कागेश्वरी मनोहरामा ‘पर्यटन महोत्सव’ सम्पन्न

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कागे अष्टमीको अवसरमा बुधबार ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ सम्पन्न गरेको छ।

स्थानीय कला र सँस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको संस्कृति,पर्यटन एवं नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए।

महोत्सवमा स्थानीय उत्पादनको प्रचारप्रसास गरी नगरपालिका क्षेत्रमा भएका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य रहेको थियो। नगरपालिका वडा नं. १ स्थित कागेश्वरी धाममा आयोजना गरिएको महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका विविध जानकारी र प्रदर्शनी राखिएको थियो।

महोत्सवका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक, सांस्कृतिक प्रदर्शनी, भजन–कीर्तन, स्वास्थ्य शिविर, पर्यटन, नवप्रवर्द्धनात्मक बिषयहरु समावेश थियिअवलोकन गरसँग सम्बन्धित कार्यक्रम हुनेछ । त्यस्तै उद्यमशीलताको विकास एवम् प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम हुनुका साथै महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित काठमाडौं उपत्यकाबासीको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले २०७० सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ । वडाध्यक्ष गजुरेलले महोत्सवमा वडा, नगरवासी तथा उपत्यकावासीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ । महोत्सवमा महिला समूह, संघ, संस्थाहरूको विशेष सहभागितासहित स्थानीय खाना परिकार, संस्कार, संस्कृति तथा स्थानीय रक्सीको प्रवर्द्धनमा जोड दिने मेला क्षेत्रमा प्रदर्शन समेत हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय