जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २६ घाइते

मकवानपुर, २० असार । मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

तीमध्ये तीनजनाको अवस्था गम्भीर भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय