महिलाको सीप देखेर एमाले नेताहरु दङ्ग

तस्वीर : अनुप शाही, मिराज

काठमाडौं । नेकपा एमाले निकट महिलाहरुको कोशी प्रदेश सम्पर्क कमिटीले बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलको प्राङ्गणमा विभिन्न बेकरी परिकार बनाएर प्रदर्शन गर्नुको साथै केन्द्रिय नेताहरूलाई त्यसको स्वाद चखाएको छ।

सो अवसरमा पार्टी महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदिप ज्ञवाली, पूर्वमन्त्री लालबाबु पन्डित, नेता राजन भट्टराई लगायत नेताकार्यकर्तालाई स्वाद चखाइएको थियो।

महिलाहरुको उत्साह र उर्जा देखेर नेताहरू दङ्ग पर्दै पार्टीले आगामी दिनमा यस्ता थुप्रै कार्यहरु गर्दैजाने र सीप सिकेर आत्मनिर्भर हुन चाहने सबैलाई साथ दिने प्रतिबद्धता समेत जनाएका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धमा रहेको मिराज ईन्स्टिच्युट फर भोकेसनल एन्ड रिसर्चमा तालिम लिएका महिलाले उक्त प्रदर्शनी आयोजना गरेका हुन् ।

उनीहरुले १० दिनसम्म मिराजमा सिकेको सीप व्यवहारमा उतार्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए । मिराज ईन्स्टिच्युटको तर्फबाट योगेश बस्ताकोटी,बबिता दुलाल र प्रदीप सापकोटाले उनीहरुलाई तालीममा सहजीकरण गरेका थिए।

बुधबारको समापन कार्यक्रममा पनि मिराज ईन्स्टिच्युटका संचालक एवं प्रशिक्षकहरुको समेत उपस्थिति थियो। प्रदर्शनीमा कोदो, फापर लगायत स्थानीय अन्नबाट पाउरोटी, कुकिज लगायत परिकार तयार पारिएको थियो।

“कदम आत्मनिर्भताको बढाऔं, सीप सिकौं, उद्यमी बनौं” भन्ने अभियान अन्तर्गत कोशी प्रदेश सम्पर्क कमिटी महिला बिभागद्वारा संचालित सीप मुलुक १० दिने बेकरी तालिमको समापन समारोहमा प्रशिक्षार्थी महिलाहरुले पार्टी कार्यालय भित्र फिल्डमै सबै खानेकुरा प्रत्येक्ष तयार पारेका थिए।

प्रशिक्षार्थीले तयार पारेका विभिन्न परिकारको स्वाद लिइसकेपछी नेताहरूले पार्टीको महिला बिभागको प्रशंसा गर्नुको साथै सिकेको सीपलाई सधैं व्यवहारमा लागू गर्न सल्लाह दिएका थिए। सम्पर्क कमिटी अध्यक्ष राधिका दाहालले १० दिने तालिमदेखि आजको प्रदर्सनी सम्म प्रशिक्षार्थीहरुलाई समन्वय गरेकी थिइन् । सो अवसरमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र लिएपछि प्रशिक्षार्थी महिलाहरुले एकआपसमा खुशी मनाएका थिए ।

तस्बिर : अनुप राज शाही

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय