विद्राेह कि देशद्राेहकाे मिडिया स्टन्टबाजी ?

मनोज कुमार कर्ण

मिति २०८१ फाल्गुण ६ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले खुलेर आफूलाई राजा बन्न सघाऊ भन्ने आशयको विज्ञप्ति जारी मीडियामा झण्डै १० मिनेट गर्नुहुँदा राजावादीहरू सल्बलाए।

यो ज्ञानेन्द्र शाहलाई लाग्यो होला, तर गत फाल्गुण २५ गते आइतवार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म करीब साढे १७ हजारको भीडले करिब १० किलोमिटरको साँघुरो सडकलाई जम्मा गर्दै, उनको दरबारी/राजावादीभन्दा पनि शाहलाई अगाडि सारेर वर्तमान गणतन्त्रमा सत्तासीन हुन राजनैतिक सौदागरहरू मात्र सल्बलाएको आम बुझाइ छ।

मास त काठमाडौंमा २०६३ वैशाख ११ गते उनै पूर्वराजा ज्ञानेन्द्र शाहबाट लोकतन्त्रको घोषणा, संसदको पुनर्स्थापनाका कुराहरू गरिंदा सो अघि शाहले पाटन र कहाँ–कहाँ घुम्न जाँदा पनि सडकमा हजारौंको संख्यामा मास जम्मा हुन्थ्यो, तर काँग्रेस–एमालेहरूको ५–७ दलीय टुँडीखेलको मञ्चमा सुरुवाती समयमा त्यहीँ रहेका बेरोजगारैको ५–७ सयको संख्याको भीडले २०६३ वैशाख ११ गते निम्त्याइदियो।

बुझाइ फरक रह्यो ज्ञानेन्द्र शाहको आफ्ना अगाडिका हजारौंको मासबारे: शाहले “मैले राजनीतिक सफ्ट कू गर्दा मेरो सक्रिय शासन, राजाभन्दा व्यापार, मेरा विगतका भूमिगत अमर्यादित गतिविधिलाई माफ गरेर मलाई राजामा स्वीकारेका” अर्थ लगाउँथे, भने जनता विभाजित भई दरबारबाट लाभ उठाउने थोडैले राजालाई सपोर्ट गर्न सडकमा आउँथे, भने अधिकांशले दरबारभित्र छिर्न नसक्ने भएपछि “सडकमा आएर पपुलर” बन्न खोज्ने ज्ञानेन्द्र शाह भाईमारा कस्ता छन्, त्यो हेर्ने मनोविज्ञानले आउँथे। यो स्तम्भकारको भाषा नभई आम बुझाइ थियो, सो बेला।

यो लेख अब चैत्र १५ गतेबाट दुर्गाप्रसाद प्रसाईं, स्वघोषित राजावादी, वा अन्य कसैद्वारा राजा ल्याउने अन्तिम धक्का भन्ने दाबीहरू अनुसार नेपालमा त्यसबारे के सम्भावना छ र वास्तवमा केहीले राजनैतिक व्यवस्था परिवर्तनको नाममा कतै देशद्रोह त गरिरहेका छैनन् भन्ने सेरोफेरोमा आधारित छ।

राजा फर्किने चर्चा बेकार

नेपालका शाहवंशीय राजाहरू (राजा नै नकारिएको अवस्थामा राणा शासनलगायत जुनसुकै पनि अलोकतान्त्रिक व्यवस्था बुझ्नुपर्ने यहाँ) पहिलादेखि नै बद्नामित, अर्थोपार्जनमा लाग्ने, यौनिक मामिलामा कमजोर हुँदा जनताका छोरी, श्रीमती असुरक्षित रहने, गद्दीको लागि काटमारमा लाग्नेदेखि पूर्वराजा भनेर इतिहासमा दर्ज भइसकेका ज्ञानेन्द्र शाहसम्म त तस्करी, चोरीशिकारी, गद्दीको आडमा चीनबाट फोन ह्याण्डसेट, पेजर आदिको “उपहार” उताबाट लिई नेपालमा “बेचेको” समेत आरोप लाग्यो।

अब २०६५ ज्येष्ठ १५ गते नेपालको संसदबाट विधिवत् नै राजसंस्था उन्मूलन भई गणतन्त्रको घोषणा भइसकेर आजको मितिसम्ममा आएको अवस्थामा फेरि उल्टो गंगा बहाउँछु, फ्रान्स वा बेलायतजस्तो कसैले सोच्छ भने फ्रान्समा आखिरमा आज कुन व्यवस्था छ अनि बेलायतमा चार्ल्स दोस्रो (शायद नाम यही हो) ले झुक्याएर जनताको नासो लोकतन्त्रलाई मासेर दोस्रोचोटी पुनः राजा बन्दा, उनलाई क्रोधित जनताले टुक्रा पारेर बोरामा बाँधेर थेम्स नदीमा बगाएको पनि सम्झेर नेपालमा गलत इतिहास नदोहरिनमै सबै लाग्नुपर्ने उचित लाग्छ।

आजको सोशल मिडिया र इन्टरनेटको जमानामा नेपालका शाहवंशीयहरूको पूर्वज कुलमण्डन “खाँ”, उनीहरूको विगतका दरबारिया षड्यन्त्र, काटमार आदिबारे २०६३ वैशाख ११ पछि जन्मेका पुस्ताले नबुझ्लान् र? एक क्षणभन्दा बढी क्षण सर्च गर्न र पढ्नलाई समय लाग्ला र? आजका पुस्ता हामीभन्दा निकै स्मार्ट प्रविधिकरणले भएका छन्, उनीहरू देश–विदेश पनि पढाइ र रोजगारको सिलसिलामा जाने भएकाले राजतन्त्रभन्दा गणतन्त्र नै स्वीकार्ने छन्।

दुर्गाप्रसाद प्रसाईं एक वित्तीय कसूरदार

झापा निवासी चतुर दुर्गा प्रसाद प्रसाईंकाे मुख्य पेशा राजनीति नभई व्यापार तथा कमाउनलाई जसलाई जसरी भएपनि फसाउने, भ्वाईस रेकर्ड गरेर पछि बाेल्नेसँग र बाेल्नेकाे झगडियासँगपनि ब्ल्याकमेल गरि अकूत सम्पत्ति कमाउने हाे । उनले मेडिकल कलेज खाेल्ने र व्यवसाय बढाउने भनेर नेपालका विभिन्न ब्याङ्कहरूबाट अरबाैं रूपैयाँ गलतरूपमा कागज, शक्ति, सत्ता प्रयाेग गरेर निकालेका छन् ।

उनकाे अविश्वसनीय र कमाउ व्यवहारले हिजाे मार्सी चामलकाे भात र “छप्पन व्यञ्जन” अस्थायी नेकपा (एमाले र माओवादी मिल्दा २०७४ सालतिर केपी ओली प्रधानमन्त्री छँदा) का दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल “प्रचण्ड” खाँदापनि असुरक्षित बनाएकै कारणले हाेला, ती दुई शीर्ष नेताले पनि मेडिकल कलेजकाे सम्बन्धन दिलाउन नसकेर उल्टैपछि बैंकिङ्ग कसूरपनि प्रसाईंलाई बनाउन चाहे ।

तर राज्यसत्ताकाे सम्पूर्ण शक्ति हिजाे प्रचण्ड र आज ओलीकाे हाथमा रहँदापनि दुर्गा प्रसाईंलाई कानूनी सिकञ्जामा बाँध्न नसक्नु नै मार्सी भात खाने टेबुलका तीनजनै पात्र रहस्यमयी बनेका आमबुझाई जनतामा छ । याे कुरा गणतन्त्रकाे लागि सुखद हाेईन तसर्थ, उचित प्रष्टिकरण दुई नेताले दिएर प्रसाईंलाई वित्तिय संकट नेपालकाे टार्न उनले लिएका ऋण तीर्न बाध्यपार्नुपर्छ । यसकाे उल्टाे अनैतिक गठजाेड प्रसाईंले अन्य खराब ऋणीलाई कथित् राजसंस्था फर्काउनमा बनाउँदैछ । जनताले बुझ्न थालिसकेका छन् कि आखिरमा राजा आउँदापनि लाभान्वित आम जनताले भाेकै प्यासै मर्ने हुनेभएर हुनेहरू त तीनै दुर्गा प्रसाईंहरू रह्ने हुन् ! याे गणतन्त्रवादीकाे फाइदा हुनेभयाे ।

तर प्रसाईं यसभन्दापनि खत्तरनाक देशद्राेहीकाे रूपमा देखा पर्दैछन् । उनकाे केही महिना अघिकाे एउटा भिडियाे भाइरल छ जसमा दुर्गा प्रसाईंले टीभीकाे अन्तर्वार्तामा हाकाहाकी “भारतमा नेपाल हालिदिऊं, राष्ट्रपति लिउँ, बम्बै, दिल्ली सबै हाम्रै हुनेछन् …” भन्दैछन् ! भर्खरै दिल्ली पुगेका उनै प्रसाईंकाे अर्काे भिडियाे भाइरल छ जसमा उनी यहि चैत्र १५ गते नेपाल जाउँ, राजसंस्थाकाे लागि विद्राेह गराैं भनेर एक महिलालाई भनिरहेका छन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाह भूटान पस्छन् । के भारतका काेही खुराफातीले अमेरीकाले क्यानाडा, ग्रिनल्याण्ड, गाजा मेराे हुने, रूसले युक्रेन मेराे हुने, चीनले ताईवान र कुन समुद्री भाग मेराे हुने भने झैं भूटान र नेपाल, पाकिस्तान अधिनस्थ जम्मू-कश्मिर आदि एकसाथ भारतमा विलय गराउने साेचिरहेका सम्भावित हुनसक्नेकाे नेपालबाट गाेटी यिनी दुर्गा प्रसाईंहरू बनेर विद्राेहकाे नाममा देशद्राेह त भित्रभित्रै गरिरहेका छैनन् ?

इतिहास साक्षी छ कि नेपालमा मधेशीलाई भारतीय, देशद्राेहीकाे आराेप लगाउनेहरूले आज दुर्गा प्रसाईं अनि कथित् राष्ट्रवादी राजा महेन्द्र शाहले नै पञ्चायत टिकाउनलाई चीनलाई पहिला सगरमाथाकाे चुचुराेमा पानीकाे थाेपापर्ने “पानीढिल्लन”देखि उत्तर तिब्बती पठार अर्थात्, आधी सगरमाथा चीनलाई दिने कागजमै सम्झाैता गरेका छन् भने पछि भारतलाई पनि कालापानीमा सेना राख्न दिएका हुन् । महेन्द्र शाह र दुर्गा प्रसाईंहरू मधेशी हाेईनन् ! मधेशीले त भारतीय प्रहरीकाे ज्यादती सहेरपनि बाेर्डरकाे रक्षा गरिरहेका सबै गैह्रमधेशी पहाडीकाे पनि आत्माले भन्छ तर बाेल्न उनीहरूले सकेर प्रशंसा गरिरहेका छैनन् ।

अन्य राजावादीमा को असली ?

चैत्रकाे पहिलाे साता ज्ञानेन्द्र शाह पूर्वराजाद्वारा ८६ वर्षीय पञ्चायती “भिष्मपिताम्ह” राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई राजसंस्था पुनर्बहाली आन्दाेलनकाे संयाेजक ताेकियाे । तर फाल्गुण २५ गते प्रसाईंले मैले मास सडकमा ल्याएँ भने राप्रपाले हामीले भने कस्ले के दाबी गर्दैगर्दापनि राप्रपाले दुर्गा प्रसाईंलाई विदेशी पैसाले परिचालित र आफूहरू हुकुम प्रमाङ्गी जस्ताे पुन: ज्ञानेन्द्र शाहबाट सुवेदीलाई टिपिएकामा सहयाेग गर्न नसकि बरू छुट्टै ढंगले अघि बढ्ने बताईन्छ (“राजा”ले नेता ताेकेपछिकाे बैठकमा यतिसम्म रमिता”, जन आस्था साप्ताहिक, २०८१/१२/०६ बुधवार, पृष्ठ १) ।

उता कमल थापाले पनि सुवेदीलाई नमान्ने अनि भारतमै पनि राजा फर्काउने माहाेल नरहेकाेले पशुपति शम्सेर राणा स्वयंले पनि ज्ञानेन्द्र शाहद्वारा प्रस्तावित सुवेदीवाला संयाेजककाे पद ठुकराईएकाे बुझिन्छ । शाहद्वारा एकजनालाई च्यापिंदा कथित् राजावादीहरूकाे हाल मीडियामा आइरहेकाे विराेधकाे स्वरले स्वयं ज्ञानेन्द्र शाह नै अब सकिँदन भन्ने निष्कर्शमा पुगिरहेका बेला आम जनताबाट “राजा आउ, प्राणभन्दा प्याराे छ” भन्ने नारा लगाउनेहरूलाई स्वार्थीहरूकाे जमात् तथा अन्धभक्त भन्न सकिन्छ । हाे, भारतीय संस्थापनकाे ईच्छा भने नेपालमा सनातन हिन्दू धर्मसापेक्ष (Non-secular) देश पुन: नेपाल बनाेस् भन्नेसम्म हाे ।

भयो अब वंशगत राजाले काटमार बन्द गर

करिब २४ सय वर्ष अघिदेखि नै साेफाेक्लिज् (Sophocles) का ग्रीक ट्रैज्डी प्लेहरू ईडिपस् (Oedipus) वा, एन्टीगाेन (Antigone) वा, बेलायतका विलियम शेक्सपियर (सन् १५६४ – सन् १६१६) का नाटकहरू ह्याम्लेट (Hamlet) आदि पढ्दा वा बेलायतका राजा काटिएकाे इतिहास पढ्दा वा नेपालकै पनि शाहवंशी र राणाहरूकाे काटमार श्रीपेचकाे लागि भएकाे हेर्दा, पढ्दा (राजा विरेन्द्रकाे वंशनाश २०५८ साल ज्येष्ठ १९ गते त हेरिएकै हाे) सबैमा केही कुरा समान छन् ।

क्‍वालिटीकाे ठाउँमा वंशवाद जेठाे छाेराे राजा बन्ने, राजा बनेपछि राजधर्म निर्वाह नगरेर आपसमै काटमार गर्ने, अनैतिक भई नाजायज सम्बन्धहरू गाँस्ने अनि आमजनताले सहिदिनुपर्ने ! याे समय बिताउने कुरा मानवसमाजले हजाराैं वर्षदेखि गरेर परिवर्तनकाे आशमा धैर्यकाे बाँध टुटेरै राजशाही वंशवादकाे पूर्ण उन्मूलन गरेर गणतन्त्रसम्म आएकाे हाे जसमा पारदर्शिता, जवाफदेहिता र सञ्चार, सूचनाकाे हक, वाक् स्वतन्त्रता, अद्यावधिक निर्वाचन आदि हुन्छन् र गल्ति गर्ने नेता वा दललाई अर्काे चुनावबाट सुध्रिने वा फाल्ने काम गर्छ ।

तसर्थ, आजकाे जमानामा ज्ञानेन्द्र शाह वा वंशवाद जुनपनि परम्परा सुध्र्याे अब राजा बनाउ भनेर सडकमा ओर्लनु “भैंसीमा साबुन दलेर गाेराे पारिसकें वा, कुकुरकाे बाङ्गिएकाे पुच्छरलाई ढुङ्ग्राेमा तन्काएर १२ वर्ष बाँधेर खाेल्दा सिधा भईसक्याे” भनेर मूर्खले गर्नेजस्ताे समय बर्वाद गर्नु हाे र संविधानकाे बर्खिलापपनि हाे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय