गृहमन्त्रीलाई कारबाही गर्नुपर्‍यो भन्दै दलित अधिकारकर्मी कांग्रेस कार्यालयमा

 


काठमाडौं ।गृहमन्त्री रमेश लेखकलाई कारबाही हुनुपर्ने माग गर्दै दलित अधिकारकर्मीहरुले शुक्रबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा बिरोध जनाएका छन् ।

उनीहरुले गृहमन्त्री विरुद्ध उजुरी समेत गरेका छन् । उजुरी लिएर बिहिवार प्रहरी कार्यालय समेत पुगेका दलित अधिकारकर्मीको उजुरी प्रहरीले दर्ता नगरी फर्काइदिएपछी आज कांग्रेस पार्टी कार्यालय पुगेका हुन् । अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र रामको जोडीलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा दमन भइरहेको उनीहरुको आरोप छ।

सोही घटनाको विरोधमा दलित अधिरकार्मीहरू सानेपास्थित नेपाली कांग्रेसको कार्यालय घेर्न पुगेका हुन्। यद्यपि गृहमन्त्री लेखकले भने सो घटनामा आफुले कुनै दबाब नदिएको र आरोप झुठो भएको बताउँदै आएका छन् ।  गृहमन्त्री लेखकले बिहिवार सदनमा पनि सो को स्पष्टीकरण दिइसकेका छन् ।

दलितलाई खै ? भन्ने अभियान चलाउदै आएका अभियन्ता खगेन्द्र सुनार नेतृत्वको दलितका लागि दलित अभियानको संयोजनमा अधिकारकर्मीहरूले गृहमन्त्री लेखकलाई कारबाही हुनुपर्ने भन्दै कांग्रेस कार्यालयमा नाराबाजी समेत गरे। संयाेजक सुनार प्रतीकात्मक हतकडी लगाएर नै कांग्रेस कार्यालय पुगेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय