स्कुलबस दुर्घटना : मृतकको संख्या ३ पुग्यो,अन्य ३९ घाइते

काठमाडौ। पुर्वी काठमाडौंको शंखरापुर-५ सालीनदी पारी कात्तिकेमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७०५८ नम्बरको बस बुधबार साँझ दुर्घटना भएको थियो। सो दुर्घटनामा घाइते भएका अन्य ३९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको छ।
प्रहरीका अनुसार शंखरापुर अस्पतालमा उपचारको क्रममा सुसाङ्क डोटेलको मृत्यु भएको छ भने नेपाल मेडिकल कलेजमा एकजना र त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा अर्का एकजनाको मृत्यु भएको छ।
अहिले घाइते मध्य पिपुल्स लाइफ केयर अस्पतालमा २४ जना, शंखरापुर अस्पतालमा ३ जना, नेपाल मेडिकल कलेजमा ९ जना र त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार हुँदैछ ।
स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिकनिक गएर फर्किँदा दुर्घटनामा परेको हो । सुन्दरीमाई यातायात सेवाको सो बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

