टोखामा २५ करोड सहित समातिने ब्यक्ति सुन तस्करीमा संलग्न

काठमाडौ । काठमाडौंमा २५ करोड रकमसहित पक्राउ परेका व्यक्तिको पहिचान खुलेको छ । उनी यस अघि पनि सुन तस्करी काण्डमा पक्राउ परेका थिए।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २५ करोडभन्दा बढी रकम बरामद गरेको थियो।सो ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ का ४३ वर्षीय कुसाङ लामा रहेका खुलेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट २५ करोड रकमसहित चालक लामालाई गएराति पक्राउ गरेको हो ।

लामा यसअघी पनि ७ किलो सुन तस्करीमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनी आज बिहान ट्रकमा फल्स बटम बनाई रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय