
सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा कर्मचारीको ज्यान गयो
काठमाडौं, ८ असार । सुर्खेतमा सरकारी जीप दुर्घटनामा परेको छ । जल तथा मौसम विज्ञान विभाग, कोहलपुरको बोलेरो जीप दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ ।


गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा सडकबाट करिब २५ फिट तल खसेर दुर्घटना भएको हो ।

जीपमा ४ जना सवार थिए जसमध्ये ४ घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
Comments

