त्रिविमा मेरिटाेक्रेसीकाे धज्जी भिसिद्वारा उडाइँदै
मनोज कुमार कर्णत्रिभुवन विश्वविद्यालयमा सन् २०२४/साल २०८० काे अन्त्यतिर नेपालकाे ईतिहासमा पहिलाेचाेटी विज्ञापनबाट उपकुलपति (Vice-Chancellor) प्राडा केशरजंग बराल दलीय लगाव त्यागेकाे स्वघाेषणासहित माओवादी केन्द्रका प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा नियुक्त भए ।
याे अनाैठाे संयाेग थियाे कि पूर्वमा माओवादी निकट मानिने नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा आबद्ध तथा माओवादीकाे २२ नम्बरमा शिक्षा तथा मानवस्राेत विभागकाे सूचीमा क्रम संख्या १६ मा सदस्यकाे रूपमा नाम उल्लेखित व्यक्ति बराल माओवादीकै कुलपतिद्वारा “मेरिटाेक्रेसी” भनेर भिसि बन्न पुगे । अझ प्राध्यापक र डाक्टर उपाधीवालाकाे ३ हजार शब्दकाे भिजन पेपर र ५ हजार शब्दकाे वर्क प्लान पेपरहरू अनि दलीय घाेषणा त्याग गरेका उम्मेदवारहरूकाे भिसि सर्च कमिटीमा प्रा र डा केही नभएका केवल उपप्रा बुद्धिस्ट स्टडीज् केन्द्रीय विभागकी अध्यक्ष र नेपाल रा. प्रा. संगठनकी (माओवादी) कि नेतृ चन्द्रकला घिमिरेलाई राखियाे । यतिमात्र हैन कि अन्तिम तीन जनाकाे नाम केवल वामपन्थीहरू १) प्राडा चित्रबहादुर बूढाथाेकी, २) प्राडा केशरजंग बराल (यी दुई माओवादी) र ३) प्राडा टंकनाथ धमला (एमाले निकट) भिसिमा सिफारिशकाे लागि गर्दा अनपेक्षितरूपमा कान्तिपुर मीडिया ग्रुप (केएमजीग्रुप)का सबै सञ्चार माध्यमहरू अनपेक्षितरूपमा अर्का उम्मेद्वार प्राडा तीर्थराज खनियाकाे विरूद्धमा निरन्तर लेखिरहे तर यी अनैतिक कर्महरू सरकारद्वारा नै भईरहँदा त्यसप्रति माैनता साँध्याे । भिसिकाे नियुक्ति प्रकृयाकाे बेला मेरीटाुक्रेसीकाे मजाक उडाईंदै १ नम्बरमा परेकालाई कार्यविधि मिच्दै सिलिङ्ग नाघेर बढी अंक अन्तर्वार्तामा दिई “विवाद”मा पारीकन २ नम्बरका बराललाई विगतमा साल २०६४-२०६८ सम्म पाेखरा विश्वविद्यालयमा भिसि रहँदा एकक्षत्र माओवादीमय बनाईदिएकाे “पुरस्कार र अनुभव”स्वरूप त्रिविमा भिसि बनाईए । बरालकाे नियुक्तिपछि त्रिविका स्टेक हाेल्डर्स नेपाल/त्रिवि प्राध्यापक तथा कर्मचारी संघहरूलाई नै व्यक्ति माफियाकाे रूपमा त्रिविकाे सम्पत्ति “कब्जा”गरेकाकाे रूपमा केएमजीग्रुपले समाचार प्रवाह गरिरहे र अन्तत: सरकारी “गाेरखापत्र”काे समानान्तरमा नियमित लाखाैं रूपैयाँकाे विज्ञापन भिसिकाे माैन स्विकृतिमा जान थालेपछि अब त्याे रहस्यमयरूपमा “चूप” छ । निष्पक्ष स्वयं माओवादीसहित वामपन्थीहरू र समग्र लाेकतन्त्रप्रेमीहरूले हाल त्रिविमाथि उनै भिसि बरालले जसले जे बाेलेपनि नसुनेझैं गरेर “सत्ताकब्जा”काे अभियानमा लागेकाे बुझेका छन् र एऊटा दु:खमय कालखण्डकाे रूपमा यसलाई लिईरहेका छन् ।
याे लेख वर्तमान भिसि केशरजंग बरालकाे मेरीटाेक्रेसी र केएमजीग्रुपले “याे भिसि आएपछि सुधार हुनेछ” भनेकामा हाल के भईरहेकाे छ, किन अचानक माओवादी कर्मचारी, विद्यार्थी र प्राध्यापककाे “हाैसला” बढेकाे जस्ताे अरूसँग अनपेक्षित व्यवहार, धाक, धम्कीहरू शुरू त्रिविमा हुन थाले, यीनै कुरामा आधारीत छ ।
के भनेर भिसि बने ?
माथि उल्लेख गरिएझैं भिसि बन्ने बेला बरालले त्रिविकाे “शुल्क महंगाे भयाे, घटाउनेछु; क्यालेण्डर लागू गर्नेछु; दल त्याग्नेछु; चाैतर्फी सुधार ल्याउनेछु; अन्य सबैसँग मिलेर प्राज्ञिकतामा रहेर काम गर्न मेरै टीम रेक्टर र रजिष्ट्रार राख्नेछु, डीनदेखि अन्य सबै सावधिक पदमा कार्यविधि बनाएर निष्पक्ष मेरिटाेक्रेसीमा नियुक्ति गरिनेछ; ब्याच्लर ४ बाट ३ वर्षमा झार्नेछु” आदि भनेर आएका थिए । कति अन्तर्वार्ताकाे क्रममा सरकार समक्ष बाेले भने कति त्यही “कान्तिपुर”मा कथित् रूपमा नियमित समाचार र अन्तर्वार्ताका पात्र बनेर बाेले । तर दुर्भाग्य तब भयाे जब उनले त्रिविबारे लेखेर दिएका भिजन र वर्कप्लान पेपरहरू मीडियामा सार्वजनीक भए, तिनिहरूमा प्रयाेग गरिएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूकाे डेटा सबै निकै पुराना थिए !
आज सरूवा, सुविधा, सावधिक पदकाे नियुक्तिमा के भईरहेका छन् ?
यहि भदाै २०८१ काे तेस्राे सातातिर करिब दुई सय कर्मचारीकाे सरूवा हुँदा कस्ताे देखियाे भने विगतमा रजिष्ट्रार अफिस कम्तिमा साल २०६४ देखि माओवादी-एमालेकाे पकडमा रहँदा त्यहाँ पहिलादेखि सेट गरेर राखिएका कर्मचारीहरू वर्तमान रजिष्ट्रारका कर्मचारी दुईजनाबाहेक सबैलाई यथावत् राखेर उत्ता भिसि, रेक्टर, सेवा आयाेग, सूचना विभागलगायत अति महत्वपूर्ण र त्रिविभित्र “भन्सार”भएकाहरू सबै ठाउँमा प्रथमत: माओवादी र नपुगे एमालेनिकटलाई सेट गरिएकाे छ भने अन्य कर्मचारीलाई “शत्रु” ठानेर लखेटिएकाे अवस्था छ । जाे माओवादीनिकट कर्मचारी छैन, उसकाे अध्ययन विदासमेत स्वीकृत गरिंदैन जुन यिनै भिसिले पाेखरामा भिसि छँदा पनि गरेका थिए !
विगतकाे नजीर हाे कि पूर्व भिसि तीर्थराज खनिया वा उनीपछि धर्मकान्त बास्काेटासमेत रहँदा त्रिविमा कुनैपनि विद्यार्थी संगठनलाई त्रिविकाे अफिस अड्डा अधिवेशन गर्नलाई कहिल्यै दिईएन । गत २०८० कै माघ/फाल्गुणतिर त्रिविमा निमित्त पदाधिकारीहरू रहँदा पनि त्रिवि स्मृति भवनसम्म विप्लव माओवादी र नेवि संघकाे एऊटा समूहलाई अधिवेशन गर्न दिईए तर त्रिवि प्राध्यापक संघ (टुटा)काे वा अन्य कुनैपनि अफिस उनिहरूलाई प्रयाेग गर्नलाई भिसि अफिस वा कुनैपनि अन्य पदाधिकारी अफपसकाे फाेन/शक्ति दुरूपयाेग गरिएन । तर हाल भने करीब एक सातादेखि भिसि बराल निकट माओवादी केन्द्रका अनेरास्ववियू (क्रा.) काे अधिवेशनकाे नाममा टुटा पदाधिकारी र कर्मचारीलाई भिसि अफिसकाे पावर र पहुँचमा फाेनकाे दुरूपयाेग र कर्मचारी प्रशासनसमेतकाे दुरूपयाेग गरिएकाे छ । अर्थात्, त्रिवि सभाभवनसमेत टुटाकाे अफिस अनेरास्ववियू (क्रा.) काे कब्जामा करिब १ सप्ताहदेखि त छँदैछ र अशाेज १४ गतेदेखि दिनहुँ ती विद्यार्थीले आपसी झग्डा गर्दागर्दै अशाेज १६ गते चाहिँ टुटा अफिसपनि ताेडफाेड गर्न भ्याएका छन् !
कतिसम्म बिडम्वना देखिन्छ भने भिसिकाे माेनाेपाेलीमा कसैले शालीन् विराेध जनाउन गयाे कि “विरामी” पर्ने, विदा लिने, खत्तरा देखेर सरकारसँग प्रहरी माँग्ने र साे प्रहरीलगाएर गैह्रमाओवादीलाई आफ्नाे कार्यालयमा प्रवेश निषेध गर्ने तर उनका माओवादी विद्यार्थी, कर्मचारी र प्राध्यापकसमेतले रेक्टर र रजिष्ट्रार अफिसहरूमा बेराेकटाेक २४ घण्टा बहाना बनाएर दिन-रात साेफामा सुत्छन् भने साेध्दै नसाेधी भेट्न अन्य प्रतिक्षारत्त प्राध्यापकलाई बेवास्तागर्दै हुल्लडबाजरूपमा प्रवेश गर्छन् । गत अशाेज १३ गते आईतवार म रजिष्ट्रार अफिसमा प्रतिरक्षारत्लाई माओवादीका ४ जना प्राध्यापकले “टाईम लिया छ !” भनेर हुल्लडबाजजस्ताे पसेकाे म भुक्तभाेगी हुँ ! जहाँ भिसिकाे “सत्ताकब्जा” विरूद्ध संयुक्त विद्यार्थी आन्दाेलन हुन्छ, त्यहाँ भिसिले आफ्नाे कुरा निर्णयमा लाद्नलाई रेक्टर र रजिष्ट्रार अफिसमा माओवादी विद्यार्थी “धर्ना”मा पठाईदिन्छन् । यसाे लेख्न कर लाग्छ किनकि दुईटै घट्ना संगसंगै किन हुन्छन् र मेरिटाेक्रेसीकाे भिसि बरालले माओवादी विद्यार्थीलाई किन फर्काउँदैनन् घर ? किन समाजशास्त्र केन्द्रीय विभागका अध्यक्ष नियुक्त गर्न माओवादी भिसिलाई माओवादी विद्यार्थी समूहले “मार्चपास” गरेर कथित् दबाव दिन्छन् ? सत्ताकब्जा नभई याे के हाे ?
हद नाघेर के सम्म भईसक्याे भने स्वयं भिसि बरालद्वारा क्याम्पस प्रमुख सेलेक्शन कमिटिमा सिफारिश एक सदस्य माओवादी निकट प्राडा सञ्जयकुमार मिश्रकाे पक्षधरता र अनैतिक कर्मविरूद्ध सप्रमाण रेक्टर अफिसमा याे स्तम्भकार स्वयंले निज मिश्रविरूद्धका प्रमाणहरू देखाएर उनले पाटन क्याम्पसनेरकाे चीया पसलमा फ्लानाे-ढिस्कानाेलाई क्याम्पस चीफ बनाउने वाचा गरिसकेकालाई बदल्न निवेदन दिएर पटकपटक फलाेअप गरेपनि भिसिकै नाम जाेडेर मिश्रलाई हटाईंदैन । सवाल छ कि याे स्तम्भकार स्वयंपनि क्याम्पस चीफकाे उम्मेद्वार र मिश्रविरूद्धका निवेदक हाे अनि मिश्र पाटन क्याम्पसकै चीफ पाटनमै कार्यरत्तरहेर कसरी निष्पक्ष छान्ने ?

यता सावधिक पदमा नियुक्तिका लागि गरिएका विज्ञापनहरूमा हालसम्म डीन, डायरेक्टर पदहरूमा केबल माओवादी-वामपन्थी निकटलाई शर्ट लिस्टिङ्ग धमाधम गरिंदैछन् ! सवाल छन् : यहि दलीय लगाव हटाउने स्वघाेषणा भिसि बन्ने बेला प्राडा केशरजंग बरालले गर्नुभएकाे थियाे ? सत्ताकब्जा भनेकाे यहि हाेईन जुन बरालले त्रिविमा विद्यार्थी, कर्मचारी र प्राध्यापक सबैतिर गरिरह्नुभएकाे छ ? के यहि “राम्राे” गर्ने उनकाे भिसि बन्ने बेला सरकार र कान्तिपुर दैनिकमार्फत् सार्वजनीक प्रतिबद्धता गरेका थिए जस अनुसार विद्यार्थीद्वारा टुटा ताेडफाेड गराउनुभएकाे हाे ? ज्ञातव्य छ कि याे स्तम्भकारले पटकपटक लेख लेखेकाे हाे कि गत २०८० मंसीर ८, ९ र १० गते टुटाकाे प्रस्तावित अधिवेशन साे बेला माओवादी प्रधानमन्त्री प्रचण्डकाे डेपानकाे भाेटबाट टुटा-नुटामा कब्जागर्न माओवादी पदाधिकारी बनाउने अनैतिक र अदृष्य धम्की दिंदा नै लाेकतन्त्रका सच्चा डेपानका अधिकाँश सिपाहीहरूले त्याे दादागिरी राेक्नलाई नै जायज मुद्दामा राेकेर भाँडेका थिए ! त्याे आराेप आज माओवादी भिसिका त्रिविमा कर्मले “सत्ताकब्जा” गरिरहेकाेलाई पुष्टि गरिदिएकाे छ ।
तर केएमजी चूप !
दुर्भाग्य, कि २०६२/०६३ सालपछि सात राजनैतिक दलपछि देशकाे आठाैं “दल” आफूलाई ठानेर दलकाे गलत प्रवृत्तिविरूद्ध खबरदारी गर्ने पत्रकारीताकाे धर्मविरूद्ध नेतालाई धम्काउने “कान्तिपुर मीडिया” भने त्रिविका माओवादी भिसिमा सिमित पारिसक्नुभएका प्राडा केशरजंग बरालका माथि यहाँ उल्लेखित कुनैपनि गल्ति देखिरहेका छैनन् । याे रहस्यमय हाे ! अब प्रश्न उठ्छ, किन ? कतै साँठगाँठ हाे ?
अब के त ?
सावधिक पदमा मानविकीकाे डीनमा आवेदक प्राडा कृष्णप्रसाद आचार्यकाे नाम शर्ट लिस्टमा यस कारण फालियाे कि उनले पीएच्डीकाे सर्टिफिकेट आवेदनसँगै हालेनन् रे ! सेलेक्शन टीमका एक सदस्य पूर्व सहायक डीन प्राडा राजकुमार पाेखरेलले स्वयं साेसल मिडियामा लेखेर ऊनकाे डिग्रीकाे अंक काटिदिएकाे प्रमाण समाजमा दिईहाले तर पनि उनी “सामान्य” अवस्थामै डीन छान्दैछन् जसकाे विज्ञापन भिसि अफिसले नै गरेकाे हाे । यस्ताे अवस्थामा भिसि स्वयंले तत्काल सच्चिन जरूरी देखिन्छ र भिसि बन्ने बेला बरालले जे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका थिए, त्यसप्रति खडा उत्रनै पर्छ । क्याम्पस चीफ सेलेक्शन कमिटिका विवादित पात्र प्राडा सञ्जय कुमार मिश्र र डीनका प्राडा राजकुमार पाेखरेलहरूलाई भविष्यमा सार्वजनिक ओहदामा नरह्ने गरि तत्काल हटाउनुपर्छ । किन सबै ठूला पदमा मात्र माओवादी र अन्य वाम शर्ट लिस्टमा “याेग्य” छन्, त्याे बताऊनुपर्छ नत्र दुष्परिणाम थेग्न नसकिने अवस्था छ । उत्ता त्रिविकाे अभ्यासविरूद्ध दलीय विद्यार्थीलाई त्रिवि सभाभवन र टुटा अफिस आफ्नै दलकालाई दिएर ताेडफाेडपनि उनिहरूले गरेकामा स्वयं भिसि बरालले माफी माग्दै त्याे गलत निर्णय थियाे भनी स्विकारेर तत्काल मर्मत-सम्भार गरि भविष्यमा नदाेहाेराउने सार्वजनिक वाचा गर्नुपर्छ ।
यी कामहरू गरेर शर्ट लिस्टिङ्गहरू विश्वसनीय ढंगले डेपान, नेपाल प्रगतिशिल प्राध्यापक संगठन र अन्यहरूले भिसिबाट गराउन नसकेमा कानूनी ऊपचार खाेज्न अदालतसम्म गई भिसिकाे “सत्ताकब्जा” राेकिनुपर्छ । अनैतिक दकाव भिसिले टुटा, नुटा वा कर्मचारी प्रशासनलाई दिएमा उनकाे आदेशकाे भद्र अवज्ञा गर्नुपर्छ र साेही कारणले कसैमाथि दण्ड सजाय दिएमा एकबद्धभएर अनुशासनमा रहेर प्रतिवाद गर्नुपर्छ । टुटा-नुटाका कसैले नीजि लाभका लागि पदाधिकारी कहाँ धाउनु हुँदैन, मुद्दामा जानुपर्छ । भिसि बरालकाे कार्यशैलीमा तत्काल सकारात्मक परिवर्तन भई सबैकाे भिसि रहेकाे अनुभूति भएन भने सबैले मिलेर एकसूत्रीय अभियान “राजीनामा” तिर लाग्नुपर्छ जसमा रेक्टर र रजिष्ट्रार एक नम्बरमा उभिनुपर्छ । निरन्तर मिडियामा खबरदारी हुनैपर्छ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

