त्रिभुवन विश्वविद्यालयमा राम्राे साेच्दा पनि…

मनोज कुमार कर्ण

नेपालकै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा शैक्षिक, अनुसन्धान, प्रशासकीय चुस्तदुरूस्तता, पाठ्यवस्तुकाे नवीनता, कर्मचारी प्रशासनकाे छरिताे सेवा, मर्यादित परीक्षा सम्पन्नता, नेपाल सरकारबाट विश्वविद्यालय सञ्चालनार्थ आर्थिक लगानी बढाई नयाँ स्राेतकाे खाेजी गरी गरीब नेपाली जनतालाई सुलभ-सस्ताेमा सक्दाेजति वैश्विक ट्रेण्डकाे शिक्षा उपलब्धता गराउने, शैक्षिक क्यालेण्डर लागू गर्ने, दलकाे हस्तक्षेप त्रिविबाट न्यूनगर्दै हटाउने जस्ता आदि प्रतिबद्धतासहित व्यवस्थापन संकायमा नै विद्यावारिधिप्राप्त, याेग्य, साल २०६४ – साल २०६८ सम्म पाेखरा विश्वविद्यालयमा उपकुलपति (Vice-Chancellor, भीसि) भई अनुभवी रहनुभएका, त्रिविबाट भर्खर अवकाशप्राप्त भई त्रिविबारे जानकार प्राडा केशरजंग बराललाई मिति २०८० साल फाल्गुण १० गते भीसिमा नियुक्त गरि भाेलीपल्टबाट पदभार सम्हाल्ने कार्य भयाे ।

नेपाली काँग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पाैडेलहरूकाे उच्च शिक्षा सुधार्ने हुटहुटी तर विना कुनै अध्ययन अचानक सञ्चारजगत् र संसदमा “त्रिविकाे भीसि अब विज्ञापनबाट छानिने” उनीहरूकाे बाेललाई टेक्दै नेपालकाे ईतिहासमै प्रथम पटक गत वर्ष २०८० पाैष २०, २१ र २२ गते विज्ञापन खुलाउने, माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नाे मान्छेलाई भीसि बनाउन यस्ताे कार्यविधि बनाएकाे आराेपमा रद्द गर्ने, सच्याउँदै पुन: खुलाउने कार्यहरू गरिए ।

डेमाेक्रेटविहीन भीसि छनाैट तथा विज्ञ समितिहरूले प्राध्यापक र डाक्टरमध्येबाट ३ हजार शब्दकाे भीजन पेपर र ५ हजार शब्दकाे वर्क प्लान पेपर ४१ जनामध्ये १४ जनाकाे शर्ट लिस्ट, अन्तर्वार्ता लिने कार्यहरू गरे । फलत: अन्तिम तीन जना १) प्राडा चित्रबहादुर बूढाथाेकी (कार्यविधिकाे माथिल्लाे सिलिङ्ग नाघेर बिना कैफियत जनाई बढी अंक अन्तर्वार्तामा पाएका र विगतमा माओवादीनिकट विचार राख्ने), २) प्राडा केशरजंग बराल (विगतमा माओवादीनिकट विचार राख्ने) र ३) प्राडा टंकनाथ धमला (विगतमा ऐमालेनिकट विचार राख्ने) गरी पुन: डेमाेक्रेटविहीन लिस्ट सिफारिश उनीहरूले गरे जाे यस्ता गर्नेहरू स्वयं दलगत निकटता त्यागेन, काेही डाक्टर थिएन भने काेही उपप्राध्यापकमात्र थिए ।

गत २०८१ साउनमा त्रिविकाे सिनेटर ५ पदकाे निर्वाचनमा ३ सिट अर्थात्, ६० प्रतिशत एक्लै डेमाेक्रेट प्राध्यापकले जितेकाे तथा नेपाल प्राध्यापक संघ (NUTA) र त्रिवि प्राध्यापक संघ (TUTA) मा समेत त्यही प्रतिशतमा भाेट नै पाएका डेमाेक्रेट्स्हरूले मनमा दु:ख लागेकाे भएपनि विज्ञापनबाट आएका भीसि बरालले त्रिविलाई सुधार्ने नै छन् भनी एऊटा ठूलाे डेमाेक्रेटकाे सकारात्मक साेच राख्ने तप्का स्तम्भकारसहित, ले बराल प्रशासनलाई सकारात्मक समर्थन गर्ने बाटाे नै साे बेला उत्तम ठाने ।

यस लेखकाे मुख्य आशय नै भीसि बरालकाे वर्तमान त्रिवि प्रशासन सम्पूर्ण उनका माओवादी, अर्काे वामपन्थी समग्र एमाले तथा अधिकांश डेमाेक्रेट (काँग्रेसनजिक)काले समर्थन दिंदादिंदै पनि किन अहिलेसम्म असफलजस्ताे देखिएका छन् ? किन डीन, डायरेक्टर, क्याम्पस चीफहरूमा नियुक्ति हुन नसकिरहेका छन् ? कस्काे कारणले ? यी आदिबारे प्रकाशपार्दै सकारात्मक साेच राखेर त्रिविलाई अगाडि बढाउने हाे ।

वर्तमान उपकुलपतिका सक्षमता

गत साल २०८० काे फाल्गुण १० गतेतिर कान्तिपुर मीडिया ग्रुप (केएमजी) का टेलिभिजन, अनलाइन त्यस्तै नयाँ पत्रिका, अनलाइनखबर आदि अनि त्रिवि सूचनाकाे फेब्रुअरी २३, सन् २०२४ मा फेसबूकमा पाेष्ट गरिएका विभिन्न स्राेत सामग्रीले भीसि बरालका विगत र सार्वजनीक प्रतिबद्धताहरू केही उल्लेख गरेका छन् ।

पाल्पाकाे रम्भा गाउँपालिका-३ मा जन्मिनुभएका त्रिविका वर्तमान उपकुलपति प्राडा केशरजंग बराल २०३९ सालमा उपप्राध्यापक पदमा महेन्द्र माेरङ्ग क्याम्पस, विराटनगरबाट प्राध्यापन पेशा थाल्नुभएकाे हाे । उहाँ दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा पीएच्डी गर्नुभएकाे हाे भने अवकाश प्राप्त पाेखरा पृथ्वी नारायण क्याम्पसबाट गर्नुभएकाे हाे । यसभन्दा अघि प्राडा बराल पाेखरा विश्वविद्यालयमा साल २०६४ देखि २०६८ सम्म उपकुलपतिकाे कार्यभार सम्हालीसक्नुभएकाे हाे ।

माथि जनाईएका स्राेतहरूमा उल्लेख भए अनुसार बराल त्रिविमा गत फाल्गुण ११ गते पदभार सम्हाल्दा केही महत्वपूर्ण सुधारका उपाय तथा वाचाहरू सार्वजनीकरूपमा गर्नुभएकाे थियाे । उहाँले त्रिविमा राजनीतिक हस्तक्षेप र भागबण्डाकाे अन्त्य गर्ने, मेरिटाेक्रेसीमा अब सबै नियुक्तिहरू गरिने, अनुसन्धानमूलक शिक्षामा जाेड दिने, शुल्क घटाउने, शैक्षिक क्यालेण्डर लागू गर्ने, स्थानिय ज्ञान तथा शीपलाई प्रवर्द्धन गर्ने, त्रिविकाे पुनर्संरचना गर्ने, त्रिविलाई व्यवस्थित गर्ने अनि मानविकी तथा समाजशास्त्र र शिक्षा संकायहरूलाई पुनर्जिवित पार्ने जस्ता लाेकप्रिय कुरा सार्वजनिक गर्नुभएकाे पढ्न पाईन्छ ।

यी प्रतिबद्धता अनुसार बराल प्रशासनले कामहरू थालेकाे पनि देखिन्छ जस्तै, रेक्टर र रजिष्ट्रार दलगत दबावबाट नभई टीम मिलाएर राेज्नु जसमा “नेता प्राध्यापक” कसैलाई लिईएन; सावधिक पद डीन, डायरेक्टर, क्याम्पस चीफ आदिकाे पदपूर्तिका लागि विज्ञापन भए; थाेरै विद्यार्थी संख्या सामेल भएपनि केही विषयका परीक्षाका चाँडाे नतिजा प्रकाशन, २०८१ मंसीर ७ गते शुक्रवार अनलाइनखबरमा प्रकाशित एक अन्तर्वार्ता अनुसार त्रिवि/नेपाल सरकारकाे पैसाले विदेशमा पढ्न गएर काममा नफर्कनेमाथि नियम-कानूनपूर्वक सख्त व्यवहार गर्नेतर्फ ध्यान दिनु आदि ।

व्यक्तिगतरूपमा भने भीसि बराल शान्त, साैम्य, नरम बाेल्ने, खासगरी नबाेलेर आफ्नाे मिशनमा लागिरहने अन्तर्मुखी स्वभावका, जेन्टिल, आफ्ना आलाेचना/समालाेचना ध्यानपूर्वक सुन्ने वा सहने, अनुसन्धानमा पाेख्त छन् । हाल भने ढाड दुख्ने, श्वास/दम फुल्ने र स्मरण कमजाेर भई बिर्सिने कुराहरू उनलाई भेटेर आउने तथा सँगै काम गर्नेहरूबाट सुनिन्छ ।

सक्षमताकाे सदुपयाेग हुनुपर्ने

त्रिविका भीसि बरालमा राम्रा गुणहरू उपर्युक्त लिखित भएपनि खाेई के-कति कारणले हाे, उनी ती आफ्ना खूबीहरू पर्फाेर्मेन्सकालागि त्रिविमा व्यवहारमा उतार्न सकिरहेका छैनन् जस्ताे सराेकारवालाहरूकाे अनुभव छ । अर्थात्, उनकै प्रतिबद्धता, गुण, स्वभावका विपरीत केही गतिविधिहरू उनका गत फाल्गुणमा पदभार ग्रहणगरेपछि देखिएका छन् । खासमा समस्या आउने बित्तिकै उनकाे ढाड दुख्ने, दम फुल्ने (श्वासकाे राेग) बढ्ने र स्मरण शक्ति “घट्ने” हुन्छन् सुनिन्छन् तर आफ्नाे कुरा गर्न वा राख्न भने बिर्संदैनन् ।

उनकाे प्रतिबद्धता “त्रिविबाट भागबण्डा र राजनीतिक गतिविधि हटाउनेछु”काे विपरीत १) उनका पूर्व विचार निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठननिकटका नेता-प्राध्यापकले घेरिरहेका मात्रै नभई उनमाथी सावधिक पदकाे नियुक्तिमा डीन याे-याे, डायरेक्टर, क्याम्पस चीफ याे-याे भनेर दबाव बढाउँदा उनी अडेका पनि छन् भनिंदैछ,

२) सावधिक पदमा राजनीति हटाएर मेरिटाेक्रेसीबाट निष्पक्ष विज्ञ कमिटि गठन हुनुपर्नेमा अपारदर्शी विज्ञ कमिटि गठन गरिएकाे छ जुन पूरा भीसिकाे नियन्त्रणमा छ र शर्टलिस्टमा धाँधली भईरहेकाे सुनिन्छ, स्वयं रेक्टर-रजिष्ट्रारले पनि शर्टलिस्टिङपछि मात्र थाहा पाउने भएका छन्,

३) भन्ने मेरिटाेक्रेसी तर रेक्टर-रजिष्ट्रारदेखि सेलेक्शन र विज्ञ कमिटिसम्मका सदस्य काँग्रेस-एमाले-माओवादी निकट विचार राख्नेबाट चयनगर्ने र माथि उनका “सक्षमता”मा उल्लेखित अनुसार मानविकी र शिक्षाशास्त्रमा डीन “बढी विद्यार्थी” छन् भनेर माओवादीले यी दुई संकायका डीन नछाेड्ने भनी स्वयं भीसिकै मुखबाट अडान लिईएकाे सुनिनु र थप मेडिसिन, ईञ्जिनियरिङ् सबै ताक्नुहरू छन् जबकी भीसिले याेजना निर्देशनालयकाे निर्देशक स्वभाविक लिने नै हाे । पहिला मानविकी र शिक्षा संकायमा सुधार ल्याउने दाबी गरेर अब “विद्यार्थी संख्या बढी रहेकाले यी दुई संकायका डीन माओवादीले छाेड्न नमिल्ने” लाई आम प्राध्यापकले के बुझ्ने ? याे भागबण्डामा भीसि आफैंले पहिला रमाए नि त ? आफैं दलकाे गाेटी भए नि त ?

४) यस अघि मेरिटाेक्रेसीकाे उनकै सुगा रटाई विपरीत समाजशास्त्र केन्द्रीय विभागकाे विभागाध्यक्षकाे नियुक्तिमा अनुसन्धानमा सबैले नाम सुनेका टीकाराम गाैतमलाई पन्छाएर वामपन्थी पक्षधरता आफ्नै विचारनिकट विद्यार्थी समूहकाे प्रायाेजित “मार्चपास” मा नियुक्त गरेर देखाईसकेका हुन्,

५) दलगत राजनीति हटाउँछु वाचा गरेका भीसि बरालले काेहीपनि पूर्ववर्ती भीसिले नगरेका कार्य उनले माओवादीनिकट अनेरास्ववियू (क्रान्तिकारी)काे अधिवेशनकाे लागि गत भदाैमा दशैं विदा अघि झण्डै एक हप्ताजति न केवल स्मृति भवन दिए अपितु निर्वाचन कार्यालय राख्ने भनी टुटाकाे अफिस नै जिम्मा लगाए । विद्यार्थीहरूले खुकुरी घुमाए, ताेडफाेड गरे तर बराल प्रशासनले “आफ्नै” भएपनि गल्ती स्वीकार उनीहरूबाट गराएर अब कुनै विद्यार्थी समूहलाई अफिस नदिने प्रतिबद्धतासहित तत्काल र हालसम्मपनि मरम्मत-संभार कार्य गराएका छैनन् ।

यता व्यवहारिक रूपमा हेर्ने हाे भने गएकाे भदाै २०८१ मा करिब दुई सय जति कर्मचारीकाे सरूवा हुँदा भीसि, रेक्टर, रजिष्ट्रार, सूचना, सेवा आयाेगलगायत सबै महत्वपूर्ण पदहरूमा प्रथमत: माओवादी अनि वामपन्थी विचार राख्नेलाई प्राथमिकता दिई “सेट” गरिएकाे छ । तर पनि काेही एमालेकी “डन” बनेर चिनिने एकजना महिला कर्मचारी ठाउँमा बसेर सेवाग्राहीलाई सेवा दिनुभन्दा रजिष्ट्रार अफिसमा ड्यूटी छाडेर भाषणमा व्यस्त रहँदा यहि स्तम्भकारले आफ्नाे कामकाे लागि एक दिन ४५ मिनेट कुर्नुपरेर पड्कनुपनि परेकाे थियाे । अझै यस्ता कर्मचारीहरू पनि भेटिन्छन् जाे ताेकिएकाे स्थानमा नबसिकन विभिन्न बहानामा आज याे अफिसमा भने भाेली अर्काे अफिसमा गरि साथी बनाएर गफ्फिईरहेका हुन्छन्, चाहे जुनसुकै समूहका हाेउन् । अनि भीसि बरालकाे प्रशासनमा प्रशासनिक चुस्तता र कार्यसम्पादन सुधार देखियाे त ?

भीसि बरालमा पक्षधरता पनि देखियाे । क्याम्पस चीफ सर्च कमिटिमा उनी आफैंद्वारा प्रस्तावित तथा विगतमा माओवादी काेटाबाट बल्खु परीक्षा नियन्त्रण कार्यालयमा डिपुटी कन्ट्राेलर रहिसकेका पाटन संयुक्त क्याम्पसका अंग्रेजी विभागका प्राडा सञ्जय कुमार मिश्रका धेरै पक्षधरता, नियमत: नमिल्ने गरेका गल्तिहरू र सार्वजनीक पदमा बस्न नहुने प्रमाणहरूसहित विज्ञापन खुलाउने निकाय रेक्टर अफिसमा उजूर निवेदन यहि सतम्भकारले दर्ता गराएपनि रेक्टरकाे माैखिक जवाफबाट भीसिद्वारा प्रस्तावित निजकाे नाममा भीसिलाई शिकायत सुनाउँदा पनि “चूप्की” साँधेर कार्यहरू अघि बढाईंदैगरेकाे बुझियाे ।

याे नियमत: अर्काे गल्ति बराल प्रशासनकाे हाे किनकि १) निवेदन परेपछि व्यक्ति विशेषमाथि हाे, समूहमाथि हाेईन भनी बुझेर विवादरहीत मान्छे अन्य सेलेक्शन कमिटी मेम्बरहरू त्यहीं माधव दाहाल, भाेजराज अर्याल, रामचन्द्रबहादुर बस्नेतहरू फेरिए झैं फेरिनुपर्थ्याे, यदि निवेदन गलत आराेपसहित थियाे भने निवेदकलाई कार्वाही हुनुपर्थ्याे तर निवेदन उपर सुनुवाई नै भएन र, २) आराेपित प्रा. मिश्र पाटन क्याम्पसकाे बहालवाला जनशक्तिले कसरी त्यहींकाे क्याम्पस चीफ बायसफ्री भई मिश्रकै स्वभावविपरीत राेज्ने र त्याे पत्याउने कस्ले ? अत: भीसि आफैंले उनीप्रति ढल्काव राखेर अन्य विचार राख्ने प्राध्यापक समूहकाे तर प्राज्ञिकतामा भीसिलाई सघाउनेकाे श्रद्धा र विश्वास एकसाथ गुमाउन पुगेका छन् ।

पाेखरा विश्वविद्यालयमा बराल भीसि छँदा (साल २०६४ – २०६८) साेहि बेला २०६५ सालमा माओवादीकाे सरकारपनि बन्दा भीसि बरालले साे बेला कार्यकारी परिषद्बाट वाईसिएलकाे त्रास देखाएर निर्णयहरू पारित गराउने गरेकाे कुरा उनकै रजिष्ट्रार प्राडा ओम शर्माकाे पीडाबाट बुझ्न सकिन्थ्याे/सकिन्छपनि। पाेखरामा भीसि रहँदा नेपाल विद्यार्थी संघमाथि वाईसिएलले साँघातिक आक्रमण पटकपटक गरिरहेका समाचार पढ्न पाईन्थ्याे ।

कस्ताे संयाेग भने प्रा. खगेन्द्रप्रसाद भट्टराई साल २०६८ मा त्यहाँ भीसि नियुक्त भएर गएपछि मात्र ने. वि. संघ वा अन्य विद्यार्थी समूहले लाेकतन्त्रमा सकारात्मकढंगले कम्तिमा भयरहीत वातावरणमा आफ्ना अफिसहरू खाेले ! अझ डेमाेक्रेटिक विचार राख्ने करिब २१-२२ जना प्राध्यापककाे पीएच्डी अध्ययन विदा संसारका टाैप युनिवर्सिटिहरूमा जानलाई सेलेक्शन भएपनि भीसि बरालद्वारा अड्काईएका थिए तर पछि भीसि भट्टराईले पहिला माओवादी निकट नै एकजनालाई भारतमा पठाएर डेडलक् हटाई साे पछि अन्यलाई पठाईयाे । याे कि बरालमा पक्षधरता थियाे भन्न सकिन्छ वा अदूरदर्शिता/असक्षमता थियाे विश्वविद्यालय हाँक्नलाई किनकि फ्याकल्टी डेव्लप त युनिवर्सिटिकाे नियमित कार्य हाे जसलाई नै उनले राेकेर राखेका थिए !

भीसि बराल त्रिविमा मेरिटाेक्रेसीबाट नियुक्त भएकाे भनियाे र रेक्टर/रजिष्ट्रारकाे नियुक्तिमा दलहरू समक्ष देश बनाउने/परिवर्तन ल्याउने जस्ताे आफ्नै “टीम” खडा गर्ने अडानलिंदा स्तम्भकारसहित ठूलाे तप्का सबै वैचारिक समूहबाट नि:स्वार्थ सहयाेगमा लागेकै हाे । तर आम प्राध्यापककाे भराेसामाथि कुठाराघात गर्दै भीसि बरालले पदमा टिक्नलाई केही गम्भीर गल्तिहरू गरिहाले ।

जस्तै, १) माओवादी पार्टीकाे शिक्षा तथा मानव जनशक्ति २२ नम्बरकाे ३१ सदस्यीय विभागमा नाम उनकाे भीसि बनेपछि पनि पढेकाे पाईयाे,

२) माओवादी, रास्वपा, एमालेकाे पुष्पकमल दाहाल “प्रचण्ड”काे संयुक्त सरकार टिकाउनलाई रास्वपाबाट शिक्षामन्त्री/सहकुलपति सुमना श्रेष्ठसँग उनकाे पार्टीलाई त्रिविमा (रास्वपाले संगठन नखाेली अर्थात् बदनाम नभई नै राजनीति गर्न दिने तरकीब) निजामति कर्मचारीमा जस्तै ठेक्का करारकाे प्रकृया स्वीकार गर्याे जसले करार कर्मचारीले नै त्रिविका सूचना रास्वपालाई दिने र रास्वपा “राेजगार” दिने दल जनतामा “स्थापित” हुने भयाे (अहिले याे “आईडिया” पाईपलाईनमा छ, जबकी त्रिवि सेवा आयाेग छँदैछ),

३) आफू आदिवासी-जनजाति रहेकाे “भिक्टिम कार्ड” खेल्दै सुमना श्रेष्ठलगायत अन्यसँग जाेडिहाले । शिक्षामन्त्री सुमना श्रेष्ठका केही प्रस्ताव त्रिविमा लागूगर्ने (ठेक्का करार जस्ता) भीसि बरालले स्वीकारे तर सेवा आयाेगकाे सदस्य-सचिवमा श्रेष्ठलाई भने जिल्याईदिए । स्वयं भीसिले माओवादीकाे राजनीतिमा दल त्याग गरि भीसि बनेकाे दाबीपछि पनि माओवादी निकटलाई नै सदस्य-सचिवमा नियुक्ति गराईछाडे,

४) रेक्टर-रजिष्ट्रारका नियुक्तिका बेला प्रचण्ड कुलपति र सत्ता अलायन्सका एमाले अध्यक्ष केपी ओलीद्वारा प्रस्तावित नाम “त्रिविकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता” जाेगाउनलाई भनेर मानेनन् तर शिक्षामन्त्री सुमना श्रेष्ठलाई समाजशास्त्रकाे प्राध्यापक पदकाे अन्तर्वार्ता लिनलाई ट्रकका ट्रक प्रहरी लिई दिनभर त्रिविभित्र भयत्रासकाे वातावरणमा पञ्चायती शैलीमा राख्न दिए जसले “जनजाति कनेक्शन” देखायाे-देखायाे साथै त्रिवि बनाउनलाई आएकै मान्छेले रास्वपाकी नेतृ सुमना श्रेष्ठलाई “फेवर” गरेर त्रिविकाे स्वायत्त कार्यमाथि हस्तक्षेप गर्न माओवादीसँगै दिएकाे देखियाे ।

अब ढिलाई नहाेस्

आजकाे २१औं शताब्दीकाे एआई जमानामा बाेल्ने एउटा कुरा तर व्यवहारमा गर्ने अर्काे कुराले एकछिनलाई त अल्मल्याउन सकिएला तर सधैंभरीलाई हाेईन । त्रिविका पूर्व भीसि प्राडा तीर्थराज खनियाँ (साल २०७२ – २०७६) सम्मले के बुझ्छन् भने १) गत २०८० काे फाल्गुणदेखि आजसम्म के हेरेर बसेकाेले डीन आदि नियुक्तिमा आषाढदेखि नै रिक्त हुँदा पनि सकिइरहेकाे छैन ?

२) यति दिन केही नगर्ने, दुई वर्षपछि कर्मचारीले टेर्न छाेड्ने अनि प्रतिबद्धता व्यक्त गरेका काम कहिले गर्ने ?

३) मेरिटाेक्रेसी भन्ने तर सर्च/विज्ञ कमिटि, डीन, डायरेक्टर सबैतिर भागबण्डा गर्ने अनि नियुक्तिमा ढिलाईकाे कारण बनेर त्रिवि कहाँ पुग्ला ?

४) त्रिविकाे र्याङ्किङ्ग शुरूवाती खनियाँकाे पालामा नै १००० हजारभित्र परिसकेकाे अर्का कम्युनिस्ट भिसि प्राडा धर्मकान्त बास्काेटाकाे पालामा १०००-१२०० भित्र धकेलियाे (जबकि खनियाँकाे लक्ष्य ५०० भित्र पारेर स्त्तर उकास्नु थियाे) भने अहिले बराल (कम्युनिस्ट पुन: भीसि) काे पालामा त्रिविकाे सुधारकाे साटाे झन् “र्याङ्किङ्ग”बाट केवल “लिस्टिङ्ग” मा झर्याे अर्थात्, १५०० भन्दा पनि पर !

५) त्रिविमा प्राध्यापक रित्तिन थाल्याे, आफूपछि धर्मकान्त बास्काेटा र बराल (स्तम्भकारकाे अध्ययनमा कम्युनिस्टहरू)ले फास्ट-ट्र्याक प्राध्यापककाे विज्ञापन र सामान्य नियमित विज्ञापन केहीपनि हुन नसकिरहेकाे देखियाे,

६) त्रिवि सेवा आयाेगकाे गतिविधि विगतमा कुलपति केपी ओली, भीसि धर्मकान्त बास्काेटा र सेवा आयाेग अध्यक्ष (दिवंगत) चैतन्य शर्मा (स्तम्भकारले बुझेकाे सबै ऐमाले कम्युनिस्ट)ले निर्णय नै गरेर लाेक सेवा आयाेगलाई सम्पन्न गर्न बुझाएर त्रिविकाे स्वायत्तता मासेकामा बराल प्रशासनले अर्काे नर्णय गरेर राेक्नुपर्नेमा गल्तिलाई नै निरन्तरता दिईरहेकाे छ आदि ।

भनेर के आउनुभयाे भीसिमा बराल तर के गरेर के परिणाम दिंदै हुनुहुन्छ, सबैतिर माओवादी-वामपन्थीलाई र परे जनजातिलाई मात्रै “आफ्ना” ठानेर सावधिक पदहरूमा नियुक्ति गर्ने मनशाय राख्दा गत मंसीर ६ गते अनलाइनखबरमा दिएकाे अन्तर्वार्ता अनुसार भीसि प्राडा केशरजंग बरालले आउने मंसीर १५ गतेसम्म डीन, डायरेक्टर, डिपुटी कन्ट्राेलर, क्याम्पस चीफ पदहरूमा नियुक्ति गर्नसक्नु हुन्न । र, यसरी मीडियालाई टार्दै, ढाँट्दै जाने तर दलगत माेह त्यागेर त्रिवि बनाउनेतिर नलाग्दा अझ त्रिविकाे भविष्य नेपालकाे उच्च शिक्षामा प्रभावपार्दै अन्याेलमा पर्ने व्यापक चिन्ता आम प्राध्यापकमा छ ।

प्रश्न छन् कि “सत्ताकब्जा” मा लागेर मिडियामा यति दिनभित्र नियुक्ति हुन्छ भनेर कहिलेसम्म ढाँट्ने ? त्रिविकाे बजेट तथा कार्यक्रम सिनेटबाट पास गराउन नसकेर पूर्व भीसि खनियाँलगायतसँग नयाँ पत्रिकाले अन्तर्वार्ता लिई छापेर वर्तमान ओली सरकारमाथि मनाेवैज्ञानिक दबाव र लाेकलाज देखाएर “लागू” गर्ने भीसि बरालकाे “चालबाजी नीति” यसरी सरकारसँगै सम्बन्ध बिगारेर नसुधारिकन बसिरहँदा झन् थप बजेट कहाँबाट त्रिविमा ल्याउने ?

यदि समस्या समाधानमा भीसि बरालकाे स्मरणशक्ति र स्वास्थ्यले साथ दिंदैनन् भने सुधारकाे भराेशा राख्ने हजाराैं प्राध्यापकलाई निराश पार्नुभन्दा विकल्प राेज्दा उत्तम देखिन्छ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय