शनिबारदेखि बेपत्ता मन्डलाको खोजी गरिदिन परिवारको अपिल
बाँके, १० साउन । बाँकेको कोहलपुरबाट एक महिला बेपत्ता भएकी छन् । ५५ वर्षीया मन्डला हमाल नाम गरेकी महिला कोहलपुर मेरी स्टोप्सपछाडि आफ्नै घरबाट हराएको उनको परिवारले जनाएको छ ।
जुम्लाको सिंजा स्थायी घर भई अहिले कोहलपुर बस्दै आएकी ५५ वर्षीया हमाल गत शनिबार ८ गते दिउँसो ३ बजेतिर आफ्नै घर वरपरबाट हराएकोले देख्नुहुनेले दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
उनी अस्वस्थ रहेकोले परिवारका सदस्यहरु चिन्तित छन् । त्यसकारण उनीहरुले खोजीकार्यमा सहयोग गरिदिन अपिल गरेका छन् । यसबारेमा प्रहरीमा पनि खबर गरिसकिएको छ ।
उनलाई अन्तिमपटक कोहलपुरकै चपुरगढीमा देखिएको थियो ।
देख्नुहुनेले यस नम्बरमा सम्पर्क गरिदिनुहोलाः ९८४५९९१७७७