त्रिविमा छैन सबै ठिकठाक

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालयले गत भाद्र १७ गते साेमबार क्याम्पस, प्रमुख, डीन, सह-परीक्षा नियन्त्रक, केन्द्रीय विभागीय प्रमुखहरूका विभिन्न पदहरूमा ७ दिने सूचना ईमेलद्वारा आवेदन दिने गरी विज्ञापन खुलायाे । पछि विज्ञापन थप्दै र भूल स्विकार्दै लगातार यस्ताे भयाे कि प्रत्याशीले तयारी गर्ने कि क्षण-क्षणमा सूचना पढ्ने ? यसले गर्दा त्रिवि पदाधिकारीहरूकाे नेतृत्व क्षमतामाथि प्रश्न उठाएकाे हाे ।

कसरी र कुन प्रतिस्पर्धाबाट यस्ता मान्छे “अब्बल” भनी आए वा, कि राम्रा कर्मचारीका टीम छान्न सकेनन् वा, कि नियत नै खराब छ जस्ता आशंकाहरू उब्जाईदिएकाे छ । पदाधिकारीहरूकाे कर्मचारी सरूवा, कान्तिपुर दैनिकमा प्रायाेजितजस्ताे समाचार आउनु र लगत्तै विज्ञापन त्रिविकाे गाेरखापत्रसँगै जान थाल्नुले स्याल कराउनु र कुखुरा हराउनुजस्तै भएकाे हाे । यी सामान्य घट्नाहरू हाेईनन् । जहाँ त्रिवि पदाधिकारीहरू “प्रतिस्पर्धा”बाट आएका शानले छाति देखाउँछन्, त्यहीं समाजशासत्र केन्द्रीय विभागकाे अध्यक्षमा लेख, अनुसन्धानमा अब्बललाई फालेर “सिनियर” तर वामपन्थी पृष्ठभूमीकालाई सडकमा विद्यार्थी उत्रेर ल्याईएकाेले गर्दा त्रिविमा बराल प्रशासनमाथि सर्वत्र आशंका जन्मेकाे छ ।

दलबाट टाढा भएकाे स्वघाेषणा गरेर उनकैबाट दलगत निकटता जनाईरहेकाे अनुभव हुन्छ । यस्ताे अवस्थामा निष्पक्ष, प्राज्ञिकता, जवाफदेहीता, विश्वसनीयता जस्ता शब्द कहाँ पुग्लान् र विश्वविद्यालयमा लाेकतन्त्र र प्राज्ञिक स्वतन्त्रता कहाँ पुग्लान् भन्ने विषयवस्तुमा याे लेख आधारित छ र अब रेक्टर र रजिष्ट्रारले केे-के गर्दा उचित हुनेछ भन्ने बारे उल्लेख गरिएकाे छ ।

किन हाेला यस्ताे ?

प्रा खगेन्द्र भट्टराई सरले बेलाबखत अनुभव बाँड्नुहुन्छ, “बाबू ! पाेखरा विश्वविद्यालयमा म जाँदा नेताकाे साेर्सबाट गएका कर्मचारीहरू, कसैले काममा लगाउन नसक्ने ! मैंले कुनै सूचना निकाल भन्दा यति अशुद्धिहरू लिएर आउँथे कि मैं पढेर, सच्याएर टाईप गर्न पठाउँथे । र पनि कतै न कतै बिगार्थे !” अब टीयूमा पनि देखिंदैछन् कार्यगत त्रुटीहरू यी त्रिवि पदाधिकारीकाे पनि र कर्मचारीकाेे ।

गत २०८१ साल भाद्र १७ गते ११ वटा क्याम्पसका क्याम्पस प्रमुख, ९ वटा डीनहरू, सह-परीक्षा नियन्त्रकलगायत विभिन्न पाेष्टहरूमा प्रथम पटक प्रतिस्पर्धामा आधारित भनेर विज्ञापन त्रिविले आह्वान गर्याे । दाेस्राे लटमा भाेलीपल्ट भाद्र १८ गते ८ वटा थप क्याम्पस चीफकाे विज्ञापन पुन: खुलायाे तर फेरि भाेली पल्ट अर्थात्, भाद्र १९ गते महेन्द्र रत्न क्याम्पस, ताहाचल र धाैलागिरी बहुमुखी क्याम्पसकाेमा चीफकाे म्याद नसक्दै विज्ञापन खुलाएकाेमा सरकारी गाेरखापत्र र नीजि कान्तिपुर दैनिकहरूमा त्रिविका पत्रिकामा भूल छपायाे। त्रिवि पदाधिकारीले यहाँ-यहाँ खाली छन् भन्दा भेरीफाई नगरी कर्मचारीले माैखिकरूपमा भनेकाे पत्याएर सार्वजनिक विज्ञापन दिने स्वीकृति दिंदा त्रुटी हुन गयाे । अनि अब आजकाे याे सूचनाले कस्ताे अशुद्धि कर्मचारीकाे लेखावटमा “आगामी” काे ठाउँमा आगिम लेेेखेकाे देखाउँछ ! यसरी त्रिवि खस्किँदैछ ।

तर भाद्र २१ गते तीजकाे दिन त्रिवि सूचना नामक फेसबूकबाट विहानतिर, त्यतैका कसैले दिउँसाे देखायाे मलाई, के अर्काे सूचना आयाे भने कि विज्ञापन निकालिएका पदहरूमा ईमेल भनिएपनि हार्डकपीसमेत बुझाउनुस्, जबकी भाद्र २१ गते शुक्रवारलेदेखि पहिलाे एक हप्ताकाे म्याद आइतवार भाद्र २३ गते सकिंदै थियाे ! मेची-महाकालीकाे मान्छेले कसरी आइतवारभित्रसम्म सबै भ्याउने ?

यसपछिका अलमल वा विज्ञापन दिने निकायका तयारी अपूर्णता वा भनाैं विज्ञापनकाे नाममा भईरहेकाे छल जाे सामान्य मनुष्यले अनुभव गर्न सक्छन्, त्यता हेराैं ।

भिसि, रेक्टर र रजिष्ट्रार कार्यालयहरूमा डीन पदकाे विज्ञापनकाे लागि भिसि अफिसमा, क्याम्पस चीफकाे रेक्टरमा र सह-नियन्त्रक पनिकाकाे रजिष्ट्रार अफिसमा विज्ञापन सेलेक्शनकाे अफिसहरू हुनुपर्नेमा कतै कुनै अफिस भाद्र २३ सम्मपनि देखिनँ । यी अफिसका कर्मचारीहरूलाई केही साेध्दा सब कुहिराेका काग जस्तै बाेल्छन् । सूचनातिर वा शायद रेक्टर अफिसकाे एकजना कर्मचारी रजिष्ट्रार कार्यालयमा साेहि २१ गते आएर करिब ४ बजे “ईमर्जेन्सि” भनेर भेट्न टाईम मागे, ७ दिन फाराम भर्ने म्याद बढाउने रे ! र, भाेलीपल्ट अर्थात्, गत शनिवार भाद्र २२ गते पहिलाे फारम भर्ने म्याद भाद्र २३ गते आइतवार सकिन लाग्ने दिनबाट थप एक सप्ताह बढी दिईएकाे भनेर । टक्क, यति गतेभित्र भनेर भनेन । कुरा त बुझिन्छ तर यसले लेख्ने त्रिविकाे जनशक्ति अवैज्ञानिक, अस्थिर दिमाग भएकाे, पहिलाे चाेटी यी जिम्मेवारीहरू सम्भालीरहेका तथा मैं सबै थाेक जान्दछु भनेर अरूबाट सरसल्लाह नगर्ने घमण्डी देखिन्छ र साथै सराेकारवालाले बुझ्न गाह्राे अनि विज्ञापनमा शब्द बढाएर खर्च बढाउने भयाे । अब गन्दाखेरी एउटा प्रयाेजाकाे विज्ञापन गर्दा बच्चाजस्ताे दिनैपिच्छे एउटा र दुईटासम्म सूचना निकाल्ने अनि ७ दिनमा झण्डै याे मिलेन, याे भूल भयाे आदि भनेर ७ चाेटी सूचना भए ! उम्मेदवारले खाने, सुत्ने, वाशरूममा, अफिसमा, तरकारी बजारमा केवल अर्काे सूचना कुरेर बस्ने कि तयारी गर्ने भर्नलाई ? के विज्ञापनबाट आएका भनिएका त्रिवि पदाधिकारीले यस्तै मेन्टल टर्चरबाट घडीघडीकाे सूचनाबाट आएका हुन् ?

पहिला गत साेमबार १७ गते विज्ञापन आयाे अनि दाेस्राे लटकाे ८ वटा क्याम्पसकाे भनेर मंगलवार सूचना आयाे । अनि दाेस्राे लटकाेमा बिग्रयाे भनेर सूचना बुधवार २० गते आयाे । शुक्रवार मात्र विहान गाेरखापत्रमा सूचना आयाे फेरि साेहि शुक्रवार नै फेसबूकमा आयाे र शनिवार भाद्र २२ गते फेरि भाेली म्याद थपकाे आए ! यस्ताेमा त प्रत्याशीलाई अल्मल्याएर आफ्ना मान्छेमात्र फिट् गरेर राखेकाे शंका लाग्छ ताकि अरूलाई तिम्राे यस सूचनानुसार याे मिलेन, याे कागजात पुगेकाे छैन भनेर फाल्नलाई ! यदि याे सत्य नभए भिसि, रेक्टर र रजिष्ट्रारका क्षण-क्षणमा ऊएटै कुराकाे सूचना आऊनु भनेकाे प्रतिस्पर्धाभन्दा पनि कसरी आए, आए जस्ता खेलहरू देखिंदैछ !

स्ले त्रिविका सबै हालका पदाधिकारी कति ज्ञानी र परिपक्व रहेछन् भन्ने थाहा पाईन्छ तर विद्या, ज्ञान, तिक्ष्णता त आफूभन्दा कम/बढी उमेर नहेरेर त्रुटि आैल्याउ भन्ने विद्याकाे लाेकाेक्ति अनुसार याे बबुराे एक उपप्राध्यापकले प्रा र डा पदाधिकारी तथा संलग्न कर्मचारीहरूकाे अक्षमताकाे चित्रण गर्न ईजाजत माग्छ।

तर पदाधिकारीले आफ्ना अयाेग्यता लुकाउनलाई कर्मचारीले अशुद्ध लेखिदिन्छन् भन्छन् । कर्मचारीले भाषिक अशुद्धि गर्लान् (जस्तै, शनिवार २२ गतेकै म्याद थपकाे सूचनामा “व्यहाेरा”काे ठाउँमा “बेहाेरा” लेख्नु वा, यश अघिकाे सूचनामा माथि उल्लेख गरिए झैं “आगामी” लाई “आगिम” वा अक्षरपछि काेष्ठ प्रयाेग गर्दा अर्काे सूचनामा स्पेश नदिनु जस्ता कर्मचारीकाे भूल हाे तर एउटै कुराकाे लागि गत साेमबारदेखि आजसम्म ६-७ पटक सूचना जारी गर्नु पदाधिकारीकाे आज्ञाबिना सम्भव छैन) तर पटक-पटक सूचना मिडिया र फेसबूकमा कसरी आफैंले हाल्लान् ?

हैन मैंले बुझ्न नसकेकाे कुरा के हाे भने याे त्रिभुवन विश्वविद्यालयकाे सर्वाेच्च तथा कीर्तिपुर बस्नहुने फुल टाईमर नेतृत्वले साँच्चिकै त्रिविमा आफू २ नं. काे सिफारिशवालालाई १ नं. मा पारेर नियुक्ति दिने दलकाेे तर्फबाट सत्ताकब्जा नै गरिछाड्ने हाे ? यदि हैन भने २०८१ भाद्र १८ गते मंगलवार स्टेकहाेल्डर्स विद्यार्थीहरूले मान्य सहकुलपति (शिक्षामन्त्री)ज्यू समक्ष गएर चिकित्सा अध्ययन संस्थानकाे डीन (Institute of Medicine, IoM) काे चयनप्रकृयामा मार्किङ्ग स्पष्ट, निष्पक्ष, न्यायिक र त्रुटीरहितढंगले हाेस् भन्नलाई सबै कुरा ठिकैठाक भए किन भेट्नुपर्ने ? यस अघि २०८१ साल भाद्र १६ गते आईतवार क्याम्पस प्रमुख चयन समितिमा पाटन क्याम्पसकाे एकजना अति विवादास्पद, स्वयंकाे परिवार तथा एकाधजना उहाँका मातृ पार्टीका मान्छेबाहेक कसैकाे कुरा सत्य, न्यायिक भएपनि नसुन्ने र स्वयं सार्वजनीक पदमा रहेर परिवारजनलाई लाभ पुर्याउने र स्वयं सगाेत्री दलगत कसैलाई चीया पसलमा र बाटामा “तिमिलाई क्याम्पस चीफ् म बनाईदिनेछु” भन्ने मान्छेले कसरी क्याम्पस चीफ् सेलेक्शन कमिटिबाट निष्पक्ष र आफ्ना दलबाहेकमा स्वतन्त्र, निष्पक्ष र विद्वतलाई क्याम्पस चीफमा छान्लान् भनेर मस्वयंले मुद्दा-निवेदन दर्ता गर्नुपर्याे ? यस अघि समाजशास्त्र केन्द्रीय विभागका प्रमुखमा देश-दुनियाँले अनुसन्धान, लेख, रचनामा चिनेकाे र प्रतिस्पर्धामा अगाडि पर्ने सहप्राडा टीकाराम गाैतम सरलाई फालेर “वरिष्ठ” भनेर गाैतमभन्दा कमअसललाई किन चयन गरियाे ?

मेराे निष्कर्ष हाे कि शायद त्रिविका रजिष्ट्रार र रेक्टर भिसिकाे अगाडि मानाैं “गरूडका अगाडि सर्पहरू पर्नु” विवश हुन्। नत्र मेराे रेक्टर अफिसमा भाद्र १६ गते दर्ता नं. ४२८६; बाेद्धार्थ तथा कार्यार्थ भिसि अफिसमा दर्ता नं. २८५ र साेहि दिन रजिष्ट्रार अफिसमा बुझेका सही र छाप लगाएकाे अनुसार निज विवादित क्याम्पस प्रमुख चयनगर्ने पाटनकाे सदस्यलाई किन छानबिन गरि हटाईएन ? अर्काे, सावधिक पदमा नियुक्ति विनियम, २०८१ संशाेधनसहित बनाउने प्रतिस्पर्धामा तर विभागीय प्रमुख वा अन्यत्र कथित् वरिष्ठ भनी दलीय बलमिच्याईं आफ्नै वामपन्थी विद्यार्थी, पत्रकार आदि सडकमा मार्चपास गरि गर्ने ? त्यसैले हामी सामान्य मनुवा जााेाे प्राज्ञिकता, पारदर्शीता र लाेकतन्त्रकाे हितैषीमा अकस्मात प्रश्न उठ्छ : किन २ नं. मा सिफारिश मान्छे १ नं. लाई फालेर भिसि बने, त्रिवि सुधार्न वा सकाउनलाई ? यस्ताे प्रश्न जन्माउने पात्रहरू गल्ती महशूस गरी निष्पक्षढंगले अब सबैकाे विश्वास जित्ने गरि बढ्ने कि नबाेलेर चूप्की साँध्दै पेल्दै उल्टै त्रुटि आैल्याउनेप्रति रीस, राग पाल्ने ? विश्वविद्यालयकाे प्राज्ञिक स्वतन्त्रता के हाे त्यसाे भए ? यदि विश्वविद्यालयका प्राध्यापकले आफूले देेखेका गल्ती, कुरीतिबारे बाेल्ने हिम्मत नगरे र नपाए अब कस्ले गर्ने देशमा ?

माथि प्रश्न उठ्ने ठाउँहरू यहाँ छन् । जस्तै पहिलासम्म त्रिविले गाेरखापत्र दैनिकलाई आफ्ना विज्ञापन दिन्थ्याे तर अब अचानक कान्तिपुर दैनिकसमेतलाई कस्काे ईन्ट्रेस्टमा जान थाल्याे ? किन कान्तिपुरमात्रले लगातार त्रिविकाे सम्पति उल्टै सराेकारवाला सिनेटरहरू नेपाल/त्रिवि प्राध्यापक संघहरू र कर्मचारी संघहरूलाई नै “कब्जा” गरेकाे भनी ल्याबरेटरी स्कुल, बल्खुकाे टाटा सुमाेवालाहरूले झैं लेख्न थाल्याे, खासगरी वर्तमान भिसिकाे नियुक्तिपछि ? किन कान्तिपुरले पाटन क्याम्पसकाे ल्याबिम माैललगायत देशैभरका अन्य त्रिविकाे जग्गाबारे नलेखिकन केवल कीर्तिपुरमा केन्द्रीत भयाे ? कस्ले लेखायाे-किन अब कान्तिपुर सेलायाे ?

जहाँ सावधिक पदमा नियुक्ति विनियम, २०८१ मा अझै दर्जनाैं त्रुटीहरू पहिलाे संशाेधन हुँदापनि छन् नै, त्यहीं माथिका कुराहरूले रेक्टर र रजिष्ट्रारकाे भिसि सामु निरिहता देखिई एकलाैटी भिसिकाे “हुकुम” चलिरहेकाे महशूस हुँदैन र ? के अब क्याम्पस चीफहरू, पनिका, डीन-डायरेक्टर सबैमा एकाध सीट रेक्टर/रजिष्ट्रारकाे मुखमा बुझाे लगाएर “कब्जा” नै गरिने हाे ? यस्ताे अवस्थामा आम धारणा बन्न लागेकाे छ कि रेक्टर र रजिष्ट्रार भिसिद्वारा सिफारिशकाे प्रकृया पूरा भयाे, अब आईसकेपछि रेक्टरले आफ्नाे क्षेत्राधिकार र रजिष्टारले कर्मचारी र आर्थिक फाँटमा आफ्नाे अधिकार पदमा सबैले देखिने बुझिने गरि लागू गर्नुपर्याे नत्र किन पदमा बस्ने ? खुरूखुरू राजीनामा गरिदिने । यस्ताेमा कम्तिमा भिसिकाे माेनाेटाेनस एक्शनबाट त्रिवि “कब्जा” हुनबाट राेकिएर रेक्टर र रजिष्ट्रारले लाेकतन्त्र जाेगाउन गरेकाे गुण मान्छेले सम्झनेछन् । के भिसिले मेरा रेक्टर र रजिष्ट्रार भन्न पाउँछन् कि त्रिविका भन्ने ? यस्ताे अवस्थामा पर्फाेर्मेन्स रेक्टर र रजिष्ट्रारले देखाउन यदि सक्दैनन् भने किन पदमा बसिरह्नुपर्याे ?

उता, राजर्षी जनक विश्वविद्यालयले २१ वटा कलेजकाे नयाँ स्वीकृति दिईसक्याे तर त्रिविले मुट्ठी कसेकाे छ । यसले गर्दा त्रिविमा विद्यार्थी घट्ने नै भयाे !

कर्मचारीमा पनि उस्तै

भाद्र २३ गते आइतवार करीब २०० जना त्रिविका कर्मचारीहरूकाेे सरूवाकाे प्रकृति हेर्दा प्रथमत: माओवादी निकट र दाेस्राे प्राथमिकतामा एमाले निकटलाई भिसि, रेक्टर र रजिष्ट्रार अफिसहरूलगायत सूचना, सेवा आयाेग जस्ता महत्वपूर्णस्थानहरूमा राेजीखाेजी पठाईएका छन् भने प्रजातन्त्रवादी कर्मचारीहरूलाई “कालापानी” पठाईएका छन् । भनिन्छ, कर्मचारी प्रमुख याेगेन्द्रले नै आश्वासन दिई फ्लानाेले अमुक ठाउँमा जानुस् भनेकामा उनी आफैं ट्वाँ पर्ने गरि “हुकुमी” शैलीमा जथाभावी सरूवा गरिएकाे छ । यहाँसम्म कि रजिष्ट्रार अफिसमा जाँदा लेखातिरकी वामपन्थी एकजना कर्मचारीले आफ्ना ड्यूटी छाडेर दिक्क लगाईदिनेगरी बसिरहेकाे भेटिन्छिन् ताकी काे के कुरा गरे, त्याे सुन्न पाईयाेस् ! एकप्रकारकाे वाम आतंक नै छ ।

कि ठिक कि मार्ग प्रशस्त गर्नुपर्याे

माथि विस्तृतमा वर्णन गरिसकिएबाट के निष्कर्श निस्कन्छ भने जुन काम र उद्देश्यकालगि त्रिविमा पदाधिकारी बनाएर पठाईए, त्याे भिसिले दलीय निकटताभन्दा प्राज्ञिकतामा रहेर काम गरेकाे अनुभूति आम प्राध्यापकले गर्नुपर्याे । के त्रिविलाई बचाएर पुन: पुरानाे साखमा फर्काउनलाई आएकाे हाे वा अन्य विश्वविद्यालयलाई उम्रन दिन त्रिविलाई सुकाउने मूल्यमा हाे ? वर्तमान भिसिकाे याेजना अनुसार त्रिवि चाँडै विद्यार्थीविहिन भई बन्द हुनेछ । तसर्थ, तदनुसार रेक्टर र रजिष्ट्रारद्वयले पनि जे साेचेर भिसिकाेे नेतृत्वमा जान स्विकार गर्नु भयाे, त्याे यदि काम गरेर साकार पार्ने अवस्था छैन भने विभिन्न प्लेटफर्ममा रजिष्ट्रारले बाेल्नुभए झैं त्रिविलाई अझ खराब बनाउनुभन्दा समयमै र तत्काल पदबाट रेक्टरसहित राजीनामा गरिदिनुपर्छ । त्यसले नयाँ काेर्ष लिनेछ र भिसिकाेे स्वेच्छाचारीमा अंकुश लाग्नेछ । शायद कि प्रभावकारी काम तत्काल गर्ने वा रेक्टर-रजिष्ट्राले क्विट् गर्ने बेला भईसक्याे । किन एक दलीय क्याम्पस चीफहरू, डीन आदिहरू त्रिविमा पस्न “साक्षी” बस्ने ?

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय