जापानमा दुई जना नेपाली बालकको मृत्यु
काठमाडौं । जापानमा दुई नेपाली बालकको मृत्यु भएको छ।
टोकियोको हिनो सिटीमा खोलाले बगाएर १३ र १४ बर्षका नेपाली बालकको मृत्यु भएको हो।
दुवै बच्चालाई खोलाले बगाएको र उद्धारपछि हस्पिटलमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ।