एम्बुलेन्स चालकको दु:खद अन्त्य : बिरामीलाई हस्पिटल पुर्‍याए आफू आर्यघाट पुगे !

मोरङ। मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। उनी बिरामीलाई हस्पिटल पुर्‍याएर फर्किदा दुर्घटनामा परेका हुन् ।

कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-३ मा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे। गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको बुझिएको छ।

दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई बूढीगंगा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए।

दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि विराट मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय