जुम्ल्याहा बाइक !

तस्वीर: प्रदीप जंग क्षेत्री

काठमाडौं, १५ असार । काठमाडौंमा एकै नम्बर भएका दुई मोटरसाइकल भेटिएका छन् । गौशाला चोकको जाममा रोकिएका बेला एकै नम्बर भएका मोटरसाइकल देखिएका हुन् ।

बुधबार विहान करिब साढे ८ बजेको समयमा गौशालामा जाममा रहेका बेला देखिएका ती दुई मोटरसाइकलको तस्वीर त्यही जाममा रहेका प्रदीपजंग क्षेत्रीले खिचेका थिए ।

दुवै मोटरसाइकलको नम्बर बागमती प्रदेश-०२-०२२ प २३८० थियो । उक्त तस्वीर अहिले सामाजिक सञ्‍जालमा भाइरल छ ।

कतिपयले ती बाइकहरुलाई जुम्ल्याहा बाइक भन्दै हाँस्यास्पद टिप्पणी पनि गरेका छन् ।

यसबारेमा अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ । दुवै बाइकको खोजी भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय