त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गत मंसीर २३ गते दिक्षान्त समाराेह मनायाे जसमा विगतझैं विभिन्न तहका शिक्षार्थीहरू दिक्षीत हुने साैभाग्य पाए । उच्च शिक्षा हासिल गर्ने कार्य सबैकाे आर्थिक क्षमता र कार्यभारले भ्याउने कार्य हाेईन अर्थात्, धेरै ईच्छुक, दु:ख, त्याग गर्ने र अति मिहिनेतीले मात्र उच्च शिक्षा हासिल गर्न सक्छन् ।
त्यही उच्च शिक्षा हासिल गर्न लालायित विद्यार्थी तथा यस पवित्र कार्य शिक्षादानमा लिप्त व्यवसायिक प्राध्यापकले आ-आफ्ना स्वभाविक कर्म ठीक समयमा गर्न पाएनन् भने विद्यार्थीकाे भविष्य अन्याैलग्रस्त हुन्छ भने प्राध्यापकपनि भित्रि मनले सन्तुष्ट नभई केबल हाजिरि गरि “जागिर” खाईरहेकाे महसुस गर्छन् अर्थात्, प्रणालीमा त्रुटिले गर्दा कर्तव्यपालन गर्न सकेनन् भने इमान्दार प्राध्यापकले सहज मान्दैनन् ।
अवश्य पनि याे लेख त्रिविका अन्य शैक्षिक, आर्थिक, अनुसन्धान तथा अन्य गतिविधिबाहेक त्यसकाे परीक्षा प्रणालीमाथि सकारात्मक ढंगले रहेर लेखिएकाे हाे । याे पनि सत्य हाे कि अल्पज्ञानी वा काेही त्रिविलाई नबुझेका वा नकारात्मक साेचवाला जसलाई यस्तै मन पर्छ, उनीहरूले “यस्ताे कुरा त सम्बन्धित ठाउँमा गएर पाे भन्ने हाे” भन्लान् ।
मनोज कुमार कर्ण
तर यथार्थ याे हाे कि त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा नियम तथा कानून शिष्ट र परिष्कृत भएपनि प्रतिस्पर्धाबाट नाम निकालेर कार्यरत नियमकानूनलाई सम्मान गर्ने तथा हुकुम प्रमाङ्गीबाट विगतमा जागिर खाएका वा हालपनि राजनैतिक शक्तिले पेलपाल गरेर जागिर खाईरहेका र नियम कानून जे भएपनि मनमाैजी तवरले नामकाे लागि “नियमभित्र” रहेकाहरूले गर्दा कसैले परिक्षा नियन्त्रण कार्यालय (पनिका)मा गएर समयमा उसका कर्तव्यहरू जाँच लिने, उत्तरपुस्तिका परिक्षण गराउने तथा नतिजा निकाल्ने बारे बाेल्दा कुनै सुनुवाई हुनुकाे साटाे आफ्नै बेईज्जत गर्नु सरह हाे किनकि यस्ताे कुरा सुन्नलाई न समय पाईन्छ र नै काेहि गम्भिर भएकाे देखिन्छ ।
यसप्रति हाल विगत केही वर्षदेखि न त्रिवि प्राध्यापक संघ, न नेपाल प्राध्यापक संघ र न त कुनै प्राध्यापक संघ-संगठनले नै पनिका बल्खु वा डीन कार्यालयहरूमा गएर औपचारिक वा अनाैपचारिक सल्लाह समयमा कार्य सम्पादन गर्नलाई दिन्छन् ! हुनत त्रिविकाे समग्र राम्राेकाे लागि केवल परीक्षा प्रणालीमात्र जिम्मेवार छैन, अरूपनि निकाय जिम्मेवार छन् यसर्थ, एउटा जिम्मेवार नागरिक तथा त्रिविकाे विद्यार्थी तथा शिक्षक आफू रहेकाे कर्तव्यले आम विद्यार्थीकाे भविष्य सम्झेर तथा त्रिविकाे गरिमालाई उच्च राख्नलाई याे लेख लेख्नु परेकाे हाे ।
गत मिति २०७९ मंसीर १५ गते विहिवार “त्रिविमा व्यवस्थापन संकायकाे अप्लाईड काेर्स बिबिए लगायतमै विद्यार्थी पाउन मुस्किल” शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य पृष्ठ मै ब्यानर न्यूज बनाएकाे छ जसमा उल्लेख गरिएकाे छ कि त्रिविले बिबिए, बीएचएम, बीआईएम, बीटीटीआई जस्ता काेर्षहरूमै विद्यार्थी पाउन मुस्किल छ, काेटा जति विद्यार्थी आउँदैनन् । फेरि “गाेरखापत्र” दैनिकमा समग्र स्नातकाेत्तर विषयहरूका भर्ना खुलेकाे सूचना एकचाेटी प्रकाशन भैसकेपछि अब विद्यार्थीलाई जानकारी हाेस् र बढी संख्यामा आउन् भन्ने हिसाबले संकाय र विषयगत अलग अलग सूचनापनि साेहि भर्नाकाे लागि प्रकाशित भैरहेका छन् ! याे अवस्था केवल व्यवस्थापन विषयमै हाेईन अपितु बीसिए (ह्यूमानिटिज् तथा साेसल साईन्सेज्) लगायत अन्य विषयहरूमा पनि छन् ।
सवाल याे छ कि आखिरमा यस्ताे किन हुन्छ जबकि यही बिसिए वा बिबिए काेर्सहरू पढ्न विद्यार्थीले भारतकाे बैंग्लाैरलगायत भारतलगायत विश्वभरी जान्छन् ? यदि त्रिविलाई साँच्चिकै हामी माया गर्छाैं भने त्यसकाे परिधिभित्र देखा परिरहेका वा जानकारीमा आइरहेका नराम्रा अप्राज्ञिक जस्ता गतिविधिहरूलाई उजागर गर्नैपर्छ र त्रिवि प्रशासन सक्दाे आफैं वा नभए राज्य संयन्त्रकाे सहयाेगमा यी विकृतिहरू हटाउनै पर्छ । यस्ता विकृतिहरूकाे चाङ नै छन् तर पनि तत्काल सबैकाे टाउकाे खाइदिएका यस्ताहरूलाई सञ्चारमाध्यममा उठाउनै पर्छ । हाल, त्रिविमा पनिकाले स्नातकसम्म तथा सर्टिफिकेटहरू इस्यु गर्ने र डीन कार्यालयले स्नातकाेत्तरकाे परिक्षा रेखदेख गर्ने गरेकाे छ ।
त्रिविमा समयमा भर्ना खुल्दैन, समयमा जाँच लिईंदैन र समयमा परीक्षाफल प्रकाशित हुँदैन । उदाहरणकाे लागि गत शैक्षिक सत्र २०७८/०७९ मा व्यवस्थापनतर्फ वा अन्य संकायमा पनि दशैंभन्दा करिब १२-१४ दिन अघि नै एमबीएस अर्थात् स्नातकाेत्तर तहकाे पढाई हामीले थालिसकेका थियाैं, जबकि यसपाली हालसम्म स्नातक चाैथाे वर्षकाे परिक्षाफल नै प्रकाशित भएकाे छैन तर लाेकलाजले गर्दा विना रिजल्ट स्नातकाेत्तर तहकाे भर्ना भने खुलाईसक्याे !
पनिका बल्खुले दिक्षान्त समाराेह वा स्थानिय (वैशाख ३० गते) तथा प्रदेश-संघीय (गत मंसीर ४ गते) का निर्वाचनहरूलाई ढिलाेमा कारण देखाउन सक्छन् जबकि यसले खासै प्रभाव पार्दैन किनकि चुनावकाे लागि ३-४ दिन वा बढीमा ७ दिन विदा दिईएकाे हाेला तर यस्ता चुनाव नेपालमा एक चाेटि भएकाे हाेईन र विगतमा यति ढिलाे परिणाम दिन भएकाे थिएन । दाेस्राे कुरा, सन् २०२० देखि २-३ चाेटी काेराेनामा लकडाउन भए र त्यतिबेला पनिकाले नेपालका प्राय: विश्वविद्यालयहरूकाे तुलनामा अति ढिलाे गरि अनलाईन कक्षा शुरू गर्याे र परीक्षा परिणामहरू त यस्तै गरि रूलाएर दिएकाे थियाे तर यसपाली काेराेनापनि छैन, देशमा न बन्द हड्ताल, तालाबन्दी वा चक्काजाम फेरि यस्ताे ढिलाई किन ?
यथार्थमा भन्ने हाे भने पनिका वा डीन कार्यालय परीक्षा हेर्ने निकायहरूले प्रश्नपत्र छान्न अहिलेपनि अवकाशप्राप्त भएकालाई दिने, अति अल्छि र खराब नियत भएकालाई दिने (जसले पुरानै प्रश्नपत्र हु-बहु दिएकाे समेत देखियाे), समयमा उत्तरपुस्तिका जाँचेर नबुझाउनेलाई नियम बमाेजिम कार्वाही गरि कालाेसूचीमा नाम नराख्ने तर दलीय सिफारिसमा उत्तरपुस्तिकालाई जाँच्न दिने, दलिय सिफारिस र चिनजानकै भरमा अब्जर्भर परिक्षामा खटाएर पैसा बाँडेर खुवाएर नियन्त्रकहरूले नियुक्ति गरादिएकाे “गुण” तिर्ने जस्ता गैरजिम्मेवार कार्यहरू परिक्षाफलमा ढिलाई हुनुकाे जिम्मेवार छन् ।
अवश्यपनि विद्यार्थीलाई विश्वविद्यालयमा अनुशासनमा राख्नु भनेकै देशैभरी एकैचाेटी परीक्षा सञ्चालन अति कडाईकाे साथ हुनु हाे, याे हाेईन कि एउटा सेन्टरमा वा उक्त सेन्टरमा पनि कुनै काेठामा नैतिकता र हिम्मतभएका ईन्भिजिलेटरले व्यक्तिगत ढंगले ईमान्दारीपूर्वक स्वच्छ र निष्पक्ष कडा जाँच लिनु (जसले उसकाे ज्यानमा पनि खराब तत्वले असर पार्छ !) भने अर्काे सेन्टर वा काेठामा अति लूज् “रामराज्य” !
आज त्रिविमा हामी विद्यार्थी भर्नाका आधारमा विश्वका टाप टेनमा पर्ने भन्छाैं । हुन सक्छ याे स्नातक र स्नातकाेत्तरमा थुप्रै विषय पढाई हुने भएकाले गर्दा हाेलान् तर नेपालमा आज विद्यार्थीले वैश्विक प्रतिस्पर्धात्मक पढाईले गर्दा संख्या बढेकाे हामीले बुझ्दैनाैं अपितु नेपालका औसतन् विद्यार्थीले जहाँ “लूज्” जाँच हुन्छ, त्यहि क्याम्पस वा विश्वविद्यालयमा पढ्न जान्छन् भनेर विद्यार्थी संख्या “बढेकाे” बुझ्छाैं ! यदि त्रिविमा आम बुझाई अनुसार उतिर्ण हुन “लूज्” परिक्षा भईरहेकाे घट्नाले विद्यार्थी “बढेकाे” हाे भने याे अति चिन्ताजनक, निराशाजनक र देश अप्राज्ञिक तथा शैक्षिक माफियाकाे हाथमा पुगिसकेकाे अति दु:खद् समाचार हाे ।
त्रिविकाे परीक्षा प्रणालीपछि त्रिवि र त्यसका क्याम्पसहरूमा एउटा औसत प्रवृतिलाई हेर्ने हाे भने, अपवाद याेग्य व्यक्तिकाे नियुक्तिबाहेक, जाे सेमेष्टर बुझेकाे छैन, जाे सेमेष्टर काेर्स पढाउँदैन, उसकाे नियुक्ति अनुगमन, क्याम्पस प्रशासन आदिमा हुन्छ ! प्राध्यापकहरूले सेमेष्टर काेर्सले ताेकेकाे घण्टा जति कक्षामा पढाउँदैन, वार्षिक प्रणालीकाे जस्ताे ढिलाे गरि कक्षामा पुग्नु र चाँडै निस्कनु, कक्षामै माेबाईलमा विद्यार्थी र प्राध्यापकले कुराकानी गर्नु, टर्म पेपर स्टेपवाईज लेख्नुकाे त कुरै छाडाैं विना टर्म पेपर लेखन नै मार्क्स लिने-दिने, एउटै टापिकमा हु-बहु लेखिएका टर्म पेपरहरू सारिएका, कसले पहिला टर्म पेपर बुझायाे साे काे रेकर्ड ई-मेलबाट बुझेर नलिई हाथबाट त्यसमा पनि विद्यार्थी स्वयंले नआएर अरूकाे हातबाट बुझाउने, प्राध्यापकलाई हेप्ने, मिड टर्ममा बढी अङ्क पाउन विद्यार्थी नेता कहलिनेले दबाव र धम्की दिने भने कतिपय ठाउँमा मिड टर्म जाँच नै नदिएरपनि बलजफ्ति फाईनल जाँच दिन “क्वालिफाई” हुने नत्र सम्बन्धित व्यक्तिमाथि जाेरजुलुम गर्ने तर त्याे प्राध्यापकले कसै कहाँ सुनाउने ठाऊं र जिम्मेवार व्यक्ति/प्रशाशक नभेट्टाउने जस्ता अप्राज्ञिक गतिविधिहरू त्रिविका विद्यार्थीहरूमा क्षमता घटाउने कारकहरू देखिन्छ ।
अवस्था कतिसम्म दर्दनाक छ भने काेराेना लकडाउन कहिले बितिसक्याे, त्रिविले भाैतिक उपस्थितिमै ताेकिएकाे समयमा कक्षामा गएर प्राध्यापन गराउनुपर्ने भनिसकेकाे छ तर चाहे मानाैं हाम्रै पाटन संयुक्त क्याम्पस, पाटनढाेका (त्रिवि)मा कि बीएस्सीसिएसआईटी वा एमबीएस वा अन्य प्राेग्रामहरूमा हालसम्म अनलाईन कक्षा नै हुन्छन् त्याेपनि विहान लिनुपर्ने ७ बजेकाे कक्षा त्याे प्राध्यापककाे जुनबेला प्राईभेट पढाएर फुर्सद पाउने हाे त्याेबेला बेलुकाकाे ६-७ बजे ! यसमाथि जाे जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाएकाे हुन्छ, उसकाे पैसा प्रतिशतमा कमिशनकाे दरले कथित् विद्यार्थी नेताले खाईदिन्छ ! पठनपाठन समयमा र नियमित हाेस् भनेर कुनै विद्यार्थी संगठन डिपार्टमेन्टमा डेलिगेशन जाँदैन बरू विद्यार्थी नेताकाे नाममा सेटभएकाे रूटीन चलाउन, टर्म पेपर नलेख्नलाई, मिड टर्ममा फेल भएपनि बढी अङ्क वा मिड टर्म जाँच मै सामेल नै नभएर क्वालिफाई हुनलाई दबाव, थेसिसमा प्लेजिएरिज्म गरि बढी मार्क्स लिनलाई, ताेडफाेड गर्नलाई जान्छन् ।
कतिसम्म सुनियाे भने काेहि विद्यार्थीले प्राध्यापकलाई याे भनेन कि तपाईंले पढाउन सक्नु भएन, टाईममा आउनु हुन्न बरू सक्षम प्राध्यापकलाई भन्दियाे कि तपाईं पढ्ने पढाउने कुरा गर्नु हुन्छ, नियमकानून बाेल्नु हुन्छ, याे पाटन क्याम्पस यस्तै हाे तसर्थ तपाईं सेन्ट्रल डिपार्टमेन्टमा सरूवा गराउनुस् ! यस्ताेमा ईमान्दार प्राध्यापककाे त न ज्यू ज्यानकाे र नै प्रतिष्ठाकाे नै सुरक्षा छ !
सायद यिनै कारणहरू हाेलान् कि जुन विषय नेपालका अध्ययनशील विद्यार्थी र बच्चाकाे भविष्यप्रति चिन्तित अभिभावकले बढी रकम तिरेर विदेशमा पढ्न पठाउँछन्, त्यहाँ त्रिवि र नेपालकाे बिग्रिसकेकाे लगभग ध्वस्त विश्वविद्यालय प्रणालीहरूलाई पत्याउँदैनन् र नेपालमा पढ्न पठाउँदैनन् भने अनुसन्धान र इमानदारी प्राध्यापनमा निर्लिप्त प्राध्यापक कक्षाकाेठामा जान डराउँछन् !
के नेपाल सरकारले विद्यार्थी संघ-संगठनलाई राजनैतिक दलहरूकै सल्लाहमा मर्यादित बनाउने वा अन्य कुनै तरिका अपनाउने छन् ? के त्रिविलगायत अन्य विश्वविद्यालयहरूकाे आन्तरिक यी गतिविधिहरूप्रति जानकार भई सम्बन्धित पक्षहरू नियन्त्रण गर्न उपाय अपनाउलान् ?
(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन्)