नारायणी नदीको पुलबाट हाम फालेर युवती बेपत्ता

चितवन, ७ भदौ । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलबाट हाम फालेर मङ्गलबार दिउँसो एक युवती बेपत्ता भएकी छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तनी बस्‍ने २६ वर्षीया ऋचा उप्रेती नारायणी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

घटनापछि विपद् उद्दार सामग्रीसहितको प्रहरी टोलीले युवतीको खोजी सुरु गरेको छ ।

चितवनमा अहिले वर्षा भइरहेको र नारायणी नदीको सतह पनि पछिल्लो समय बढेका कारण खोजीमा कठिनाइ भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...