चुनाव जति नजिकिँदै, जात उतिकै छुट्टिँदै

मनोज कुमार कर्ण

नेपालमा भएकाे जेनजी विद्राेहकाे नाममा बनेकाे गैह्रजेनजीहरू खासगरी नेपालमा परिवर्तन ल्याउने भनेर प्राय: पश्चिमा संस्था र संस्कृतिसँग नजिक मानिएकाहरूकाे सुशिला कार्कीकाे वर्तमान सरकारले आउने २०८२ फाल्गुण २१ गते नेपालमा चुनाव गराउने प्रस्ताव गरेकाे छ ।

सरकारले चुनाव गराएर युवालाई किटेर नै सत्ता हस्तान्तरण गर्न आतुर छु अनि कसैले चुनाव हुन सक्दैन भनेर लेख्याे भने कारवाही हुने धम्की पनि सुनिन्छ, जबकी सरकार स्वयम्ले नै चुनावबाट चुनिएर ठूलाे पार्टीलाई संविधानत: सत्ता हस्तान्तरण गर्ने अनि स्वयम् वैशाखतिर चुनावसार्ने प्रपञ्च अथवा भित्रि सल्लाह नगरेर चूपचाप दत्तचित्त भएर प्रस्तावित मितिमा नै चुनाव सम्पन्न गर्न लाग्नुपर्ने र अन्यलाई धम्काउनुभन्दा पनि हाकाहाकी मीडियामा बाेलेर चुनाव हुन सक्दैन बाेल्ने दुर्गा प्रसाईं अथवा, जेनजीकाे माग पूरा नहुञ्जेल चुनाव हुँदैन बाेल्ने सुदन गुरूङलाई सरकारले पक्रेर थुनामा राख्नुपर्थ्याे ।

यसबीच सामाजिक सञ्जालमा एउटा भीडियाेमा कार्की सरकारकाे सर्वज्ञात सत्य स्वरूप टेवा दिने सुदन गुरूङले सहकारीकाे रकम अपचलनमा हाल जेलमा रहेका अतिविवादित र संदिग्ध पात्र रवि लामिछानेकाे तरफदारी/पक्षलिएर बाेलेकाे सुनिन्छ । याे लेख आसन्न चुनाव र त्यसमा हुने प्रमुख ध्रुवीकरणका आधार र कारणबारे संक्षेपमा चर्चा गर्छ ।

झण्डाकाे दुरूपयाेग गर्नेदेखि घण्टीसम्म

समयले विपरीत ध्रुवका प्राणिलाई पनि बाढी, सुनामी, भूक्षय आदिका बेला एक ठाउँमा मिलेर बसेकाे श्रीलंकाकाे सुनामीमा स्याटेलाइट क्यामराले पनि हात्तीको पीठ्यूँमा बाध, मानिस, खरायाे, बाँदर आदि बसेकाे देखाएकाे थियाे । नेपालमा त मानिसमात्र एक जीव तर राजनैतिक विचार र नेपालकाे सार्वभाैमसत्तालाई आधारमानेर पक्ष वा विपक्षमा रहेर आपसी भिन्नता बनाएका छन् ।

हाे, यहाँ नेपालकाे माया लाग्छ र देश विकास गर्छाैं हामी भन्नेहरूले सडकमा नेपालकाे राष्ट्रिय झण्डा प्रयाेगकाे कानुन विपरीत सडकमा जेमा पनि र त्यसमाथि झन् देश जलाउन, घर जलाउन, मान्छे मार्नलाई दुरूपयाेग गरेर सत्तामा वर्तमान सरकारमा बसेकालाई पुर्याइएकाे सर्वज्ञात सबैले देखे, सुनेकाे र गत भदाै २३ गतेदेखि भदाै २७ गतेसम्मकाे सत्ताकाे भित्रि रिहियर्सल देखेका छन् ।

काठमाडाैंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क राई, हामी नेपालका सुदन गुरूङलगायत वर्तमान सरकारका मान्छेहरूले भित्रभित्रै झण्डा लिएर सडकमा पहिलादेखि नै माथि उल्लेखितजतिलाई फ्युवेलिङ्ग गर्नलाई ओर्लेका भाषणबाजी गरेका देखिएकै कुरा भयाे । यी सबैमा एउटा समानता छ- एशियाकाे पाकिस्तानी आइएसआइमार्फत् एकजना मेयर चीननिकट बाँकी त्यही आइएसआइमार्फत् अमेरीकि सिआइएकाे रकम र टूलकिटबाट परिचालित र सनातन हिन्दु धर्मविराेधी हुन् । यिनिहरू नेपालमा बढी मान्छेद्वारा खुलारूपमा जेनजी विद्राेह गराउने पात्रकारूपमा हुन् भनेर बुझ्छन् ।

यीमध्ये दुर्गा प्रसाईंकाे अस्पष्टताबाहेक यीनिहरूले नयाँ दल खाेलेर चुनावमा हाेमिने कसरतमा छन् र, चुनावकाे परिणाम जायज वा नाजायज, फाल्गुण २१ मा वा, वैशाख २०८३ मा सारेर भएपनि नतिजा आफ्नाे पक्षमा ल्याउने, नत्र दलहरूकाे सरकार बन्याे भने भदाै २३ देखि २४ गतेसम्मका अपराधहरूमा जेलमा काेचिईने भयले त्रस्त छन् । याे कार्की सरकारले शायद प्रस्तावित मितिमा चुनाव सम्पन्न गराएर युवालाई सत्ता सुम्पन्न आतुर छु यसै ग्रुपलाई हाे । अर्थात्, सरकारकाे आधार, बुनियाद कस्तामाथि अडेकाे छ अनि आफ्नाेपनि अवस्था दलहरूकाे सरकार बन्याे भने सही नरहला भन्ने त्रास सरकारमा बसेकाहरूकाे देखिन्छ । देशविरूद्ध गतिविधिमा एकथान सरकार बनाउन लागेकाहरूले शक्तिमा रहेपनि काँप्दा याे डर देशलाई माया गर्नेलाई राम्राे लागिरहेकाे छ !

गत २०७९ काे चुनावमा अमेरीकामा प्रसिद्ध निलाे रङ्ग र घण्टीलाई सापट ल्याएर मीडियामा सञ्चारकर्मीकाे रूपमा पहिला दलका नेतालाई धम्काएर स्वयम्का दाेहराे राहदानी/नागरिकता, बहुपत्नी/महिलासँगका अफेयर्स, सहकारी ठगी आदिमा मुछिएका पात्र रवि लामिछाने, रास्वपाका जेलमा आसिन भएरपनि अनैतिक सभापति रहेका, हाल बहुरूपीयाकाे परिचय नेपालीलाई दिंदै जेलमा छन् । गत भदाैमा भएकाे जेनजी आन्दाेलनपछि जेलबाट “कलाकारीता” देखाई निस्केर पुन: जेलमा प्रवेश गर्न पुगेका लामिछानेका मान्छेहरू जेनजी विद्राेहका नाममा ताेडफाेडमा छँदैथिए, अब धमाधम समातिंदै पनि छन् भने भदाै २४ गते जेलबाट “ससम्मान” जीपमा चढेर भाग्दा स्वयम् लामिछानेले भीडलाई हाथले बम फाल्ने ईशारा गरिरहेकाे भीडियाेमा हेर्न सकिन्छ । अचानक यस पात्रप्रति जेनजी विद्राेह अघि वर्तमान प्रम कार्की एकदम पक्षधर भई सडकमा बाेल्नुहुन्थ्याे भने हाल पदीय बन्धनले गर्दा आफैंले नबाेलेर सुदन गुरूङले रविलाई फसाइएकाे र मुद्दा लड्दा निकै लामाे समय जेलमा रह्ने देखिन्छ, छिट्टाे निस्कनुपर्छ जस्ताे भीडियाेमा बाेलेकाे सुनिन्छ ।

एकातिर जेनजी विद्राेहकाे आडमा यी घूसपैठियाहरूले जेलबाट कैदी भगाउने, नेता यदि भ्रष्ट थिए भने समातेर मुद्दा कानून अनुसार चलाउने नभई स्वयम् घर जलाएर जानलेबा हमला गराए भने अब देशकै कानून हाथमा लिएजस्ताे फ्लानाे लामिछानेलाई छिट्टाे जेलबाट निकाल भन्छन् ! याे कसरी सम्भव भयाे ? याे सबैका पछाडी दुई कुरा हुन्- पश्चिमा अमेरीकि कनेक्शन र नेपालमा यिनिहरू आगजनी, हत्या, हिंसा, ताेडफाेड गराई सत्ताकब्जा गरेकाले अब दलहरूकाे सरकार बन्दा समातिने त्रास । अत: यी बाघ, भालु, कुकुर, खरायाे आदि आउने चुनावमा एक ठाउँमै रह्ने बाध्यतामा छन्, अन्य यस्तापनि जाेडिन सक्छन् ।

वामपन्थी जालझेल

नेपालका वामपन्थी दल धेरै वटामध्ये हाल कम्तिमा २०६२/०६३ सालदेखि विभिन्न नाम, स्वरूप, नेताका आवागमन, अजेण्डा आदि झेल्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (प्रचण्ड नेतृत्वकाे माओवादी) नै हुन् । माथि जालझेल शब्द किन प्रयाेग गरियाे भने कम्युनिस्ट पार्टीकाे उद्भव नै वर्गीय मुक्तिकाे लागि हुन्छ । तर नेपालमा लसुनकाे ढेंरी/जब्बामा एक-एक दाना लसुन एकठाउँमा न कहिल्यै मिल्न सक्ने, न कहिल्यै छुट्टिन सक्ने जस्ताे जतिवटा जुन नामकाे कम्युनिस्ट पार्टी कुनै समयमा देखा परेपनि र काँग्रेसलाई जति सामन्तवादी वा गालीगलाैज गरेपनि यी कम्युनिस्ट दलका नेताहरूले स्वयं र परिवारबाहेक कसैकाे कुनै समस्या हल गरेनन् ।

सांसद, मन्त्री, राजनैतिक, कूटनैतिक पदहरू अन्य झैं बेचेकैले गर्दा त आजकाे जर्जर नेपाल भएकाे हाे । हाे, यीनिहरूले देशमा जेनजी, युवा, मधेशी वा कसैकाे आन्दाेलन भयाे भने अजेण्डामा सिमेन्टलाएर डेन्ट पेन्ट गरेर अथवा, पार्टीकाे नाममा हेराफेरी गर्छन् तर जनताकाे प्रगति भने गर्न सकेका छैनन् । यी नेपाली वामपन्थीहरूलाई देशका राजनैनिक, वैज्ञानिक, दार्शनिक, विचारक, चिन्तक आदि मन पर्दैन तर चीन, बेलायत, जर्मनी आदिका विचारक धेरै मनपर्छ । कम्युनिस्टहरूले देशकाे बाउन्डरी मान्दैनन्, वर्गीय चेत विश्वमा खाेज्छन्, धर्मलाई अफीम मान्छन् आदि भन्छन्, बुझिन्छन् पनि तर यिनिहरू चीन, रूस, उत्तरकाेरिया, क्यूबा कम्युनिस्ट देशलाई “मक्कामदिना” मान्छन् र सनातन हिन्दू, बाैद्ध जस्ता पूर्वीय धर्मसँग दूरी बढाउँदै चर्चकाे रक्षकसमेत बन्छन् । जुन धर्मका नेता नै दृष्टि, वैचारीक र व्यवहारिक दाेधारमा जीवन गुजार्छन्, उसले देशमा ठाेस विकास, चिन्तन देला भनेर साेच्नु नै महामूर्खता हाे । आसन्न चुनाव २०८२ फाल्गुण २१ काे निर्वाचनकाेलागि यी “लसुनका दानाहरू जब्बा बनाउँदै” नेकपा (प्रचण्ड) मा ध्रुवीकृत हुँदै एमाले अर्काे दल गरि दुईटा पार्टीबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

काँग्रेसलगायत लाेकतान्त्रिक शक्तिहरू

आजकाे विश्वका जुन दलले विचारमा परिमार्जन जति गरेपनि ईसेन्समा भने लाेकतन्त्रकाे विकल्प राेज्न पाउँदैन । यसकाे कारण विज्ञान तथा प्रविधिमार्फत् सञ्चारमा क्रान्तिले गर्दा स्वतन्त्रता, जनचाहना आदिका अजेण्डा मुखरितभएर वैश्विकरण भएर हाे । तसर्थ, आजकाे कमल थापाकाे राप्रपा नेपाल, माेहन वैद्य “किरण”काे नेकपा माओवादी अथवा, चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपिसि) सबैले “हामीपनि डेमाेक्रेटिक हाैं” भन्न बाध्य छन् । यदि जुन दिन उनीहरूले हामी “कट्टर कम्युनिस्ट” छाैं भन्न थाल्नेछन्, त्यसै दिनदेखि त्यहींका जनताले कम्युनिज्म र त्यसबाट हुने आफूमाथिकाे कडाइबारे प्रतिवाद गर्न थाल्नेछन् र विश्वका अन्य डेमाेक्रेटिक देशले पनि उसलाई “स्थिर” रह्न दिनेछैन । याे आजकाे वैश्विक राजनैतिक सत्य हाे ।

नेपालमा लाेकतान्त्रिक शक्ति विश्वले पत्याएकाे र पूर्ण मानककाे एकमात्र नेपाली काँग्रेस हाे । यसका नेताका विचार खराब हुन सक्छ तर दलकाे विचार वैश्विक मान्यतामा नै रहन्छ । भर्खर केही दशकयता खुलेका मधेशवादी दलमध्ये संसदमा प्रतिनिधित्व गर्ने महन्थ ठाकुर नेतृत्वकाे तमलाेपा (लाेसपा अथवा, जसपा) चाहिँ जति नै भएपनि काँग्रेसकाे तर्जमा लाेकतान्त्रिक दल हाे तर उपेन्द्र यादबकाे पुरानाे मधेशी जनअधिकार फाेरम आज जुन नाम (जसपा-नेपाल) मा भएपनि कम्युनिस्ट दल नै हाे । तर चुनावकाे बेला २०७४ साल र २०७९ सालमा राप्रपाहरूले पनि कहिले एमाले भने कहिले काँग्रेसनजिक रहेर लाेकतान्त्रिक ध्रुवमै बस्न मन पराए । जेनजी विद्राहपछि हुन लागेकाे चुनाव २०८२ फाल्गुण २१ गते प्रस्तावितमा भने राजावादीहरूले झिनाे आशमा राजतन्त्र फर्काउनलाई छुट्टै समूहबद्ध भई जेनजीकाे रापतापले कम्युनिस्टहरूले यदि अचानक प्रतिगमनकारी धार समाते भने उतै ढल्ने देखिन्छ । त्याेपनि यदि दुर्गा प्रसाईंले राजावादीधार समातिरहे भने राजावादीहरू एकठाउँमा रह्ने, रास्वपाले बाेली फेरे उनीहरूसँग मिसिने हुन् नत्र राजावादीहरूले समात्ने अलायन्सबारे झन् चुनावलाई नजिकिन दिनुपर्नेछ ।

तर भन्न के खाेजिएकाे हाे भने काँग्रेस पार्टीका नेताहरू स्वयं पनि मधेश आन्दाेलन र जेनजी आन्दाेलनपश्चात् पनि चाल चरित्रमा सुधार मधेशी, आदिवासी, जनजाति, दलित, आर्थिक विपन्न, महिला आदि वर्गका मागप्रति तथा देशका विकास, निर्माण, आर्थिक प्रगतिप्रति इमान्दार भइसकेका छैनन् । वैश्विक लाेकतान्त्रिक मान्यताकाे एकमात्र दल नेपाली काँग्रेस नै पनि वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानप्रति पूर्ण प्रयाेगकालागि एक्यबद्ध भई प्रतिबद्ध छैन, हुन बेर लगाउँछ भने अझै देशकाे भविष्य अन्याैलमय रहनेछ । तर जेनजी बनाम् काँग्रेस नेतृत्वकाे संघीय लाेकतान्त्रिक गणतन्त्र (एमालेपनि नजिकिन सक्छ) बनाम् राजावादी प्रतिस्पर्धा तीव्र हुने देखिन्छ, जसमा राजावादीधार कमजाेर हुने आँकलन गरिन्छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय