त्रिविकाे प्रश्नपत्र अंग्रेजीलाई अनुवादबारे

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा गत वर्ष २०८० काे पाैष महिनामा काँग्रेस र माओवादीकाे संयुक्त सरकारका माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालकाे ईतिहासमा प्रथमपटक उपकुलपति छान्न विज्ञापन गरायाे । दल त्यागकाे स्वघाेषणासहित विगतमा माओवादीनिकट विचार राख्नुहुने भनिएका प्राडा केशरजंग बरालले थप घाेषणाहरू शुल्क घटाउनेछु, त्रिविबाट राजनीति हटाउनेछु, पाठ्यक्रममा सुधार ल्याउनेछु, प्लस-टुपछि विद्यार्थी विदेशिने (Brain drain) लाई राेक्छु, परीक्षा प्रणालीमा व्यापक सुधार ल्याई समयमा नतीजा प्रकाशन गराउँछु, शैक्षिक क्यालेण्डर लागू गराउँछु, त्रिविमा मेरिटाेक्रेसी प्रयाेगमा ल्याउँछु आदि गरेर नियुक्त हुनुभएकाे थियाे ।

बराल भीसि बन्नुहुँदा शिक्षामन्त्री जसपा-नेपालबाट अशाेक राई हुनुहुन्थ्याे तर लगत्तै सत्ता समीकरण बदलेर एमाले-माओवादी-रास्वपाकाे सरकार बन्दा शिक्षामन्त्री (त्रिविकी सहकुलपति) सुमना श्रेष्ठ बन्नुभयाे । श्रेष्ठकाे क्रेज मीडियामा बढ्दाे थियाे, नेपाली समाजकाे उनीबाट अपेक्षाकाे आशा बढी थियाे तर उनी दूरगामी महत्व राख्ने सुधारका कामहरू विज्ञ-प्राज्ञहरूकाे म्याराथुन मन्थनकाे निष्कर्शबाट गर्नुपर्नेमा केवल मीडिया र सामाजिक सञ्जालमा हाईहाईकाे लागि त्रिविकाे उतिर्ण प्रतिशत बढाउन भनेर अंग्रेजी भाषाबाट नेपालीमा पनि उल्था/अनुवाद गरिनुपर्ने कुरामा जाेड दिईन् । अरू त अरू, समाजशास्त्रकाे प्राध्यापक पदकाे अन्तर्वार्ता लिन दिन भर उनी त्रिवि परिसरमा प्रहरी लिएर त्रिविकाे स्वायत्तता विगतमा २०३६ सालतिर पञ्चायतले लिंदा पुन: फर्काउनलाई हाम्रा नेतृत्वहरूले गर्नुभएका संघर्षलाई अवमूल्यन गर्दै एकप्रकारले दलकाे नेताबाट हस्तक्षेपसमेत गरिन् ।

याे लेख भने सुमना श्रेष्ठ र केशरजंग बराल व्यक्ति विशेषहरूले कसरी नेपाली समाजलाई ईमाेश्नल ब्ल्याकमेलजस्ताे दल नमिल्दा पनि आदिवासी-जनजातिकाे नाममा भिक्टिम कार्ड खेल्दै सेन्टिमेन्ट बनाए, त्यतापट्टी ध्यान नदिएर प्रश्नपत्र अंग्रेजीबाट उल्था गर्दा त्रिविका उत्पादन र नेपाली समाजलाई विश्वमा पर्ने असरबारे संक्षिप्त चर्चा गर्छ । ज्ञातव्य हाेस्, स्तम्भकार मधेशी हाे तर श्रेष्ठ-बरालहरूले झैं भिक्टिम कार्ड नखेली याेग्यतामा विश्वास गरेर प्राज्ञिकताकाे केवल चर्चा गर्न चाहन्छ ।

प्रश्नपत्रकाे अनुवाद

त्रिविमा प्रश्नपत्र विगतमा नेपाली जस्ता भाषाका विषयबाहेक प्राय: अंग्रेजी विषयमा हुन्थ्याे तर उत्तर लेख्दा भाषाकाे विषयबाहेक अंग्रेजी, विज्ञान र विदेशी स्पेशल विषयहरूमा अंग्रेजीमै र बाँकीकाे हकमा नेपाली वा, अंग्रेजी वा ऐंग्लाे नेपाली अर्थात्, नेपाली-अंग्रेजी मिश्रित भाषामा लेख्नुपर्थ्याे । अन्तर्राष्ट्रिय अभ्यासपनि यहि हाे । आजकाे जमाना विश्वव्यापी अंग्रेजी माध्यमले छाएकाे, अधिकतम् ज्ञान विषयबाट लिन पाठ्यपुस्तकहरू अंग्रेजीमै स्वदेशका लेखकबाहेकका उपलब्ध, नेपालमा बसेर वा नेपाल बाहिर गएर विश्वसँग सम्पर्क गर्न/व्यवसाय-राेजगार चाहिन अंग्रेजी अनिवार्यता चाहिन्छ जस्ताे हाे ।

यदि त्रिविमा उतिर्णाङ्क प्रतिशत घट्याे भने त्यसकाे एकमात्र कारण विद्यार्थीले अंग्रेजी विषयकाे प्रश्नपत्र नबुझेकाे मात्र हाेईन अपितु, पठन-पाठन राम्राे नभएकाे, शिक्षाकाे व्यवस्थापन कुनै निकायले गर्न नसकेकाे हाे, प्रश्नपत्रकाे स्त्तरीयता मेन्टेन नभएकाे हाे, प्रश्नपत्र बनाउने-माेडरेट गर्नमा लापर्वाही भएकाे हाे, देशमा राजनैतिक अवस्था-कानून व्यवस्था धर्मराएर विद्यार्थीहरूमा पढ्नेभन्दा जाँचमा नक्कल गर्ने अधिकांशमा भान पर्न गएर लामाे समय देश यस्तैमा रह्न गएकाे हाे, उत्तरपुस्तिकाे जाँच याेग्य र गम्भीर परिक्षक र सम्परिक्षकबाट नभएकाे हाे आदि बुझ्नुपर्छ । यस्ताे अवस्थामा कहाँ त्रुटि रह्न गयाे, त्यसका विविध पक्षमाथि व्यापक प्राज्ञिक बहस युनिवर्सिटिले वा स्टेक हाेल्डर्स त्रिवि प्राध्यापक संघ (TUTA), नेपाल प्राध्यापक संघ (NUTA), स्ववियू, कर्मचारी, परिक्षा नियन्त्रण कार्यालय आदिले गराएर निष्कर्शहरू संकलन गरेर त्रिवि सुधारकाे बाटाेतिर लाग्ने हाे । भीसिलगायत त्रिवि पदाधिकारीमा, नियन्त्रक वा सहकुलपति शिक्षामन्त्री बन्दैमा सञ्चारमाध्यममा सस्ताे लाेकप्रियता बटुल्न हठात् कुनै निर्णय लिएर लागू गर्दा नेपालकाे शैक्षिक जनशक्तिमा झन् खराब असर पर्ने देखिन्छ । कम्तिमा यति बुझ्नु आवश्यक देखिन्छ कि अंग्रेजी विषयबाहेक पनि त्रिविमा विश्व अभ्यास झैं अनिवार्य अंग्रेजी किन पढाई हुन्छ ?

नेपालकाे भाषागत क्षमताकाे कुरा गर्ने हाे भने नेपालकाे जनसंख्या ३ कराेडजति छ जबकी छिमेकमा भारतकाे १ अर्ब ४० कराेड भने चीनकाे लगभग साेही अनुपातमा छ तर भारत र चीनमा नै पनि हिन्दी र चीनि भाषाबाहेक अंग्रेजीमा पुस्तक अधिकांशत: हुन्छ किनकि त्यहाँका भाषाहरू अंग्रेजी जस्ताे अन्तर्राष्ट्रिय भाषा हाेईनन् । अंग्रेजी अन्तर्राष्ट्रिय भाषाकाे महत्व विश्वविद्यालयमा किनपनि छ भने मानाैं नेपालीबाहेक तपाईं अर्थशास्त्रकाे पुस्तक नेपाली भाषामा पढ्ने हाे भने सिमित ज्ञान नेपाली लेखककाे मात्र पाउने हाे जबकी साेही विषयवस्तुकाे अंग्रेजी भाषाका पुस्तकहरू अध्ययन गर्ने हाे भने साेचकाे दायरा बढ्न गई वैश्विक समुद्रमा पाैडिने भई दिमाग नै कसैकाेभन्दा बढी साेच्ने/बुझ्ने अर्थात्, उड्ने जस्ताे (Mind blowing) नै हुन्छ ।

हाे, त्रिविमा हाल उपकुलपति प्राडा केशरजंग बरालमाथि सम्भवत: माओवादीकाे “स्वदेशपन” नारा दबावमा साथदिने तात्कालीन सहकुलपति माननीया सुमना श्रेष्ठकाे हठपूर्ण कार्य त्रिविकाे प्रश्नपत्र अंग्रेजीबाट नेपालीमा उल्था गर्नेले विद्यार्थीकाे पढ्ने अवसर खाेस्याे, डरपाेक बनायाे ! यस्ता हाम्रा प्राेडक्टस् भाेली कहाँ खपत् हुने ? स्वयं भीसि बराल विदेशबाट व्यवस्थापन पढेका र सुमना श्रेष्ठले अमेरीका, जर्मनी घुमेकाले पहिला नेपाली विषयलाई आँट भए अंग्रेजी जस्तै अन्तर्राष्ट्रिय भाषा बनाई सबै पुस्तक नेपालीमै छपाउनुपर्थ्याे अनि बल्ल अनुवादतिर साेच्नुपर्थ्याे । हचुवाकाे भरमा संस्था र उत्पादित विद्यार्थीकाे भविष्य डुबाउने हाे र जिम्मा सम्बन्धितजनले लिनुपर्छ । आखिरमा जसाेतसाे उतिर्णाङ्क प्रतिशत बढाउँदैमा विद्यार्थीमा क्वालिटी बढ्ने वा टाईम्स हायर एड्युकेशनमा त्रिविकाे र्याङ्किङ्ग उकासिने हाेईन क्यारे !

त्रिविकाे र्याङ्किङ्ग अनुवादबाट नउकासिने

वास्तवमा भन्ने हाे भने एक थरी मान्छेलाई लागेकाे हाेला कि त्रिविमा पढाईकाे स्त्तर खस्केर कमजाेर नतीजा हुन गएकाेले टाईम्स हायर एड्यूकेशनमा र्याङ्क खस्क्याे र अब अंग्रेजी माध्यमकाे प्रश्नपत्रलाई हरेक विषयमा नेपाली भाषामा उल्था गरिदिंदा अधिकतम् विद्यार्थी ऊतिर्ण गर्ने भएर त्रिविकाे स्त्तर उकासिनेछ । याे तथ्य नभई भ्रम हाे किनकि र्याङ्किङ्गका पाटाहरू भिन्न हुन्छन् र प्रश्नपत्र अनुवाद गरेर विद्यार्थीलाई सम्झाउनुकाे अर्थ या त शीक्षार्थी वा, शिक्षक वा, शिक्षण संस्थामा कतै प्राध्यापनकाे डेलिवरीमै कमजाेरी छ । तल र्याङ्किङ्गबारे छाेटाे चर्चा गराैं ।

संसारमा विश्वविद्यालयहरूकाे स्त्तरीकरण गर्ने विभिन्न निकायहरू छन् जसमा केही निश्चित् तरीकाहरू/प्यारामिटर्स हुन्छन् । उदाहरणकाे लागि यस वर्षमा सीडब्ल्यूयुआर (CWUR) ले गरेकाे र्याङ्किङ्गमा नेपालकाे त्रिवि (सन् २०२४) संसारका २०,९६६ वटा मध्ये १७३२औं स्थानमा छ, पर्सेन्टाईल टाैप ८.३ प्रतिशत, एशियामा ६४४औं स्थानमा, अनुसन्धानमा १६५६औं, नेपालमा पहिलाे स्थानमा र ओभरअल स्काेर ६७.१ छ । यसले र्याङ्कका लागि शिक्षा, राेजगार, फ्याकल्टी जनशक्ति र अनुसन्धानलाई आधार बनाउँछ । तर विश्वमा यस्ताे र्याङ्किङ्गकाे उच्चत्तम महत्व लण्डनस्थित टाईम्स हायर एड्यूकेशनले गरेकाेलाई लिईन्छ ।

स्तम्भकारले बुझे अनुसार प्रथम पटक त्रिविमा कम्तिमा ३ वर्षकाे लगातारकाे मिहिनेतपछि तात्कालीन डेमाेक्रेट भीसि प्राडा तीर्थराज खनिया (साल २०७२-२०७६ सम्म) ले र्याङ्किङ्गका आधारहरू वैज्ञानिक अनुसन्धान, शिक्षाकाे गुणस्त्तर, खाेजबिनलगायत धेरै कुरा पत्ता लगाएर त्रिविलाई पनि विश्वस्त्तरमा राख्ने पवित्र साेचले अघि बढेका थिए । र्याङ्किङ्गमा १००० भन्दा बाहिर परेका विश्वविद्यालयबाट अक्सफाेर्ड, क्याम्ब्रिज वा एमआईटी (अमेरीका) जहाँ जाँदापनि फेरि स्नातकाेत्तर पढ अनि बल्ल विद्यावारिधि गर्न पाउँछाैं भनेर नेपालका विद्यार्थीलाई हदैसम्म दु:ख भाेग्नुपर्थ्याे । खनियाले आफ्नाे कार्यकालमा त्रिविलाई १००० भित्र पारिसकेका थिए र उनकाे लक्ष्य ५०० भित्रमा ल्याउनु थियाे किनकि निश्चित र्याङ्कभित्र परेका विश्वविद्यालयबाट मास्टर्स उतिर्णले एकैचाेटी पीएचडी भर्ना हुने, स्कलरशीपमा यति पाउने, शुल्कमा छुट वा अन्य सुविधा पाउने भन्ने हुन्छ । र्याङ्किङ्गमा भने टाैप १०; टाैप १००; टाैप ५००; टाैप १०००; १००० भन्दा पर १२०० अनि १५०० पर गरिन्छन् । तर यसपालि अर्थात्, सन् २०२४ मा आगामी सन् २०२५ काे लागि गरिएकाे टाईम्स हायर एड्यूकेशनकाे र्याङ्किङ्गमा त्रिवि भने १५०० भन्दा पर पर्न गएकाे छ, जुन र्याङ्किङ्ग नभई मात्र लिस्टिङ्ग भयाे । अत: लिस्टेड युनिवर्सिटिकाे र्याङ्क नम्बर नभई केवल नाम हुन्छ कि संसारमा याे पनि युनिवर्सिटि छ र सुविधा केही नपाई उच्च र्याङ्किङ्ग भएका युनिवर्सिटिमा त्रिविका उत्पादनले पढ्नपनि अप्ठ्याराे हुन्छ ।

खनियापछि त्रिविमा लेफ्ट भीसि प्राडा धर्मकान्त बास्काेटाकाे पालामा त्रिविकाे स्त्तर टाईम्स हायर एड्यूकेशनमा झरेर १००० देखि १२०० भित्र गयाे भने हाल त्रिवि सुधार्छु, दलगत राजनीति हटाउनेछु, मेरिटाेक्रेसिलाई स्थापित गर्नेछु भन्ने प्रणका साथ विज्ञापनबाट नियुक्त भीसि प्राडा केशरजंग बरालकाे पालामा त्रिवि १५०० भन्दा पर पुगिसक्याे । तर कसैलाई केही मतलब छैन । त्रिविकाे स्त्तराेन्नती अर्थात्, माथि उकास्नलाई माथिका केही आधारका अलावा रिसर्च साईटेशन, पब्लिकेशन, संसारमा के परिवर्तन ल्यायाे त्रिविले, त्रिविमा विदेशी विद्यार्थी र प्राध्यापक बढाउने, टूल्सहरू बढाउने, रिसर्चकाे पैटेन्ट राईट्स देखाउने (जस्तै, काेराेनाकाे समयमा अक्सफाेर्डले भ्याक्सिन बनायाे), नेपालका विद्यार्थीलाई विदेशमा पठाउनुपर्ने, काेर्षकाे अन्तर्राष्ट्रियकरण गरिनुपर्ने आदितर्फ ध्यान दिनुपर्थ्याे, जुन दिईएन ।

आज सवाल उठेकाे छ कि डेमाेक्रेट भीसि खनियाले आफैंले नेपालबाट त्रिविलाई टाईम्स हायर एड्युकेशन विश्वमान्यताप्राप्तमा साल २०७४ पछि केपी ओली सरकारकाे पालामा चरम् असहयाेग पाएरपनि स्वयंकाे पैसाले पहिला बैंकककाे टिकट काटी एक प्रकारले लुकेर लण्डन पुगिकन त्रिविकाे र्याङ्किङ्ग थालेर १००० भित्र पारेकालाई वामपन्थी भीसिहरू बास्काेटा र हाल बरालले पनि १५०० भन्दापनि पर धकेलिदिएकामा जिम्मा कस्ले लिने ? ज्ञातव्य छ, साे बेला खनिया प्रशासनकी माओवादीबाट रेक्टर सुधा त्रिपाठी डराएर लुकेकी थिईन् किनकि कुलपति ओलीले नेपाल संस्कृत विश्वविद्यालयका भीसि प्राडा कुलप्रसाद काेईरालालाई जायज शैक्षिक कार्यक्रममा क्यानाडा जानबाट एमाले नहुँदा त्रिभुवन विमानस्थलबाट अपमाणपूर्वक फर्काएका थिए । तर दुर्भाग्य कि उनै पूर्व भीसि प्राडा तीर्थराज खनियाले विगतमा धेरै कुरा सिकेर पुन: त्रिविकाे भीसिमा आऊन् शर्ट लिस्टेड भएपछि देशकै स्थापित भनिएकाे कान्तिपुर मीडिया ग्रुपले राेक्नलाई सम्पूर्ण शक्ति लगाएर माओवादीसँग मिलेर राेकेरै छाडे ।

त्रिविकाे नेतृत्व अपेक्षाकृत भएन

परीक्षा भवनमा परीक्षार्तीले अंग्रेजी माध्यममा प्रश्नपत्र लेखेकाेलाई बुझेर अंग्रेजी तथा निश्चित केही विषयबाहेकमा नेपाली भाषामा उत्तर लेख्न पाईने व्यवस्था त्रिविमा थियाे नै तर अब प्रश्नपत्र उल्था नै गर्नुपर्ने नत्र उत्तरपुस्तिका खाली छाेडेर हिंड्ने कुरामा प्रत्यक्ष कि शिक्षकले नपढाएकाे वा, शिक्षकले पढाएकाे भएपनि विद्यार्थीले आफ्नाे पूर्वकमजाेरीले वा अन्य कारणले पढ्न नसकेकाे हाे । अब यस्ताे कमजाेर पठन-पाठन र अनुसन्धान कमजाेरहरूबाट नहुँदा त्रिविकाे स्त्तर दिनानुदिन खस्केकाे हाे । अधिकतर विद्यार्थीलाई प्रश्नपत्रमै अंग्रेजी उल्था गरिदिनु वा निरिक्षकले बताईदिनु विश्वविद्यालय र नेपाललाई अझ विश्वमा कमजाेर बनाउनु हाे । निवर्तमान शिक्षामन्त्री सुम्ना श्रेष्ठ (रास्वपा)ले मीडियामा छाउन तत्काल जे निर्णय वर्तमान भीसि बरमलकाे पालामा लिनुभयाे, त्यसले माओवमदीनिकट भीसि खुश हुनुभएकाे हुनुपर्छ, माओवादी-रास्वपा सम्बन्ध अझ बलियाे भएकाे हाेला तर नेपाली विद्यार्थीकाे क्षमता वैश्विक युनिवर्सिटिकाे तुलनामा घट्ने भयाे । आज अंग्रेजी भाषा नै विश्वमा छाएकाे छ भने कि नेपाली भाषालाई अंग्रेजी झैं संसारमा नेपालले लागू गराएर हरेक विषयका पाठ्यपुस्तक नेपालीमा पनि छाप्न लगाएर अंग्रेजीलाई विस्थापित गर्नुपर्याे हैनभने नेपालका विद्यार्थी भाेली सम्मानित जागिर, व्यवसाय नेपालबाहिर गरेर खान सक्ने त्रिविकाे लक्ष्यलाई भेट्न अनुवाद गरिने कुरा बन्द गरेर विद्यार्थीलाई क्षमतावान बनाउनतिर लाग्नुपर्छ ।

आज त्रिविलाई सार्वजनिक प्रतिबद्धता गरे अनुसार भीसि केशरजंग बरालले स्त्तर उकास्ने, शैक्षिक गतिविधि बढाउने, मेरिटाेक्रेसीमा काम गर्ने, टाईम्स हायर एड्यूकेशनमा स्त्तराेन्नती गराउने नभई तथा कुनैपनि क्रिएटिभ वा कन्स्ट्रक्टिभ काम नभई केवल दलगत मान्छेलाई विज्ञापनकाे नाटकमा नियुक्ति बाँडिदैछ । स्वयं भीसि बरालकै नियुक्ति २ नम्बरमा सिफारिशले कसरी १ नम्बरकालाई ऊछिन्न सफल भए भन्ने सवाल प्राज्ञिकजगतमा छँदैछ तर निरन्तरता हाल गरिएका सावधिक पदहरूकाे विज्ञापनमा फेरि त्यसकै छ । त्यस्तै, त्रिवि पदाधीकारी र नेपाल सरकारसँग खराब सम्बन्ध छ, सभाबाट बजेट पास गराउन नसक्नेले थप लगानी सरकारबाट त्रिविमा कहाँबाट ल्याउने ?

आज काठमाडाैं विश्वविद्यालयमा बरू अन्तर्राष्ट्रिय प्राज्ञिक बहसहरू हुन्छन् तर त्रिविमा छैन, न परीक्षा प्रणालीमा सुधार छ, न त्रिविकाे स्वायत्तता नेपाल सरकारकाे हस्तक्षेपबाट जाेगिएकाे छ । एकातिर त्रिविकाे सेवा आयाेगमा लाेक सेवा आयाेगकाे हस्तक्षेप छ भने अर्काेतिर त्रिविका सम्पत्ति नयाँ विश्वविद्यालय खाेल्ने नाममा सरकारले वा, व्यक्तिहरूले भाडामा लिई भाडापनि नदिने, खालीपनि नगर्ने गरेर खाेसिरहेका छन् । यस्ता थुप्रै अन्य अवस्थाहरू अझै देखिन्छन् जसमा वर्तमान भीसि बरालका प्रशासन त्रिविमा “नेतृत्वविहीन” जस्ताे छ जुन अझ उच्च शिक्षाकाे लागि निराशाजनक प्रतिक्षण भईरहेकाे छ । यसकाे जिम्मा लाेकतन्त्रमा कि नियुक्तिदाता दलका प्रधानमन्त्रीले जिम्मेवार भई लिनुपर्याे कि स्वयं भीसि प्राडा केशरजंग बरालले ।

यस्ताे अवस्थामा भीसिकाे अन्तर्वार्ताकाे क्रममा र सार्वजनिक सञ्चारमा बाेलेझैं सकारात्मक सुधार दलीयभक्ति त्यागेर निष्पक्ष भई बराल प्रशासनले तत्काल काम थाल्नुपर्याे वा, त्रिविलाई निकास दिनुपर्याे, न कि दलगत भर्तीकेन्द्र बनाउने भनेर आम प्राध्यापकमाझ चर्चा र आक्राेशपनि छ ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय