सराेकारवालाकाे चिन्ता रिसर्च र विकासमा राज्यकाे उदासिनताबारे

मनोज कुमार कर्ण

नेपालकाे उच्च शिक्षाकाे चर्चाकाे शुरूवात विक्रम सम्वत् २०१६ सालमा स्थापित देशकै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट हुन्छ । नेपालमा हाल दर्जन बढी विश्वविद्यालयहरू सञ्चालनमा केन्द्रीय, प्रादेशिक र निश्चित विषय/क्षेत्र प्राध्यापन हुने आदि किसिमले छन् । पछिल्लाे चरणमा केही विश्वविद्यालयहरू आवश्यकता र औचित्यका आधारमा भन्दा पनि कुनै दलका नेता विशेषकाे चाह्नामा खुल्दा रहेछन् । यसका बावजूद पनि नेपालमा उच्च शिक्षाकाे क्षेत्रमा जनशक्ति पलायन हुने, पढाईसँगै अनुसन्धान नबढ्ने, राज्यकाे लगानी अनुसन्धानमा घट्दै गएर सुक्नमात्र अब बाँकी, शिक्षार्थी जापान/युराेप/अमेरीकाजस्तै शिक्षासँगै राेजगार नपाउने अवस्था, पुराना पाठ्यवस्तु हुनु, अनुसन्धानकाे स्वामित्व (Ownership) राज्यले लिनुपर्नेमा शाेधकार्य (Thesis) हरूकाे सदुपयाेग देश विकासकाे लागि विश्वविद्यालयहरूले गर्न नसकेर थन्किएका जस्ता कारूणिक अवस्था छ ।

यस्ताेमा देशकाे विकासकाे लागि अनुसन्धान जरूरी छ र अनुसन्धानकाे लागि पुस्तकमात्र बटुल्ने पुस्तकालयभन्दा “अनुसन्धान-पुस्तकालय”काे अवधारणा अब विकसित भई अनुसन्धानमा सरकार, दल र नेताहरूलाई अब प्राज्ञिकजगतले सकारात्मक दबाव दिई भविष्य बनाउने समयकाे दर्कार रहेकाे सर्वाधिक जरूरी ठानेर नारायणघाट, चितवनस्थित रिसर्च-लाईब्रेरी नामक संस्थाका तर्फबाट त्यहाँका बालकुमारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठकाे अगुवाईमा बानेश्वरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा गत शनिवार २०८१ कार्तिक २४ गते “अनुसन्धान र विकास” शीर्षकमाथि नेपालकाे विश्वविद्यालय अनुसन्धान आयाेग (UGC) काे सहयाेगमा एक दिने सेमिनार सम्पन्न भएकाे थियाे ।

उक्त कार्यक्रममा स्वयं युजीसि-नेपाल; विभिन्न विश्वविद्यालयका पूर्व/बहालवाला उपकुलपति (Vice-Chancellor), डीन आदि; प्राज्ञिक व्यक्तित्वहरू र २० बढी क्याम्पसहरूकाे सहभागिता रहेकाे थियाे । याे लेखकाे मुख्य आशय सरकार, राजनीतिकर्मी, विद्यार्थी तथा युनिवर्सिटिज्का सराेकारवालाहरूले कर्तव्य तथा दिशाबाेध गर्नलाई प्रत्यक्ष कस्ले-के बाेले, त्यसलाई हु-बहु दिनु हाे ।

सम्बन्धित निकाय/विज्ञका भनाई

साे एक दिवशीय सेमिनार कार्यक्रमका मुख्य केन्द्रविन्दू तथा प्रमुख अतिथी त्रिविका पूर्व भीसि प्राडा तीर्थराज खनिया (साल २०७२-२०७६ सम्म) ले : याे रिसर्च-लाईब्रेरी संस्थालाई अनुसन्धानसँग जाेडेर देशकाे विकास गर्नुपर्ने; बुझ्दै जाँदा नेपालमा एउटापनि युनिवर्सिटि “नरहेकाे” किनकि teaching-research-development तीनवटा सँगै जाने कुरामध्ये रिसर्च डेव्लप्मेन्ट/एप्लिकेशन अफ् रिसर्चलाई बुझ्दा रिसर्च/थेसिस राख्ने ठाउँ छैन; याे संस्था रिसर्च-लाईब्रेरीकाे अवधारणा “म्याटेरियल कलेक्शन” लाई युनिवर्सिटिसँग जाेडिनुपर्ने; डिग्री लिनलाई रिसर्च भयाे तर समस्या समाधानकाे लागि भएन; अनुसन्धान-विकास नेपालमा राज्यसँग जाेडिएन; राज्यसँग जाेडिने कारणले नै यस आयाेजक संस्था रिसर्च-लाईब्रेरीलाई आफूले सघाएकाे; युनिवर्सिटिकाे खर्च देशले दिने हाे र युनिवर्सिटिले देशकाे खाका काेर्ने हाे; आज सरकारले युनिवर्सिटि खुल्दामात्र थाहा पाउँछ, जुन गलत हाे; व्यक्तिकाे ईच्छामा युनिवर्सिटि खुल्छ; नेपालमा जनशक्ति पलायन (brain-drain) काे समस्या छ किनकी ईञ्जिनियरिङ् तथा त्रिविमा व्यवस्थापन संकायले ४३ प्रतिशत विद्यार्थी भार ओगटेकाेमा अब बीबीए प्राेग्राममा पनि पुन: प्रवेश परीक्षा गराउँदा पनि काेटा पुग्दैन; जापानले झैं सिकाई र आय आर्जन नेपालले पनि गर्न सक्छ तर वातावरण छैन; जापानले यही सिद्धान्त लर्निङ् एण्ड अर्निङ्मा त्यहाँ मान्छेले बच्चा नपाउँदा हाम्रा बच्चालाई “चाेर्दै” लग्दैछ; नेपालमा प्लस-टु पढेकामध्ये ७० प्रतिशतले युनिवर्सिटि पढ्न चाँहदैनन्; याे जनशक्ति पलायन राेक्ने उपाय भनेकाे अनुसन्धानले हाे; सरकारलाई हामीले सल्लाह दिनुपर्छ; विद्यार्थी-काेर्ष-फ्याकल्टीज् आदिकाे अन्तर्राष्ट्रियकरण नेपालबाटपनि गराैं; नेपालकाे भन्दा कमसल विदेशी विश्वविद्यालयमा हाम्रा विद्यार्थीलाई किन पढाउने ? रिसर्चकाे फ्लाे गराउँदा राम्राे यहिं हुन्छ; दलका नेताहरूलाई याे संस्था रिसर्च-लाईब्रेरीसँगै याे बाैद्धिकजमात्ले ब्रेन-ड्रेन राेक्न र विदेशिएकालाई फर्काउन प्रस्ताव राखाैं आदि जस्ता प्रमुख कुराहरू राख्नुभएकाे थियाे ।

कार्यक्रमका सहभागी अन्य विशिष्ट वक्ताहरूकाे ओजपूर्ण आशलाग्दा कुराहरू मुख्यरूपमा यस्ताे पायाे :

१) प्राडा राजेन्द्रध्वज जाेशी (मदन भण्डारी विश्वविद्यालय/पूर्व डीन, ईञ्जिनियरिङ् अध्ययन संस्थान, त्रिवि) : मदन भण्डारीमा विद्यार्थीहरू पूर्ण समय बसेर पढ्छन्, संस्थाले छात्रवृत्ति प्रदान गर्छ ।

२) शत्रुघ्नप्रसाद गुप्ता (अध्यक्ष, नेपाल पब्लिक क्याम्पस संघ) : युनिवर्सिटिकाे डेटाले प्रति विद्यार्थी १ कराेड रूपैयाँ खर्च देखाउँछ; विश्वविद्यालय धेरै भए तर अनुसन्धान भएन; विकासकाे शुरूवात भनेकाे अनुसन्धानबाट हाे; रिसर्चकाे “र” नजान्नेलाई रिसर्च सेन्टरमा जागिर खुवाईन्छ; थेसिस थन्किन्छ; हामीले हाईड्राेपावर-ईन्डष्ट्री-टुरिज्म आदिबारे बताएनाैं; त्रिविकाे सेरिड (CERID) पनि हाम्राे सामुदायिक एऊटा क्याम्पसकाे जस्ताे कुनै प्राेग्रामकाे लागि फन्ड लिन युजीसिमा अप्लाई गर्छ; अर्काे कुनै स्राेत छैन ।

३) प्राडा चिरञ्जीवी श्रेष्ठ (कार्यक्रमका अध्यक्ष, “रिसर्च-लाईब्रेरी” संस्थाका सञ्चालक तथा बालकुमारी क्याम्पस, चितवनका पूर्व क्याम्पस प्रमुख) : याे संस्था मुनाफारहीत; सरकारकाे रिसर्च संस्था हुनुपर्ने; पुस्तकमात्र संग्रह गर्ने नभई नयाँ-पुराना र विभिन्न ६५ भन्दा बढी विधाका पुस्तक रिसर्चमा काम लाग्ने जस्ताे संकलन गर्ने प्रमुख उद्देश्य भएकाे यस संस्थाले प्रकाशन पनि थालेकाे छ; एकेडेमिक भीआईपिले देशलाई अध्ययन गर्न सक्छन् तर कसरी उहाँहरूलाई जुटाउने (आजकाे कार्यक्रमतर्फ ईंगित गर्दै); रिसर्च नयाँ कुरा पत्ता लगाउने एउटा साधन (means) हाे, न कि समाप्ति (end); रिसर्च कार्य नभएकैले हिजाेकाे निर्यातकर्ता नेपाल आज आयातकर्ता बनेकाे छ; हाल जति सेमिनार हुन्छन्, ती समय बर्वादी जस्ताे प्रतीत हुन्छ किनकि त्यसपछि कसैकाे चासाे रहँदैन, सेमिनारकाे उपलब्धीबारे चर्चा हुँदैन, सरकारलाई मतलब हुँदैन त्यसैले अब”R-L” (Research-Library) मात्र नबाेलेर सँगै “R-L-D” (रिसर्च-लाईब्रेरी-विकास) भन्नुस् !

३) डा. हेमन्त श्रेष्ठ (CEO, अमेरिकामा विद्यावारिधि सकाएर पारिवारिक कारणले घर फर्केका, यहीं रिसर्चद्वारा विकास चाह्ने) : कर्पाेरेट अमेरीका कसरी काम गर्छ ? त्रिविमा पढाईंदा शिक्षककाे पढाउने तरीका र खराब/अपर्याप्त भाैतिक पूर्वाधार देखेकाे; निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठ ठिक थिईन् तर सरकार बदल्याे; अमेरीकामा MIT मा नि:शुल्क आैनलाईन कक्षा हुन्छ, राज्यकाे लगानी छ; डिजिटेलाईज्ड जमाना रहेकाले पुस्तकहरू अब माेबाईलमा परिणतभएर आउनुपर्ने; ब्रेन-ड्रेन भईरहेकाेलाई राेक्नुपर्ने ।

४) प्राडा भाेला थापा (भीसि, काठमाडाैं विश्वविद्यालय) : हामीले नवपुस्ताका लागि रिसर्च गरेर छाेडेर जाने हाे; रिसर्चबारे हिजाेकाे मेराे बुझाई गलत रहेकाेमा त्याे स्वीकारेर अब परिवर्तन ल्याएकाे छु; सिमित श्राेतमा रिसर्च गर्छाैं हामी; विगतमा एऊटा विभागकाे अर्काेसँग, एउटा संकाय/निकायकाे अर्काे संकाय/निकायसँग अनुसन्धानबारे काेअर्डिनेशन नरहेकाे देखिएकाे; अझै केयू “रिसर्च लाईब्रेरी” नरहेकाे हाे, पुस्तक संग्रहमात्र हाे; हामी बितेपछि घरकाले पुस्तक फाल्छन्, रिसर्च्ड वर्क सकिन्छ तर त्याे हाेईन, बरू उसले गरिसकेकाे रिसर्च सिध्याे तर बाँकी रिसर्च अरूकाे लागि “अवसर” बन्नुपर्याे; युनिवर्सिटिमा अरू सिनेटर हुन्छन् तर लाईब्रेरियन हुँदैनन् ।

५) प्राडा बिजु थपलिया (भीसि, पूर्वाञ्चल विश्वविद्यालय) : रिसर्चकाे असर (Impact) देखिनुपर्छ समाजमा; रिसर्चका भाषा अरूकाे लागि गाह्राे कहिलेकाहिं हुनेहुँदा (अ) सजिलाे भाषामा रूपान्तरण, (आ) काे-क्रिएशन हुनु जरूरी, (इ) रिसर्चकाे लागि टेक्नाेलाेजी जरूरीका साथै रिसर्च गराउन डिपार्टमेन्टले भन्दा पनि रिसर्च प्राेजेक्टले पाे जनशक्ति रिसर्चमा लगाउने/ताेक्ने हाे; रिसर्च कार्य उद्याेगसँग जाेडिनुपर्याे ।

६) डा. निरज धिताल (रिसर्च निर्देशक, युजीसि) : ईजरायलले देशकाे जिडिपिकाे ६.४ प्रतिशत रिसर्चमा लगानी गर्छ (पछिका वक्ताले थप डेटा अरू दिए); भारतले ०.६ प्रतिशत भने चीनकाे प्रतिस्पर्धामा अमेरिकाले पहिलाकाे पाँच सय मिलियन डलरमा दुई सय थपेर सात सय मिलियन डलर रिसर्च बजेट बनाएकाे छ; अमेजनले वर्षकाे ७० अमेरीकि डलर खर्च गर्छ; रिसर्चमा गरिएकाे एक रूपैयाँकाे लगानीले सात रूपैयाँ ल्याउँछ; नेपालमा रिसर्चमा राम्रा क्षेत्रहरू जलवायु, अर्थतन्त्र, प्राकृतिक प्रकाेपहरू, कृषि, स्वास्थ्यहरू छन् ।

७) प्रा. शंकर भण्डारी (सदस्य-सचिव, युजीसि) : विश्वविद्यालय अनुदान आयाेगले ७ वटा क्लस्टर बनाएर डेटा-वाईज के-कस्ता फन्ड रिसर्चका लागि दिन्छ, साे काे जानकारी; भविष्यमा काम लाग्ने रिसर्च (Impact research) काे सुविधा; लेबाेरेटरीकाे रिकन्स्ट्रक्शन; आज रिसर्च समाजकाे लागि काम आउनेभन्दा जाैबकाे रूपमा हुुने ट्रेण्ड छ; ईन्डष्ट्रीसँग रिसर्च जाेडिनुपर्याे; रिसर्चकाे डुप्लिकेशन एऊटा समस्या हाे; युजीसिले कम्युनिटि क्याम्पसलाई रिसर्चकाे लागि बास्केट फन्डबाट सहयाेग गर्छ ।

८) प्राडा हृदयरत्न बज्राचार्य (पूर्व भीसि – लुम्बिनि बाैद्ध विश्वविद्यालय; प्राविधिक सल्लाहकार – युजीसि) : “धर्म” भनेकाे ठिक लागेकाे वा अरूले बाेलेकाे कुरा बुझ्नु हाे; उच्च शिक्षामा राष्ट्रिय आवश्यकताकाे सम्बाेधन हुनुपर्छ; फ्याकल्टी ट्रेनिङ्ग हुँदैछ, हुनुपर्छ; डिजिटेलाईजेशन अब हुनुपर्छ पाठ्यवस्तुकाे; रिसर्चकाे स्वामित्व कस्ले लिने (?); गुगलकाे RLD मा संसारलाई ६ रिसर्च समूहमा बाँडिएकाेमा नेपाल सन् २०१० मा एकचाेटी रिपाेर्ट बुझाएर पछि नगएकाेले ५आैं समूहमा पर्छ; रिसर्चलाई यहाँ दराजमा थन्काईन्छ ।

९) डा. अर्जुन कार्की (अध्यक्ष, नेपाल विश्वविद्यालय विकास बाेर्ड) : शिक्षापद्धतिमा त्रुटि देखियाे; सबैले रिसर्च गर्नु हुँदैन, ईच्छुकले गर्नुपर्छ; रिसर्च कार्यकाे प्रकाशन हुनुपर्छ; विज्ञकाे डेटामा राम्राे सहयाेग लिईनुपर्छ; राज्यले रिसर्चमा लगानी गर्नुपर्छ (अघिल्लाे वक्ता डा. निरज धित्तालकाे अन्य देशकाे रिसर्चमा लगानीकाे डेटा अझ थपिदिएकाे, अघि नै उल्लेख गरिसकिएकाे); रिसर्चबारे माथिका कुरा आए झैं केवल नकारात्मक नगरी सकारात्मक कुरापनि गराैं; युनिवर्सिटिले रिसर्चमार्फत् विकासमा सहयाेग गर्नुपर्छ ।

१०) प्राडा विद्यानाथ काेईराला (शिक्षाविद्) : रिसर्च बिना लगानी तर जरूरत र स्वेच्छाले पनि थुप्रै भएका छन् (कमिलाेले भाेजन पत्ता लाउने- Instinctual research जरूरतकाे हाे, बाँदरमा किशाेरीकाे रजस्वाला भएकाेबेला गन्धले थाहा पाएर लखेट्छ- Emotional research, शरीरभित्र रहेका पञ्च तत्व विभिन्न आैंलाका टुप्पामा रहन्छन् र सबैलाई सक्रिय गराउन पुर्खाले “ताली बजाउन” पत्ता लाएका- Cognitive/Community रिसर्च अनि किताबले हाम्रा पढाएका ईपिस्टेमाेलाेजिकल आदि- Academic research हुन्); एकेडेमिकबाहेक माथिका अन्य रिसर्चमा वा, पानीघट्टकाे विकासमा पुर्खा, बाँदर, कमिलामा न कसैकाे लगानी छ र नै त कसैले सिकाएका; अब ईन्डिजिनस् रिसर्च (जस्तै, गुन्द्रुक र त्यसका परिकारहरू) काे जरूरत छ; कक्षामा भेला भई पढ्नु-पढाउनुबाट आैनलाईन कक्षाकाे जरूरत छ; विकास भनेकाे केवल ठूला भवन, सडक, पुल भई प्राकृतिक प्रकाेपले ढल्दा मान्छे मर्नु हाेईन बरू त्याे विनाश हाे त्यसैले विकास हानी नपुर्याउने जस्ता हुनुपर्याे ।

११) प्राडा प्रेम नारायण अर्याल (निवर्तमान भीसि, पाेखरा विश्वविद्यालय) : विश्वविद्यालयले RLD Organization लाई प्राेत्साहन गर्नुपर्छ; आधारभूत तथा प्रयाेगात्मक रिसर्चका प्रकारहरू बारे प्रकाश पार्नुभयाे ।

१२) प्राडा कुशुम शाक्य (निवर्तमान डीन, मानविकी तथा समाजिक शास्त्र संकाय, त्रिवि) : रिसर्च ईन्डष्ट्रीसँग जाेडेर अघि बढाईनुपर्ने; पुस्तक संग्रह भएकाकाे अब एप्लिकेशन हुनुपर्याे; डाईसमा १४ जनामध्ये १ जनामात्र महिला म रहेकीमा रिसर्च हाेस्; साधन (means) बिना रिसर्च हुँदैन तर सीप भने चाहिन्छ; हामी मानिस र आजकाे युगमा रहेकाेले Scientific research चाहिन्छ नै; १० वर्ष अघि बनाएकाे नाेट वा, गुगल अंकल-आन्टीकाे सहयाेगमा अब कति रिसर्चरहित पढाउने; रिसर्च-टिचिङ्ग समानान्तरमा सँगै जानुपर्छ; युनिवर्सिटिले मानवता जगाउने हाे तर हाम्रा पठनपाठन भने केवल डिग्रीका लागि हुँदा रहेछ ।

१३) प्राडा गणेशमान गुरूङ (पूर्व उपाध्यक्ष, राष्ट्रिय याेजना आयाेग; गण्डकी युनिवर्सिटिसँग सम्बन्धित) : युनिवर्सिटिलाई Board of trustees मा लान काेशिस; राष्ट्रिय याेजना आयाेगले देशकाे विकासमा रिसर्चहरू गराएर सरकारलाई सल्लाह दिने हाे; राजनीति नसकुञ्जेल विकास गाह्राे छ; सरकारले युनिवर्सिटिलाई विकासमा काम (work) दिएर जाेड्नुपर्ने हाे; रिसर्चका लागि बजेट छैन ।

१४) प्राडा लक्ष्मण प्रसाद गाैत्तम (त्रिवि) : साहित्यकाे अनुसन्धान कस्ताे हुनुपर्ने हाे ? अनुसन्धानकाे नियमकानूनमा बाँधिएर लेखिएकाे थेसिस केवल अवधारणापत्र हाे; साहित्यकाे अनुसन्धान पूर्व-पश्चिममा मात्र रह्नुभएन; मानविकी ज्ञानकाे विषय हाे, चेतना बढाउनु हाे, जिज्ञासाबाट रिसर्च शुरू हुन्छ; अहिलेकाे साहित्यिक रिसर्चपनि ईन्टरडिसिप्लिनैरी हुनुपर्छ ।

कार्यक्रममा बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख घमानसिंह खड्काले धन्यवाद ज्ञापन भने कन्या क्याम्पसबाट प्राध्यापक अपराजिता अर्यालले सञ्चालन गर्नुभएकाे थियाे ।

त्रिवि यहाँपनि चुक्याे

विहान ८ बजेदेखि दिनभरी चलेकाे साे कार्यक्रममा भने त्रिविबाट पदाधिकारी काेही सहभागी थिएनन् । ज्ञातव्य छ कि गत २०८० काे फाल्गुण महिनामा वर्तमान भीसि प्राडा केशरजंग बरालले देशबाट भईरहेकाे विद्यार्थी-जनशक्ति पलायनलाई राेक्न; शुल्क घटाउन; क्यालेण्डर लागू गर्न; राजनीति हटाएर रिसर्च गराउन; त्रिविकाे पुनर्संरचना गराउन आदि प्रतिबद्धता भीसि छनाैट समिति र आम सञ्चारलाई अन्तर्वार्ता दिनुभएर नियुक्त हुनुभएकाे थियाे । स्वयं मेरिटाेक्रेसीमा आएकाे भनेर दलकाे सिफारिशबाट रेक्टर र रजिष्ट्रारसमेत सरकारलाई चुनाैतिदिई आफ्नै राेजाईका राख्नुभएकाे छ, जुन स्वागतयाेग्य नै कदम थियाे ।

तर व्यवहारमा भने सावधिक पदहरूकाे नियुक्तिमा दलीय बर्चस्व शर्ट लिस्टिङ्गमा देखाउने; माओवादी निकट विद्यार्थी अनेरास्ववियू (क्रा.) लाई त्रिवि सभाभवन र त्रिवि प्राध्यापक संघ (टुटा) भवनपनि अधिवेशन गर्न दिने यता भने रिसर्चका यस्ता कामहरूमा अनिच्छा देखाउने; प्राध्यापकहरूकाे सामुहिक भेट ईच्छाविपरीत भए ढाडकाे समस्या देखाउने आदिले गर्दा आम प्राध्यापककाे गुनासा छ । यसले त्रिवि, त्रिविमार्फत् रिसर्च, नेपालकाे विकास हुने लक्ष्य प्राप्तिमा कठिनाई हुने देखिन्छ र उहाँकाे आैचित्य नै त्रिविमा सकिन्छ ।

सरकारकाे चाल : गाडा अगाडि तर घाेडा पछाडि

माथिका विभिन्न विचार विगतमा राखेर जिम्मेवारी सम्हाल्नुभएका वक्ताहरूबाट नै नेपालकाे संघीय सरकार तथा नेपालका विश्वविद्यालयहरूकाे परम्परागत तथा रिसर्चरहित प्राध्यापनले देशकाे विकासमा असर मात्र पर्न नगई जनशक्ति नै पनि पलायन हुन थाल्याे बुझियाे । देशका युवाले सरकार र विश्वविद्यालयलाई नेपालमा पत्याउन छाडे । राज्यकाे लगानी न कै बराबर रिसर्चमा सबै विचारका मान्छेबाट सुनियाे । तर देशमा केही मान्छे वा एउटा वर्ग छ, जुन राज्यले गर्नुपर्ने काम स्वयंकाे प्रयासबाट गर्दैछ । यहि हाे, गाडा अगाडि तर घाेडा पछाडी भनेकाे ।

साल २०७६ मा वर्तमान कुलपति सम्मानिय प्रम केपी ओलीले नै त्रिविमा भीसि धर्मकान्त बाँस्काेटा नियुक्त गर्नुहुँदा ३ सय ३० दिन जति त्रिविमा तालाबन्दी हुँदा साे अघिका पूर्व भीसि प्राडा तीर्थराज खनियालगायत अन्य डेमाेक्रेट प्राध्यापकहरूकाे सहयाेग बाँस्काेटा र सरकारले ताला खुलाउन लिएका कुरा जगजाहेर छ । तर उनै डेमाेक्रेट पूर्व भीसि रिसर्च र विकासलाई अगाडि बढाउने भनेर कुनै संस्था (नेपाल उच्च शिक्षा प्रतिष्ठान) दर्ता गराउन खाेज्दा एमालेबाट बन्नु भएकी त्रिवि सह-कुलपति तथा संघीय शिक्षा मन्त्रीले सानाे चित्त बनाएर, साँघुराे घेरा बनाएर, राेक्न खाेज्ने भएकाे सुनिन्छ । याे दुर्भाग्यमात्र नभई सरकारमा बसेर व्यक्तिगत/दलगत चरित्र देखाउनु अनैनिकतापनि हाे । विगतमा काम आफू र आफ्ना अप्ठेराेमा पर्दा कसैबाट सहयाेग लिने तर राज्यबाट जायज उसकाे काममा अवराेध पैदा गर्ने !

माथिकाे जस्ताे कार्यक्रम सरकार स्वयंले नेतृत्व लिएर गराउनुपर्नेमा उल्टै “थाहा नपाएर” सहभागिता पनि जनाउन जरूरी ठान्दैन । यस्ता प्रवृति सरकार, दलका नेता, उच्च शिक्षाका नेतृत्व आदिमा रहुञ्जेल देश विकास असम्भव हुने भएकाेले सकारात्मक साेचले, ईर्ष्याभाव त्यागेर, जाे सक्छ, उसलाई राज्यले माैका दिनुपर्छ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय