प्राध्यापकहरू पनि माैका नपाउञ्जेल मात्र राम्रा…
मनोज कुमार कर्णनेपालमा हाल संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्था छ । एकल मत, दल, विचार, निर्णय गर्ने व्यक्ति आदिकाे ठाउँ बहु अर्थात्, एकभन्दा बढीले विस्थापित गर्ने संवैधानिक नै व्यवस्था हाे । साथै यस व्यवस्थामा आफ्नाे जरूरत, मनमा लागेका जायज कुरा संवैधानिक परिधिमा रहेर केवल देश र समाजकाे समग्र भलाईकाे लागि आवाज उठाउनलाई पेशागत संघ, संगठनहरूकाे छाता समूहजस्ताे आवश्यक हुन्छ ।
यसै अनुरूप शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, किसान, मजदूर आदिकाे आ-आफ्ना पेशागत हकहितकाे लागि छुट्टै छाता संगठनहरू निर्माण हुनु जायज नै हुन्छ । नितान्त यी पेशागत संगठनहरूमा राजनीतिक दलले छुट्टै विचार समूह भनेर विचार लादेर जब मान्छेलाई पेशागत समूहमा पठाउँछ, त्यहाँदेखि त्याे पेशागत समूह नरहेर वैचारिक संगठनहरूकाे राजनीतिकाे अखडा बन्न पुग्छ ।
नेपालका स्थापित पुराना दलहरूमाथि २०४६ सालपछि पेशागत संगठनहरूलाई दल निकट विचारका समूह खाेलेर पेशाकर्मीलाई कर्तव्यबाट भट्काएर राजनीतितर्फ माेडेकाे आराेप लाग्दै आएकामा नयाँ दलहरू माओवादी केन्द्र र त्यसका टुक्राटाक्रीहरू, रास्वपा, जसपा, लाेसपा, नेसपा, जनमत आदि कुनैपनि दल अरूकाे शिकायत गरिरहँदा आफूहरू पनि माैका पाउने बित्तिकै त्यही गर्न र छाेटाे अवधीमा नै सर्वाधिक प्रभावपार्न चाहेकाे प्रवृत्तिले नेपालमा दलीयतन्त्रकाे गलतरूप क्राेनिक राेग भई निकाे नै तत्काल नहुने जस्ताे देखिन्छ ।
याे लेख यसै सेराेफेराेमा नेपालमा पछिल्लाे समय कसरी साना र नयाँ भनिएका दलहरूले पनि प्राध्यापक जस्ता विद्वत् समाजलाई पनि राजनीतिमा हाेमेेका हुन्, त्यसलाई प्रष्ट केही उदाहरण दिएर पार्नुछ । प्राध्यापकवर्ग सचेत वर्गबाट पनि अवसरवादी, माैकापरस्त बनेर निस्कनु नेपालकाे अर्काे समस्या छ भन्ने कुरा उजागर गर्नुछ ।
काेल्ड डिप्लाेम्यासी हानिकारक हाे
साल २०६७ तिर हाेला, जब बर्दियाकाे गुलरियामा मधेश, मधेशी, मधेशी अधिकार आदिबारे एउटा कार्यपत्र प्रस्तुत गर्नजाँदा पचास जना जति सहभागी रह्ने भनिएकामा कम्तिमा पनि डेढ सय जति मान्छे आइदिए । कार्यक्रम समाप्त हुन लाग्दा लुगा पनि आधी लगाएका गरिब, किसान, महिला, पढ, अनपढ सबै ओइरिन थाले ।
र यस स्तम्भकारलाई अनाैठाे प्राणि सम्झेर छाेएर कम्तिमा “पवित्र” आफूलाई पार्न जसले पनि चाहन थाले ! अचम्म, मेराेमा यस्ताे कुनै गुण थिएन र छैनपनि शायद । तर ती गरिबहरूमध्ये एकजना प्रतिष्ठामात्र लुगाले ढाक्ने आर्थिक हैसियत भएका किसानले स्तम्भकारलाई सुनाए, “हामी अलिकति पनि मधेशकाे गाथा, ईतिहास सुन्दा हनुमान चालिसा जस्ताे लाग्छ हजूर, हामी किसान एकदम ईमान्दार छाैं, बिगार्ने भनेकाे नै पढेलेखेका शहरतिर बस्नेले हुन् । काठमाडाैं फर्कंदा मधेशी नेताहरूलाई हाम्राे कुरा सुनाईदिनु हाेला हजूर !”
यस्ताे विश्वास ममाथि उहाँहरूकाे, मपनि कर्तव्यपालनमा ईमान्दार तर मेराे कुरा काठमाडाैंमा बस्ने पढेलेखेका तथा नेता, मन्त्री काे मधेशीलाई फुर्सद ? समस्या यहाँ छ ! गैह्रमधेशी प्राध्यापकमा पनि उही अहम् समस्या व्याप्त देेखिन्छ ।
कूटनीतिक क्षेत्रमा “काेल्ड डिप्लाेम्यासी” भन्ने एउटा शब्द छ, जसकाे अर्थ शब्दकोषले जसरी जे लेखेपनि साेझाे अर्थमा ठग्नु वा, धाेका दिनु हाे । जस्तै, चीन वा भारतले नेपालका प्रधानमन्त्री कसैसित काम गर्न असहज महशूस गरे कि बाेलाउँदैन भ्रमणमा वा, बाेलाएपनि राम्ररी प्रशंसा गरिदिने, खानपान, सत्कार गर्छ तर मुख्य काम नगरिकन उसलाई बर्वाद पारेर सत्ताबाट समेत च्यूत गराईदिन्छ ! अर्थात्, बलिदिने बाेकालाई राम्राे हरियाे घाँस तथा मन पर्ने कुरा खुवाएर पछि काट्ने नै मैंले बुझेकाे काेल्ड डिप्लाेम्यासी हाे । याे खतरनाक हुन्छ ।
जब आफूभन्दा माथिका हाकिमले अनायास कसैलाई मुक्तकण्ठले प्रशंसा गर्छ, “आईस्याेस्, ह्वस्, पाल्नुस्” आदि भन्छ भने बुझ्नुपर्छ कि उसले कुनै काम गर्ने हाेइन बल्कि बाेलीले ठिक्क पारेर भड्खालाेमा हाल्ने हाे जुनियरलाई । यहि अहिले त्रिभुवन विश्वविद्यालय(त्रिवि)लगायत नेपालकाे उच्च शिक्षामा निर्लिप्त केही वरिष्ठ हाकीमले गर्छन् ।
यदि बाेलीमा प्रशंसासँगै व्यवहारपनि राम्राे कसैले गर्छ भने त्याे हाकिम उच्चकाेटीकाे मानव नै हाे, जसकाे संख्या नेपालमा एक प्रतिशतपनि छैन । भएकाे भए नेपालकाे उच्च शिक्षा किन बिग्रयाे त ? अर्थात्, गुलरियाका एक इमान्दार किसानकाे भाषामा पढेलेखेका शहरियाहरू अधिकांश गड्बड् भएर त नेपालका युनिवर्सिटिहरू बिग्रेका हुन् । थप स्पष्टपार्न तल अरू पनि केही उदाहरण हेराैं ।
नेपाली काँग्रेसमा रहँदा स्वर्णिम वाग्ले जस्ता विद्वानले पाउनेजति सबै पद, ओहदा कम समयमै लिन सफल भए तर पदमा पुग्दा जनकल्याणभन्दा पनि अवसरै अवसरकाे पछि लाग्ने बानीले एकाएक काँग्रस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गए अनि हाल संसदमा मान्य हुनुहुन्छ । जसले पाएनन्, ऊ जानू स्वभाविक थियाे तर वाग्लेजस्ताले के पाएका थिएनन् ? कि काँग्रेस पार्टी नै अरू जाे काेहि सभापति, महामन्त्री आदि बनेपनि सबै पदमा पठाउने डिसिजनकाे “साेल प्राेप्राईटरशिप” वाग्लेजस्ताकाे नाममा दर्ता गरिदिंदामात्र पार्टीमा बस्ने हाे । वास्तवमा रास्वपाले पनि यस्ता “अवसरवाद बुद्धिजीवि”बाट सावधान भएन भने पद, पैसा, पावरकाे लाेभमा यस्ताले एकै ठाउँमा सधैं बस्लान् भन्ने ग्यारेन्टी छैन ।
यही रास्वपाले त्रिविमा विद्यार्थी, कर्मचारी तथा प्राध्यापक संगठन खाेलर काँग्रेस, एमाले, माओवादी, जसपा, लाेसपा, एकीकृत समाजवादी, राप्रपा आदिभन्दा फरक तरिकाले प्रस्तुत भई नेपालकाे उच्च शैक्षिक थलाे त्रिविलगायतबाट दलीय राजनीति समाप्तपार्ने बताएकाे थियाे ।
तर यहि बाेली बाेलेर माओवादी केन्द्र र काँग्रेस अनि पछि एमालेसँग सत्ता साझेदार गरेका हाल संसदकाे तेस्राे ठूलाे दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी त्यसमा पनि नितान्त आफ्ना पकेटका मान्छे प्राडा केशरजंग बराललाई भीसिमा नियुक्त गरेर खाजीखाेजी माओवादीलाई सबै पदमा “याेग्य” बनाई पठाउँदै गरे जस्ताे रास्वपाले पनि त्रिविकाे मेडिसिनकाे डीन र एउटा क्याम्पस चीफकाे नियुक्तिमा भागवण्डा लिईसकेकाे आराेप छ ।
त्यतिमात्र हाेइन कि रास्वपाबाट भागवण्डा पाएका भनिएका काँग्रेसकाे विचारनिकट रहेकाे प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल (डेपान) निकट नै मान्छेहरू हुन् ! विगतमा रास्वपाकी शिक्षामन्त्री मान्य सुमना श्रेष्ठले भीसिमा बराल र उनकाे राेजाईका रेक्टर र रजिष्ट्रारमा मान्छे नियुक्त गर्न “चट्टानी” सहयाेग गरेवापत् त्रिवि सेवा आयाेगका सदस्य-सचिव उनकाे दल रास्वपाले दिने भनेर हरियाे घाँस माओवादीले देखाएकाेमा डेपानबाट धेरै जनाकाे दाैडधूप रास्वपातिर बढ्दापनि माओवादीले नै त्याे पद पनि लिईदिंदा रास्वपा हिस्स परेकाे थियाे । तर सावधिक पदका नियुक्तिमा डेपानका खेलाडीहरूले “रास्वपा” बनेर पद पड्काउन सफल डेपानकै गुटबन्दीका नायक २०७३ सालकाे फाल्गुण २० र २१ गते ३ वर्षका लागि भनेर महाधिवेशनबाट अध्यक्ष बनेर आज पर्यन्त अदक्ष भई जबसम्म पद काँग्रेसले आफूलाई दिंदैन, तबसम्म नछाेड्ने अड्डी कसेका सहप्राध्यापक जगतप्रसाद तिमल्सिनाकाे कारणले गर्दा भएका हुन् ।
विद्वान्, याेग्यलाई डेपानबाट बिना दानदक्षिणा र बिना गुटबन्दी ठाउँमा जान दिएकाे भए आज डेपानकाे बेहाल र उनकै अध्यक्ष पद उनकै लागि भारी हुने थिएनन् ! कम्युनिस्टलाई भन्नुभन्दा पनि पहिला आफ्नाे कुरा गर्नुपर्छ भन्ने सद्धान्तमा याे स्तम्भकारले प्रस्टपार्न चाहन्छ कि डेपानमा कथित् संस्थापक भनिने तिमल्सिनामात्र हाेइन बल्कि डेपानकाे ईतर समूहमा पनि यहि माेलाहिजा र चाप्लुसि तथा ड्राईवर, खलासीलाई च्यापेर अवसर दिने समस्या रहेछ ।
उता रास्वपाकी तात्कालीन् शिक्षामन्त्री सुमना श्रेष्ठकाे त्रिविमा छद्म राजनीति गर्ने अर्काे चालबाजी थियाे, माओवादीसँग मिलेर कर्मचारीमा आफ्नाे मान्छे ४-५ वर्षकाे लागि विगतमा निजामतिमा गरेजस्ताे “ठेक्का करार”मा मान्छे पसाउँदै जाने, विज्ञापनकाे ढाेका बन्द गरेर मान्छे बनाउने । एकातिर जनतालाई राेजगार दिएकाे भान पार्ने भने अर्काेतिर करारकाे मान्छेलाई त्रिविकाे हरेक ठाउँमा पसाएर सम्वेदनशील सूचना लिएर विदेश सप्लाई गर्ने । स्मरण रहाेस् कि रास्वपाकाे जन्मदाता अमेरिका तथा युराेपका कही मान्छे हुन् भन्ने आराेप लाग्दै आएकाे छ भने मान्य सुमना श्रेष्ठका क्रमश: श्रीमानहरू पहिला जर्मन र अब हाल पाेल्याण्डका पत्रकार हुन् भनिंदैछ, जुन नेपालकाे सम्वेदनशीलताकाे हिसाबले गम्भीर कुरा हाे ।
त्यसमाथि श्रेष्ठले विदेशी पीआर लिएकी तथा विदेशी युनिवर्सिटिबाट नेपालमा सञ्चालित नीजि कलेजहरूलाई अनुगमण गरेेर कबाेल अनुसारकाे शिक्षा नेपाली विद्यार्थीलाई दिए-नदिएकाे यकिन गरि मनमाैजी शुल्क नियन्त्रण गर्नुपरेमा उल्टै नेपालबाट विद्यार्थीलाई विदेश पठाउनलाई नाे अब्जेक्शन सर्टिफिकेट (NOC) फास्ट ट्र्याकमा वितरण गराएकी भन्ने बात लागेका छन् ।
संक्षेपमा
सारांशमा भन्नुपर्दा कूटनीतिमा पढाइने जस्ताे देश बनाउन थ्री-पिलर्स मध्ये युनिभर्सिटि, ब्यूराेक्रेसी र सेक्युरिटिलाई लिइन्छ । यी तीनमध्ये कुनैपनि एक यदि आफ्नाे कर्तव्यमा चुकेन भने बाँकी दुईटालाई ठिक ठाउँमा राख्न सक्छ । याे कुरा २०५८ सालतिर नेपालका एकजना कूटनीतिज्ञले फ्रान्सतिर नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग डिनरकाे बेला “नेपालमा तिमिहरूकाे देशबाट विदेशी लगानी गर्ने वातावरण मिलाईदेउ न त !” भन्दा जवाफमा गालीसहित पाए ।
ती विदेशीहरूकाे भनाई थियाे नेपालीबाट विदेशमा रहेका कूटनीतिज्ञलाई, “यदि युनिभर्सिटिले राम्राे मर्यादामा आफ्ना प्राध्यापक राखेर प्राध्यापन गराई विश्वसनीय टाईट जाँच लियाे भने गलत मान्छेकाे हाथमा सर्टिफिकेट जाँदैन । त्यस्तै, ईमान्दार सेक्युरिटीले गलत मान्छेका गलत कृयाकलापलाई समातेर राेक्न सक्छ भने उच्च नैतिकवान कर्मचारीले सरकारलाई सघाउने हाे ।” उनीहरूले थपेका थिए कि तपाईंकाे देशमा महामहीमज्यू पत्याउने कस्लाई : प्राध्यापकले पढाइ छाेडेर पद पाउन नेताकाे चाैखट्टमा एकाबिहानी पुग्या हुन्छन्, कर्मचारी लगभग काेही ईमान्दार छैनन् भने तपाईंकाे देशकाे सूचना पहिला हाम्राे दूतावासमा आउँछ ? यी तीनवटै निकायमा केवल पढेलेखेका मान्छे हुन्छन्, अनपढ काेही हुँदैनन् ।
त्यसमा पनि नेतालाई बिगार्ने चीट चाेरी गरेर वा माेलाहिजाले सर्टिफिकेटलिई जागिरपनि माेलाहिजाले नै खाएका आत्मविश्वास गुमाएकाहरूले अब प्रमाेशन वा पदकाे अवसर पाउनलाई यीनै यस्ता मार्काका पढेलेखेका कथित्हरूले चाप्लुसी गरेर हाे । साँच्चिकै पढेलेखेर डिग्री हासिल गरि सेवामा प्रवेश गरेकाले आफ्नाे जमीर बेचेर सैद्धान्तिक कम्प्राेमाईज् गलत मान्छेसँग नितान्त आफ्नाे वा परिवारकाे स्वार्थकाे लागि गर्न सक्दैनन् । हाे, पुस्तक पढेर बरू पास डिभिजनमा उतिर्णले पनि गलत सम्झाैता गर्न सक्दैनन्, बरू चीट चाेरेर वा माेलाहिजामा ए-प्लस ग्रेडवाला भएपनिले गर्छन् ।
दुर्भाग्य, प्रप्रासंघ, नेपाल प्रगतिशिल प्राध्यापक संगठन, राष्ट्रिय प्राध्यापक संगठनलगायत अब रास्वपाहरूमा समेत यस्तै नन्-प्राेफेश्नलकाे संख्या बढी छ । पुराना भनिएका दलहरूनिकट विचार राख्नेहरू कसैले पद र अवसर पाएर भने कसैले फ्रस्टेशनमा परेर आफ्नाे सिद्धान्तसँग कम्प्राेमाईज गर्नेले भाेली घर, परिवार, देश र राष्ट्रियतालाई प्रलाेभनमा परिकन धाेका नदेलान् भन्न सकिन्न र, यस्तालाई नयाँ ठाउँका मान्छेले भाउ नदिँदा पाे ओरिजिनल रूप देखाउने भई परिचय पाउने हाे ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)