काठमाडौं सहित देशका धेरै स्थानमा बर्षा हुने !


काठमाडौं । संघीय राजधानी काठमाडौं सहित आज (शुक्रबार) देशका धेरै ठाउँमा बर्षाको संभावना रहेको मौसम पुर्वानुमान शाखाले जनाएको छ।

यतिबेला सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाँउमा साधारण वर्षा भएको छ। त्यसैगरी अधिकांश ठाउँमा बदली (आकाशमा बादल) देखिएको छ। काठमाडौं उपत्यका सहित वाग्मती,मधेस र कोशी प्रदेशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि पानी परिरहेको हो।

‘यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा अहिले मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ’, उनले भनिन्।

मौसम महाशाखाले आज शुक्रबार देशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण गरेको छ। मौसमविद् कँडेलका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भवना छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय