भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा यथावत् रहने

काठमाडौं, ५ फागुन । भारतबाट इन्धनको मूल्य फेरि घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको हो ।

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने जनाइएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन-तीन रुपियाँ मूल्य बढाएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय