स्कुटर पुलमै रोकेर एक पुरुष नारायणीमा हाम फाले

चितवन, १३ भदौ । चितवनको नारायणी नदीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०३ –००३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर एक पुरुष सोमबार साँझ करिब साढे ५ बजे नदीमा हाम फालेका हुन् ।

हाम फालेको थाहा पाउनेबित्तिकै प्रहरीले खोजी सुरु गरेको भएपनि उनको अवस्था अझै अज्ञात रहेको छ ।

केही दिनअघि मात्र नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् । उनको पनि अवस्था अज्ञात छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय