जनकपुरमा उपमेयरकै घर डुबानमा
जनकपुर, १४ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुबानमा परेको छ ।
लगातारको वर्षापछि पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो । जनकपुर १० स्थित साहको घरमा मङ्गलबार विहान पानी पसेको हो ।
बाढी पस्ने समस्या पहिल्यैदेखिकै भएको बताउँदै उपमेयर साहले पानीको निकासका लागि एउटा चेम्बर बनाउनुपर्ने आवश्यकता भएको बताए ।
साहका घर वरपरका अन्य २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।