नेपालमा फेरि देखियो कोरोना,७ जनामा पुष्टि


काठमाडौं । नेपालमा पुन कोरोना देखापरेको छ। गत एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएपछि यो तथ्य खुलेको हो।

छिमेकी देश चीन र भारतमा पनि कोरोना पुनः फैलिएको छ। भारतमा धेरै ठाउँमा देखिएको कोरोना नै नेपालमा पनि देखिएको हो वा यो नयाँ भेरियन्ट हो भन्नेचाहिँ खुलेको छैन।

नेपाल सरकार स्वस्थ्य मन्त्रालयले यसबारेमा केही बताएको छैन ।यद्यपि स्वास्थ्य मन्त्रालयले नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । उनीहरुको धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको थियो। त्यसपछि ७ जनालाई नै काठमाडौं टेकुमा ल्याइएको छ ।’काभ्रेमा देखिएपछि सबैलाई अहिले टेकुमा ल्याईएको छ’ -स्रोतले भनेको छ, ‘अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ,छिट्टै थप तथ्य बाहिर आउँछ ।’

मन्त्रालयका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले यसबारेमा निर्देशन दिइसकेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताएको छ । तर, सबै तथ्य खुलाएको छैन।

यो भारतमा देखिएको कोरोनाको भेरियन्ट संक्रामक नै रहेको हो भने चाहिँ डराइहाल्नुपर्ने स्थिति नरहेको बिज्ञहरु बताउँछन् ।’भारतमा म्युटेसन हुँदैहुँदै गएर फरक खालको प्रजाति देखिएको हो । नयाँ प्रजाति कस्तो हुन्छ भनेर सबैको चासो हुन्छ । तर, घातक चाहिँ देखिएको छैन । नेपालमा देखिहाले पनि डराउनुपर्दैन । सजगता चाहिँ अपनाउनैपर्छ’-बिज्ञहरुले भनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय