पार्टिभित्र प्रजातान्त्रिक बहस जरुरी: केसी

पोखरा, १२ असार । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा उठेका बिचारहरुलाई प्रजातान्त्रिक मध्यमबाट बहस, छलफल गरि निर्णय लिनुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कार्यालयमा आइतबार आयोजित अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् ।

अहिले भु-राजनीतिक हिसाबले देश निकै गम्भीर अवस्थामा रहेको हुँदा राष्ट्रहित हुने गरि बिदेश निति र राष्ट्रिय सुरक्षा नितिमा सम्पूर्ण दलको एउटै धारणा हुनुपर्ने नेता केसीले स्पष्ट पारे ।

अगुवा कार्यकर्ताहरुको भेटमा नेता केसीले गण्डकी प्रदेशले गरेको कार्य बाट अन्य प्रदेशले पनि अनुकरण गर्नुपर्ने बताउँदै केन्द्र र प्रदेशको समन्वयमा पार्टीको विधि विधानलाई शिरोपर गरेर नेता, कार्यकर्ता अगाडी बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा  गण्डकी प्रदेश  सभापति शुक्रराज शर्माले पार्टीले स्थानिय तह निर्वाचनमा खेलेको भुमिका, स्थानीय तहको निर्वाचनमा प्रदेशको अधिकार क्षेत्रमा केन्द्रबाट हस्तक्षेप, र आगामी निर्वाचनमा पार्टी लाइ बिजय गराउन काङ्ग्रेसको सम्पुर्ण संरचनाहरु परिचालित गराउनुपर्ने बताए ।

सभापति शर्माले पार्टीका सबै तह बिचको समन्वय, जनताको समृद्धिको चाहाना प्रजातान्त्रिक पद्धतिबाट मात्र हासिल हुने, राष्ट्र सम्पन्न बनाउन ब्यक्तिलाइ स्वतन्त्र बनाउनुपर्ने र उभित्र रहेको सम्भावना लाइ राष्ट्र हितमा उपयोग गर्नुपर्ने पनि प्रष्टयाए ।

महामन्त्री किरण बाबु श्रेष्ठले पार्टीलाइ सुचना प्रविधि मैत्री पार्टी बनाउन सुचना प्रबिधि कक्ष संचालन गरि कार्यसमिति लाइ प्रबिधि मैत्री बनाउने अभियान गण्डकी प्रदेश समितीले सुरुवात गरेको जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय