गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु

कपिलवस्तु, १९ भदौ । कपिलवस्तुको जुगनियामा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ ।
विजयनगर गाँउपालिका–७ जुगनियामा शनिबार बेलुकी भएको उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् ।
भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु अचानक खसेका थिए । खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।
चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।

