकाे प्रशासन शुरूमा अनुशासित र प्राज्ञिक मानिएकाे भए तापनि व्यवहारमा भने बरालद्वारा नियन्त्रित र रेक्टर अनि रजिष्ट्रारले कार्यालयमा आज के बाेल्ने र के काम गर्ने भनेर दिनहुँ विहानै उनकाे घरमै जाने त्रिविकाे ईतिहासमै नभएकाे जस्ताे पंगु बनाइन लागेकाे कुराहरू निस्कन थाल्याे । यहिंबाट बरालविरूद्ध दलहरू र पदाधिकारीहरूले नै जति दबायाे, उति नै एक प्रकारकाे असहमति (बगावत) काे शुरूवात भयाे भनी मानिन्छ ।

भीसि बरालले प्राध्यापक-कर्मचारी-विद्यार्थीहरूसँगकाे सामूहिक भेटमा पनि “उहाँहरू त्रिविका रेक्टर र रजिष्ट्रार” भनेर चिनाउनुकाे साटाे “मेरा रेक्टर र रजिष्ट्रार” भनेर अहंकारी भाषा प्रयाेग गर्थे । ढाडमा नसाकाे समस्याले ग्रस्त बराल दमकाे पनि राेगी थिए जुन कुरा उनलाई सराेकारवालाका समूहले डेलिगेशनमा जाँदा “अस्तिकाे वाचा याे खाेई” भन्दा “बिर्सन पुगेछु” भन्दै “मेराे ढाड दुख्याे, छिट्टाे टुंग्याउनुस्” भन्दै उठ्थे । तर विपक्षीकाे आराेप हुन्थ्याे कि बिर्सने दिमाग भइसक्याे भनेर छल्नलाई हुन्थ्याे जबकि उनले भीसि हुनु अघि दलगत लगाव माओवादीका कसैकाे काम गर्न भने बिर्संदैनथे !

याे लेख उनै भीसि बरालले करीब १३ महिनाकै अवधीमा किन २०८१ चैत्रकाे दाेस्राे हप्तामै “विरामी”काे उल्लेख गर्दै आफ्ना पदाधिकारी टीम सदस्यहरू रेक्टर र रजिष्ट्रारसमेत कसैलाई पनि नभनेर वर्तमान कुलपति केपी ओलीलाई राजीनामा बुझाई काठमाडाैंबाट पाेखरा हिंडे, त्यसबारे केही सम्भावित कुरा उल्लेख गर्छ ।

भीसि भएपछि के-के भए ?

त्रिविका भीसिबाट राजीनामा दिइसक्नुभएका प्राडा केशरजंग बरालमा देखिएका सबल पक्ष : १) परीक्षामा अल्पकालीन् नै भएपनि केही सुधार, २) शैक्षिक क्यालेण्डर प्रकाशन, ३) नतीजा छिट्टाे प्रकाशन, ४) माैका परीक्षा चाँडाे लिने आदि हुन् । तर उनका दुर्बल पक्षहरू पनि थिए ।

ती केही यस्ता छन् :

१) स्मृति भवनसँगै रहेकाे टुटाकाे केन्द्रीय कार्यालयपनि माओवादी पार्टी (वैद्य) तथा प्रचण्ड माओवादी निकट अनेरास्ववियु (क्रा.) लाई हप्ता दिन बढी पटक-पटक अधिवेशन भनेर दलीय कार्यमा सुम्पेर ईतिहास बिगार्नु,

२) मेरीटाेक्रेसी नामकाे जलप लगाएर विज्ञापनकाे आडमा माओवादी पहिला र आफ्ना मान्छे नभेटिंदा वामपन्थी अन्य जतिलाई जति पछाडी प्रतिस्पर्धामा रहेपनि “क्रेन”ले तान्नु, शर्टलिस्टसमेत उनले तान्न खाेज्नेजति बाहेक सबै उम्मेदवारकाे कृति मूल्याङ्कनपनि नगराउनु,

३) यस स्तम्भकारकाे आफ्नै नाम क्याम्पस प्रमुखकाे शर्ट लिस्टमा रहेकाे त्रिविकै एकजना पदाधिकारीले मैंले त्याे कुरा नसाेध्दापनि प्रसङ्गवश चुहाएकाे (एनटीसिले कल डिटेल दिए मेराे दाबी पुष्टि हुने) तर शर्टलिस्टकाे रिजल्टदिंदा भने भीसिले मन नपराएकाे कुरा आयाे किनकी उनका दलीयकरणबारे लगातार मीडियामा लेखिरहेकाे थिएं कि मेरीटाेक्रेसीमा आएकाे मान्छेले गर्नुपर्ने यी-यी कार्य तर भईरहेका छन् के-के, अत: त्रिवि अब माओवादी-वाम-रास्वपामय हुनेभयाे भनेर,

४) सरूवामा भीसि, रेक्टर, रजिष्ट्रार, सेवा आयाेगलगायत महत्त्वपूर्ण अफिसहरू माओवादीमय बनाए, अन्य अफिसमा माओवादी “सुराकी” जस्ताे कर्मचारी पठाए । भीसि बरालकाे दलीयमुक्तिकाे अर्थ अन्य परम्परागत काँग्रेस-एमाले-एकीकृत समाजवादी जस्ता दलकाे ठाउँमा माओवादी-वाम-रास्वपाकाे बर्चस्व त्रिविमा लाद्ने थियाे । माओवादी प्राध्यापक-कर्मचारीले पाटन क्याम्पस वा अन्यत्र गल्ति गर्दा उनीहरूले भीसिकाे धाक अन्यप्रति लगाउँथे, उनीहरू नसुध्रिने तर त्रिविमा उजूरसमेत पर्दा भीसिले कार्वाही नगरी चूप्की साँध्ने (मेरै केसहरूमा पनि),

५) चिनियाँ बीआरआईकाे पैसामा नेपालका दलका नेता, नेतृ सबैसँग त्रिविका पदाधिकारी सबैलाई आफू “नसाकाे राेगी”सहित पाेखरामा नचाए तर अमेरीकी वैश्विक उच्च शैक्षिक संस्थाका सहयाेगीहरू त्रिविमा आउँदा भीसि बरालले “अंग्रेजी बाेल्नुपर्ला, गाह्राे हाेला कि ?” भनेर छले । त्रिविका शुभ चिताउन उच्च शैक्षिक बहसमा नेपालका विभिन्न युनिवर्सिटिज्, युजीसिका एकेडेमिक भीआईपि आउँदा त्रिविबाट न स्वयं जानू र न अन्यलाई जान दिनू,

६) त्रिविकाे र्याङ्किङ्ग टाईम्स हायर एड्युकेशन म्यागजिनमा खत्तम पारेर लिस्टिङ्गमा झारिदिनु,

७) प्रचण्ड नै कुलपति रहँदापनि त्रिवि र उच्च शिक्षामा लगानी रकम कम्तिमा पाँच गुणाले बढाउन नसक्नु तर सुधार ल्याउनेछाैं भन्ने सुगा रटान प्रचण्ड-बरालकाे रह्याे,

८) विभिन्न आराेपलगाएर त्रिविका कानूनी सल्लाहकार नारायण खनाललाई गलतरूपमा हटाए तर सर्वाेच्च अदालतले भीसिलाई समयमै गलत देखाएर पुनर्बहाली गरिदियाे तर पछि सम्बन्ध सुधार्नुकाे साटाे बरालले साैतामा खनालकाे ठाउँमा अर्काे कानूनी मान्छेसँग सल्लाह माग्थे,

९) स्नातकलाई सराेकारवालासँग बिना कुनै सल्लाह ४ बाट ३ वर्षेमा झार्ने वैश्विक अभ्यासकाे विपरीत दिशातिर लाने मीडिया स्टन्टबाजी गरे,

१०) त्रिविमा रहेका स्थायी नभई कार्यरत्त कर्मचारी-शिक्षकलाई कानूनी अड्चन देखाएर कानूनले नै बाटाे निस्कने ठाउँ छँदै (जस्तै, मैंले सुने अनुसार अदालतमा मर्यादाक्रम एकल, संयुक्त, फुल र संवैधानिक बेञ्चहरूमध्ये करार शिक्षककाे फैसलामा पछिल्लाेपटक संयुक्त बेञ्चले आन्तरीक विज्ञापन नगराउ भनेपनि यस अघि नै माथिल्लाे बेञ्चबाट गराउ भन्ने फैसला गरेकाे हाे अत: भीसिले चाहे याे समस्या सुल्झाउन सक्थे तर राजीनामा दिए । बाँकी सत्य के हाे, सराेकारवालालाई नै थाहा हाेला) त्याे नगरी आंशिक, करारलाई हटाएर माओवादी-रास्वपाबाट शिक्षक-कर्मचारीमा “ठेक्का करार” भनेर राख्ने चाेरबाटाे निकालेका थिए, जुन सम्भव भएन,

११) आफ्ना मान्छे समाजशास्त्रकाे अन्तर्वार्तामा प्राेफेसर बनाउन र त्यसकाे केन्द्रीय विभागमा चीफ बनाउनलाई रास्वपाकी तात्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई त्रिविकाे स्वायत्तता विपरीत ट्रकका ट्रक प्रहरी लिएर पस्न दिए । भीसिले आफ्नै दलीय विचार निकट विद्यार्थी अनेरास्ववियु (क्रा.) लाई आफु अनुकूल नियुक्ति गर्न माेटरसाईकल रैली, मार्चपास आदि गराउँथे भने रेक्टर/रजिष्ट्रारलाई भीसिले आफ्नाे निर्णय मान्न उनीहरूकाे कार्यालयमा विद्यार्थी पठाएर धर्ना दिलाउँथे, जुन पाेखरामा २०६४-०६८ सम्म उनी भीसि रहँदा वाईसिएलद्वारा रजिष्ट्रार प्राडा ओम शर्मालाई धम्काउने हर्कत्काे पुनरावृत्ति थियाे र याे पाेखरा नभई त्रिवि रहेकाेले परास्त भए आदि छन् ।

उनी आफ्ना कुरा बाेलिराख्या छैनन् । हाे, वर्तमान कुलपति केपी ओली उनीप्रति असहिष्णु नै हुन्, दु:ख दिएकै हुन्, दलीय काम गर्न पेलेकै हुन् र हट्न पहिला बाेलाएरै दुईचाेटी भनेकै हुन् यसले आज भीसिले “सहानुभूती” बटुलिरहेका छन् तर गंगाजलले पखालिएर दलमुक्त भीसि बरालपनि कहाँ थिए र ?

भीसि बरालले बरू त्रिविकाे स्वायत्तताका लागि प्रचण्ड कुलपति छँदै पूर्ववर्ती कुलपति ओलीकाे गलत निर्णयलाई चुनाैती दिन सकेर साे बेला त्रिवि सेवा आयाेगका कार्यहरू लाेकसेवालाई कार्य गर्नदिने कार्यकारीकाे गलत निर्णय नै पूर्व भीसि धर्मकान्त बास्काेटा र त्रिवि सेवा आयाेगका अध्यक्षहरू चैतन्य शर्मा (दिवंगत हाल) र लालू पाैडेलहरूकाेलाई च्यातेर अब त्रिवि सेवा आयाेग लाेक सेवा आयाेगबाट फिर्ता लिने अर्काे नीतिगत निर्णय गराएर सच्याउन सक्थे । पटकपटक मीडियासमेतमा लेखें मैंले, हामीले बाेल्याैंपनि । उनले गर्या भएकाे भए आज प्राध्यापक-कर्मचारीकाे साथपनि पाउँथे, ओली व्यक्तिविशेषकाे घमण्ड टुट्थ्याे तर भीसि बरालले नयाँ निर्णय गरेनन् । पहिला आफू तटस्थ भएर, मनमा कसैले केही लेखिदियाे भनेर द्वेष नपालेर अनि साथ सहयाेग खाेज्नुपर्थ्याे ।

त्रिविबारे भीजन देखिएन र गए

वास्तवमा त्रिविकाे भीसि बनेर प्राडा केशरजंग बराल आऊनुहुँदा नेपाली समाजकाे मनशाय र आशा थियाे कि नेपालबाट युवा जनशक्ति काम गर्ने उमेरका बाह्र पढेपछिका पुस्ताकाे विदेश जानेक्रम क्रमश: घट्दै जानेछ र नेपालकाे खरबाैं रकम नेपालमा रह्नेछ ।

तर त्यस्ताे देखिएन, उल्टै भीसि बराललाई सपाेर्ट गर्ने “जनजाति लिगेसी”कि प्रचण्ड सरकारकी शिक्षामन्त्री तथा रास्वपाकी मान्य सुमना श्रेष्ठले एकपछि अर्काे विवादित कार्यहरू गर्दै जानुभयाे जसले बराललाई अझ अप्ठ्याराे पार्दै गयाे । विद्यार्थी विदेश पलायन जिम्मेवार मन्त्रीले राेक्ने वातावरण बनाउनुकाे साटाे “उनीहरूकाे अधिकार हाे, लाेकतन्त्रमा विदेश जानबाट राेक्न पाईंदैन” भनी नाे अब्जेक्शन सर्टिफिकेट दिलाउन कम्प्युटर बिग्रेकाे स्पटमै गएर २४ घण्टाभित्र “सुचारू” गराइदिनु भयाे ।

तर त्रिविलगायत नेपालका युनिवर्सिटिज्हरूकाे प्राज्ञिक, प्रशासनिक, सरकारकाे लगानी बढाउने आदितिर चासाे दिई सुधार्ने काम नै भएन केही जसकारणले गर्दा विदेशी युनिवर्सिटिबाट सम्बन्धन लिएर नेपालमा खुलेका कलेजहरूकाे क्यूएएसमेत नभई प्रश्न उठ्दा मन्त्रीले जरिवाना रकम नै माफ गर्ने हुँदा कतै मन्त्री र त्रिविका भीसिहरूले नेपालका उच्च शैक्षिक थलाे बन्द गराएर सबै विद्यार्थी विदेश पठाई कमिशनकाे रकममा बाँच्ने माध्यम दलका नेताका लागि त बनिदिएनन् भन्ने शंका र सवाल एकसाथ उठाईदिए । यस्ताे साेच्नेलाई भीसि बरालकै माथि उल्लेखित केही कुराले बल पुर्याईदियाे ।

जस्तै, स्नातक चारवर्षेबाट तीनवर्षेमा झार्नु, विद्यार्थीकाे पढाईसँगै आय-आर्जनबारे उपाय निकाल्न नसक्नु तर दलीय आफ्ना कुराहरू एकपछि अर्काे गरि लाद्दै जानू र अन्तत: राजनीतिका खेलाडीद्वारा कहिले समयमा बजेट पारित नगरिदिनु भने कहिले नीति तथा कार्यक्रम अनि सिनेटमा नै सात दिनभित्र डीन नियुक्ति गर पेलान दिनु, त्रिविकाे सिनेट सिंहदरबारमा बसाईएर त्रिविकाे स्वायत्ततामाथि आक्रमण गरिनु आदि कारणले बाध्यभएर राजीनामा दिएर जानुपर्याे ।

अब धेरै यस्ता विद्वान हुनुहुन्छन् जाे विज्ञापनबाट नभई परम्परागत अर्थात्, त्रिवि ऐनद्वारा निर्धारित सर्च कमिटिद्वारा नै भीसि छानिनुपर्छ नत्र प्रचण्ड सरकारले विज्ञापन खुलाएर विद्वानहरूकाे यस लेखमा माथि उल्लेखितजस्ताे हुर्मत् लिएकाे ठान्छन् । तर अवस्था कस्ताे छ भने जाे जति विद्वान् पदाधिकारीकाे रेसमा आएपनि दलका नेताले स्वार्थ नत्यागुञ्जेल युनिवर्सिटि चलाउन सम्भव छैन कसैले ।

स्वयं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीहरूले एमालेबाट नियुक्त भीसिहरू प्राडा हिराबहादुर महर्जन र प्राडा धर्मकान्त बास्काेटाहरूलाई चारवर्ष त्रिविमा कटाईदिनलाई पूर्व भीसि प्राडा तीर्थराज खनियाँलाई कहिले शितलनिवास भने कहिले बालुवाटारमा बाेलाएर सहयाेग माग्थे ।

मलाई लाग्छ, उहाँहरू उच्च ओहदाका उच्च नैतिकवान हुनुहुन्छ र सहयाेग लिनेमात्र नभई सहयाेग गर्नेलाई यादपनि गर्नुहुन्छ, बाँकी त व्यवहारले नै देखाउने हाे । तर नैतिकताले अघि नबढ्ने हाे भने समस्या भने देखिनसक्छ किनकी नेता भएर दलीय नियुक्तिका लागि युनिवर्सिटिका पदाधिकारीकाे कक्षमा कसैले दबाव दिन विद्यार्थी पठाउँछ भने उसलाई मन लागेकाे भीसि नियुक्तिकै लागि अन्य पदाधिकारीहरू विज्ञापनबाट आएका हुनाले किन राजीनामा गर्ने ? त्यसैपनि गणतन्त्रलाई केही नेताले बदनाम गराईरहेकाे आराेप छ त !

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय