याे तालले प्राध्यापक संघ अब माओवादीकाे हेडक्वार्टर बन्ने

मनोज कुमार कर्ण

विक्रम सम्वत् २०८० सालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति (भीसि) प्राडा धर्मकान्त बास्काेटाकाे कार्यकालमा विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायत विभिन्न वर्गकाे माग/असन्तुष्टिका कारणले तीन सय ३० दिनभन्दा बढी त्रिविमा तालाबन्दी भयाे । यस्ताे लगातारकाे बन्द, हड्ताल हुँदा सर्वपक्षीय मद्दत/पहलकाे लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बास्काेटालाई सहजीकरण गरिदिनलाई त्रिविकै उनीभन्दा अघिल्लाे भीसि प्राडा तीर्थराज खनियाकाे विशेष सहयाेग लिएका थिए ।

नयाँ भीसिमा २०८० साल फाल्गुण ११ गते प्राडा केशरजंग बरालले पदभार ग्रहण गर्नुहुँदा उनले त्रिवि सूचना नामक फेसबूक पेजलगायत कान्तिपुर मीडिया ग्रुप (केएमजी), नयाँ पत्रिका र अन्य आम सञ्चारलाई भीसि बन्ने बेला अन्तर्वार्ताकाे लागि दिएकै सार्वजनिक प्रतिबद्धताहरू दिएर दाेहाेर्याएका थिए । ती सार्वजनिक प्रतिबद्धता मध्ये एक थियाे – त्रिविबाट दलगत हस्तक्षेपकाे अन्त्य गरि मेरीटाेक्रेसीमा ल्याउने ।

हाल भने त्रिविमा सावधिक पदका विभिन्न नियुक्तिहरूमा शर्ट लिस्ट भएकाहरूमा विचित्रकाे संयाेग कुनै पदमा एउटामात्र विचार समूहका प्राध्यापकहरूकाे नाम देखिनाले मेरिटाेक्रेसीकाे अर्थ माओवादी केन्द्रका अध्यक्ष तथा भीसि बराललाई विज्ञापनद्वारा नियुक्त गर्नुहुने तात्कालीन् त्रिविका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले भने अर्कै बुझ्नुभएर त्रिविकाे एपेक्स हाकीममा पठाउनुभएकाे देखिन्छ । यस लेखकाे आशय भने यस्तै सुनियाेजित दलगत राजनीति त्रिविमा “मेरिटाेक्रेसी”काे नाममा भीसि बरालकाे प्रशासनमार्फत् न केवल नियुक्तिहरूमा सत्ताकब्जा भई हुँदैछ, अपितु त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) लगायतकाे कार्यालय नै अब दलगत कृयाकलापका लागि एकप्रकारले बलजफ्ति खाेसिन्छ, यस्ता हस्तक्षेप गर्नेलाई बाटाे देखाउने काे हुन्, अन्यत्र कस्ता असरहरू पर्छन्, कर्मचारी प्रशासन र स्वयं टुटा/नुटा (नेपाल प्राध्यापक संघ, नुटा) किन निरीह छन् र यस्ता गतिविधिलाई निरूत्साहित गरि अब कसरी सपार्ने, यी कुराहरूमाथि चर्चा गर्नु हाे ।

किन प्राध्यापक संघ खाेसिन्छ ?

माओवादीनिकट मानिने नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा विगतमा रहनुभएका मात्र भनिएका तर त्रिविमा प्राडा केशरजंग बराल भीसि बने पश्चात् पनि प्रचण्ड माओवादीकाे २२. शिक्षा तथा मानवस्राेत विभाग ३५ सदस्यीय समितिमा कास्कीबाट १६ नम्बरमा सदस्य रह्नुभएकाे अभिलेख देखाउँछ । गाेप्य कुरा बाहिर आएपनि उहाँले साँच्चिकै दल त्यागकाे सार्वजनीकीकरण गर्नुपर्थ्याे र अन्तर्वार्ताकाे बेला “दल त्याग” गरेकाे झूटाे कुरा गर्नुभएकाेमा क्षमा याचना नेपाली जनतासँग गर्नुपर्थ्याे वा, अवस्था के हाे, साे बारे प्रष्ट्याउनु पर्थ्याे । तर भीसि बरालबाट केहीपनि त्यस्ताे नगरीकन उल्टै कर्मचारी सरूवा गत भदाैमा २०० जनाकाे गरिंदा हरेक महत्वपूर्ण निकायमा राेजीराेजी माओवादीनिकट र मान्छे नपुगे “लाेयल/सफ्ट” एमालेलाई ल्याईने व्यवस्था गर्नुभयाे, यसरी मानाैं कि काेही एकाधजना डेमाेक्रेट अफिसर कर्मचारीले भीसिकाे मनाेमानी राेक्न खासगरी त्रिविकाे विगत ईतिहास बिगार्नेवालाविरूद्ध बाेलेपनि केही नचल्ने ।

सिल्सिलेवार सेटिङ्गले गर्दा अनि भीसिमा माओवादीबाट बराल आउनुहुँदा हाैसिएका माओवादीका भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)हरू एक प्रकारले “कब्जागर्ने” रणनीति अन्तर्गत रेक्टर अफिसमा निहुँ बनाएर कहिले ताेडफाेड गर्ने भने कहिले रजिष्ट्रार अफिसकाे साेफामै १८ बुँदे आफ्ना मागकाे बहानामा २४ घण्टाबढी साेफामा सुत्ने (सबै यहि गत भदाैमा) अनि कहिल्यै उल्टै आफ्नै दलका भीसिलाई भीसि बरालकै ईच्छानुसारका नियुक्ति गराउन (मेरिटाेक्रेसीबाट अनुसन्धानमा नाम चलेका समाजशास्त्रका टीकाराम गाैतमलाई फालेर अन्यलाई केन्द्रीय विभागमा नियुक्त गरेका उदाहरण) परिचालित भए, कथित् मार्च पासकाे नाटकमा।

याे गैह्रप्राज्ञिक अशाेभनीय माओवादीहरूकाे गतिविधि विगतमा उनै बराल पाेखरा विश्वविद्यालयकाे भीसि (साल २०६४ देखि २०६८ सम्म) रह्नुहुँदा आफ्ना अजेण्डा पेलेर रजिष्ट्रार प्राडा ओम शर्मालाई कार्यकारीकाे बैठकमा बाहिरबाट वाईसिएलद्वारा धम्काएर निर्णय पारित गराउने हर्कतकै दाेहाेर्याउने कुरा थियाे ।

कुनै नयाँ हाेईन तर रेक्टर र रजिष्ट्रार हाल जाे भीसि बरालकै सिफारिशमा नियुक्त भएका छन्, उहाँहरूले मेरिटाेक्रेसीकाे ठाउँमा अब भीसि बरालद्वारा दलीय पेलान हुँदा उनी स्वयं अनैतिक रूपले प्रस्तुत हुँदा (१) कि सम्झाउँदै राेक्नुपर्थ्याे, २) पत्रकार सम्मेलन गर्नुपर्थ्याे, ३) कि टिट् फर् ट्याट् अर्थात्, काउण्टर ब्यालेन्स गर्नुपर्थ्याे, ४) कि अनैतिक दबावलाई अटेर गरि भीसिले झैं “विरामी” पटकपटक पर्नुपर्थ्याे, ५) कि राजीनामा गरेर प्रत्यक्ष भीसिलाई पनि राजीनामा गर्न बाध्य पार्नुपर्थ्याे ! तर उहाँहरू पनि आज सम्म भीसिकाे मानाेपाेलीलाई राेक्न असमर्थ रहि पदमा “बनिरह्नु” भएकाे छ, भलै हरेक विहान भीसिले आज के गर्ने/के बाेल्नेबारे आफ्नाे निवासमा रेक्टर/रजिष्ट्रारलाई हाजीरि गराएर “ट्यूशन” किन न पढ्नपराेस् !

यसरी भीसि बरालले चलाखीपूर्णढंगले रजिष्ट्रार र रेक्टरकाे “गट्ट” बुझेर गत भदाैमै आफ्नाे दल निकट अनेरास्ववियू (क्रा.) लाई महाधिवेशन गर्नलाई आफ्नै कार्यालयबाट र कर्मचारी प्रशासनबाट पनि टुटा सभापति र टुटा कर्मचारीलाई त्रिवि स्मृति भवनसँगै टुटाकाे बैठक कक्षपनि (अफिस नै) उनीहरूकाे निर्वाचन कक्ष बनाउनलाई देउ “अर्डर” आए । करिब एक साता जति विद्यार्थीहरूकाे अधिवेशन चल्याे तर टुंगिएन बरू आपसी मतभेदले खुकुरी नचाउने, कुर्सी भाँच्ने, टुटाकाे अफिसपनि ताेड्ने जस्ता अभद्र र अराजक कृयाकलाप भए । विभिन्न मीडियामा भीसि बरालकाे यस्ताे गल्तीले गर्दा निम्तिएकाे त्रिवि सभा र टुटाकाे ताेडफाेडकाे चर्चा भयाे तर बराल प्रशासन सम्हालिनुकाे साटाे कुनै फरक नै नपरेकाे र अझ माओवादीकाे लागि त्रिविकाे सम्पत्ति मनपरी दुरूपयाेग गर्न पाएकाेमा शायद “जीतकाे खुशीयाली” भित्रभित्रै मनायाे ।

भीसि बरालकाे गलत गतिविधिकाे विभिन्न मीडियामा आफ्ना दल निकट विद्यार्थी समूह (वा, राजनैतिक दलगत गतिविधि गर्न जाे कसैलाई पनि) लाई स्मृति भवन र टुटा अफिस दिंदा भएकाे कवरेजबाट सकारात्मक सुधारकाे असर परेकाे भए घट्ना दाेहरिने थिएन । तर पुन: गत मंसिर १३ गतेदेखि नेकपा माओवादी (माेहन वैद्य) समूहकाे महाधिवेशन सम्पन्न गर्न १६ गतेसम्म त्रिवि स्मृतिभवन बराल प्रशासनले उपलब्ध गराएपनि भाेलीपल्ट १४ गते पुन: मान्छेहरू टुटाकाे अफिसमा पस्ने, दम फुलेकाे भनेर माेहन वैद्यकाे लागि टुटा अफिस माग्ने र दिन नमिल्दा जवाफ पाएपछि तत्काल कर्मचारी प्रशासन र भीसि बरालकै कार्यालयबाट टुटा सभापतिलाई फाेन गर्न लगाएर टुटा अफिस दिन भनियाे ।

टुटाका उपसभापति र महासचिव अवकाशप्राप्त बाहेक १३ जनामध्ये अरू काेही त्यहाँ नहुँदा याे स्तम्भकार त्यहीं भएकाे र प्राध्यापक संघ केवल चुनिएका १५ जनाकाे नभई हामी सबै स्टेक हाेल्डर्सकाे हाे तत्वबाेध भएर तत्काल सक्दाे राेकेकाे, निरीह कर्मचारीहरूले टुटाका आफ्ना हाकीमले प्रष्ट जवाफ “हुँदैन” भनिदिए हुन्थ्याे साेचिरहेकामा उल्टै “दिउँसाेभरी” का लागि देउ, राती हुँदैन” भनियाे, त्याेपनि मागकर्ता वैद्य समूहका अनेरास्ववियू (क्रा.) का केन्द्रीय अध्यक्षकै माेबाईलद्वारा ! याे स्तम्भकारले भने “हामी राम्ररी आपसी सल्लाह गर्छाैं, हामीसँग अन्य काेठा छैन । अफिस दिन मिल्दैन, तपाईंहरूलाई दिएकाे स्मृति भवन हाे, याे टुटा अफिस अलग निकाय हाे । कृप्या बाहिर बसिदिनुस्, हाम्राे समस्या बुझ्नुस् !

यदि टुटा अफिस तपाईंहरूलाई दिने हाे भने कर्मचारी (महिलाहरू) कहाँ बस्ने ? के हाजिरी गरेर घर पठाउन मिल्छ त ? जसले तपाईंहरूलाई टुटा अफिस देउ भन्याे, उसैले अब कर्मचारीले बस्ने ठाउँ नभई घर पठाउँदा र यसबीच काेही प्राध्यापक वा सेवाग्राही नेपालभरी कहिंबाट यहाँ आए र कर्मचारी नदेखे उसले शिकायत गर्दा स्पष्टीकरण साेध्ने र कार्वाही गर्नेछन्, काे हाेला जिम्मेवार त्यसकाे ? यहाँ टुटा जस्ताे अन्य धेरै काेठा छन् तर टुटा अफिस नै किन चाहियाे ? टुटा अफिस दिन भन्नेले अन्य काेठा किन दिएन ? हामीसँग सिमित काेठा छन् ।

तसर्थ, हाम्राे निवेदन छ कि हाम्राे समस्या बुझिदिनुस् र ताेकिएकाे स्थानमै आफ्ना अधिवेशन गरिदिनुस्, कृप्या बाहिर बसिदिनुस् !” वातावरण लगभग त्यस्तै बन्दै गएपनि महिला कर्मचारीहरूले काेषाध्यक्षलाई फाेन गरिहाले र उनले सभापतिकै भाषा केही नबुझि, आफ्नाे उपस्थिति र अस्तित्व टुटामा नदेखाउँदै फाेनबाटै “काम्दै” टुटा अफिस दिनलाई जनाउ दिईहाल्नु भयाे ।

टुटा यसरी एउटा अनाथालयजस्ताे जसले जुनबेला पनि एकप्रकारले “खाेसिनु”मा केही कारणहरू यस्ता हुन सक्छन् ।

जस्तै : १) भीसि बराल प्रशासनलाई आफ्नै सार्वजनिक प्रतिबद्धता “त्रिविलाई राजनैतिक दलकाे गतिविधिबाट मुक्त गर्दै प्राज्ञिक थलाे बनाउँछु” लाई बिर्सेर भीसिमा जसरी आएपनि अब दलीय दलदलमा त्रिविलाई फँसाएर माओवादीकाे हेडक्वार्टर बनाउने चाहना;

२) बराल प्रशासनले त्रिवि कर्मचारीमा व्यापक सरूवा गरि “अनुकूल” बनाउँदा कर्मचारी प्रशासनले स्मृति भवन र टुटा अफिसकाे दुरूपयाेग चाहेर पनि राेक्न नसक्नु;

३) रेक्टर र रजिष्ट्रारले भीसिकाे माेनाेपाेलीमा आफूहरू “मेरिटाेक्रेसीकाे नियुक्ति पाएकाे”मा नूनकाे साेझाे तिर्नु तर नियुक्तिकाे पाटाे सक्याे, भीसिले केही गर्न सक्दैन भनि अब अनैतिक कार्यमा भीसिलाई राेक्ने भनेर गट्ट नभई “आँट” नगर्नु;

४) स्वयं टुटा पदाधिकारीहरू २०७५ सालमा ३ वर्षका लागि महाधिवेशनबाट चुनिएपनि अहिले २०८१ सालसम्म पनि महाधिवेशन गराउन नसक्नु । त्यस्तै, टुटाका पदाधिकारीमध्ये केही अनैतिकले म्याद नाघेर पनि केही महिना अघिसम्म टुटामा जाँदा बिना कुनै बैठक ट्याक्सी बिल पेश गर्ने, दिनहुँ टुटाकाे पैसाले चाउचाउ खाने, चिकेन-मट्टन-म:म: खाने, ताताे जेरी, लालमाेहन, समाैसा आदि खाने गरेकामा यस स्तम्भकारलगायतबाट प्रहार सह्नु पर्दा अब खान डराएर कि लुकेर खाने वा, खान नपाए अफिसमै नगएर टुटालाई संरक्षणविहीन “अनाथालय” बनाएकाे जसलाई भर्खर सरूवा भई गएकी कर्मचारी त्यहाँकी एउटा कार्यालय सहयाेगीकाे भरमामात्र के सम्भाल्नु (?), जहाँ समग्र बराल प्रशासनकै बक्र दृष्टि टुटा-नुटा र त्रिविमाथि माओवादीकाे “सत्ताकब्जा” गर्नलाई परेछ ।

अवस्था यस्ताे टुटामा काेही चिकेन-मट्टन खाई ट्याक्सी बिल पेश गर्ने पदाधिकारीले ल्याएछ कि यस्ताे गतिविधिकाे चर्काे विराेध गर्ने म स्तम्भकारलाई चरम् अपमान त्यहाँ देख्दा गर्ने, गराउने, टुटालाई निजि घरजस्ताे बनाएर कर्मचारीलाई अफिसकाे कर्मचारीभन्दा पनि “घरायसी सहयाेगी”जस्ताे बन्न बाध्य पारेकाे हाे ! यहि दिन हामीले देख्नलाई भाेट हालेर २०७५ सालमा ३ वर्षकाे लागि टुटामा पदाधिकारी बनाई निर्वाचित गराएका थियाैं ? यस्तापनि प्राध्यापक हुन्छन् काेही ?

५) दलका नेताहरू त्रिविलाई प्राज्ञिक थलाेकाे रूपमा पञ्चायतका बेला आफ्ना दलहरूलाई गतिविधि गर्न “सुरक्षित र फ्रीमा गतिविधि गर्न पाईने स्थल” खाेजेर ट्याक्टिकली मात्र त्रिविकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता मागेर आज सम्म त्यस्काे दुरूपयाेग गर्नु,

६) टुटा अफिस त्रिवि स्मृति भवनसँगै हुनु आदि ।

प्राध्यापक संघ कस्काे ?

प्राध्यापक संघ आम प्राध्यापककाे हाे भन्ने सार्वजनिक बुझाई हाे जसले निश्चित अवधिकालागि आफ्ना याेग्य प्रतिनिधि चुनेर नेतृत्वमा प्राज्ञिक समसामयीक मागहरू युनिवर्सिटि पदाधिकारी समक्ष राखेर पूरा गराउँछन् । टुटा-नुटा र अन्य वैचारिक संघ/संगठनहरूकाे पनि तीन वर्ष कार्यकाल ताेकिएका छन् । देशैभरीका नेतासहित सबै पूर्ण कार्यकाल (करार र स्थायी शिक्षक) प्राध्यापकहरूकाे मत भार अलगअलग भएपनि आर्थिक याेगदान सबैकाे नुटा र टुटामा हुन्छ ।

तसर्थ, समयमा यदि युनिवर्सिटिहरूले अधिवेशन र साे पश्चात् नुटाले महाधिवेशन गराएनन् भने प्राध्यापककाे नैतिकता, नेतृत्वकाे सक्षमतामाथि प्रश्न उठ्छ । यस्ता पदलाेलुप र समस्या समाधान गरेर अधिवेशन गराउन नसक्नेले कस्ता उत्पादन पढाउने थलाेमा गरिरहेका हाेलान् र देशमा उत्पादितहरू नै सबैतिर जाँदा कहाँ कहाँ नैतिकताका खडेरी परिरहेका हाेलान् भन्ने अहं सवाल छ ।

समाधानकाे उपाय

माथि “किन प्राध्यापक संघ खाेसिन्छ ?” उपशीर्षकमा तलतिर ५ बुँदा उल्लेखित गरिएकाहरूमा नै टुटा अफिस अब उप्रान्त नखाेसिने उपायहरू छन् । समयमा जायज प्रतिनिधिद्वारा टुटाले अधिवेशन गराउने हाे, टुटाकाे आफ्नाे अफिस पर बनाउँदा तर अब आर्थिकस्राेत कम्युनिष्ट पूर्व रजिष्ट्रारले खाेस्दा कमजाेर भएकाेले त्रिविले नै ठाउँ सारिदिंदा, भीसि बरालले गर्नुभएका सार्वजनिक प्रतिबद्धतामा नैतिकवान र ईमान्दार भई पालना गरि त्रिविलाई दलगत गतिविधिबाट मुक्त गराउनुभएमा, दलका नेताहरूले हाम्राे गलत गतिविधिले हाम्रा सन्ततीले पढ्ने ठाउँ बिग्रिनेछ भन्ने साेचेमा, कर्मचारी प्रशासनलाई त्रिवि पदाधिकारीले पंगु नबनाई कुन अफिस दिने/नदिने निर्णय लिने स्वतन्त्रता छाेड्ने भने त्रिवि प्राध्यापक संघ (TUTA) काे अफिस खाेस्ने समस्या समाधान हुन सक्छ । विगतमा त्रिविका अफिस राजनैतिक गतिविधि गर्नलाई पूर्व भीसि प्राडा तीर्थराज खनियाँलाई पनि विद्यार्थी नेताहरूले देउ नत्र धम्काउने, मार्ने, त्रास देखाउँदा पनि उनले कहिल्यै दिएनन् । साेहि ट्र्याक पछि अर्का भीसि प्राडा धर्मकान्त बास्काेटाले पनि पछ्याए तर अब भीसि प्राडा केशरजंग बरालले उल्टै त्रिविबाट राजनीति हटाउँछु भन्नेले किन गर्न नसक्ने ?

यदि यस्ताे भीसि बरालकाे प्रशासनले गर्न आनाकानी गर्नुहुन्छ भने टुटा, नुटाले नैतिक दबाव दिई भीसिकाे गलत निर्णय कर्मचारी प्रशासनकाे सहयाेगमै निस्तेज पार्नुपर्छ । घरकाे अभिभावक यदि सावधान नभई घरकाे सम्पत्ति लुटाउँछन् भने संरक्षण गर्ने जिम्मा घरकाे सदस्यकाे हुन्छ नै । भीसि बरालकाे दलगत लगाव, पक्षधरता हट्दैन भने स्तम्भकारले सुझाव दिन्छ कि त्रिवि प्राध्यापक संघ (टुटा) लाई नयाँ नामाकरण “त्रिवि माओवादी संघ/त्रिवि माओवादी हेडक्वार्टर” केही यस्ताे नामाकरण गरेर बल्ल दलगत गतिविधि गर्दा हुन्छ ताकी सराेकारवाला आम स्वाभिमानी प्राध्यापकले एक दिन हरेक वैचारीक प्राध्यापक समूहबाट उठेर टुटा-नुटा कसैलाई नकुरेर स्वयं समस्याकाे ठाेस समाधान निकाल्नेछ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...