लिटिल बुद्ध भनिएका बम्जन विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा 

काठमाडौं । आफुलाई लिटिल बुद्ध दाबी गर्ने तपस्वी रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ।

उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन् । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सर्लाहीमा उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्वा दायर गरेको हो ।

बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोप छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई २०८० सालको पुसमा पक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले उनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ पनि बरामद भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय