दिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १५को मृत्यु, कैयौँ घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीको रेलवे स्टेसनमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आज(आइतबार)बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

त्यस्तै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय