देशैभर मौसम बदली, कम्तिमा शनिबारसम्म मौसम सफा नहुने

काठमाडौं, १५ चैत । हाल नेपालमा पश्‍चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावका कारण केही दिनदेखि देशभरको मौसममा बदली भइरहेको छ र यसैकारण वर्षा पनि भइरहेको छ ।

बिहिबार पनि विहानैदेखि पूर्वी तथा मध्य नेपालका विभिन्‍न स्थानमा वर्षा भइरहेको छ । यो क्रम कम्तिमा पनि शनिबारसम्म जारी रहनेछ । मौसमविदका अनुसार अझै २-३ दिन मौसम सफा हुने सम्भावना देखिएको छैन ।

पूर्वी नेपालका धेरैजसो स्थानमा वर्षा भइरहेको छ र वर्षाको सम्भावना अझै केही दिनसम्म छ भने पश्चिम नेपालमा बादल लाग्‍ने र पहाडी भुभागका केही स्थानमा छिटपुट वर्षाको मात्र सम्भावना देखिन्छ ।

अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । काठमाडौंसहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्‍न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

काठमाडौंमा पनि बिहिबार मौसम खुल्ने सम्भावना रहेको छैन । केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने क्रम शनिबारसम्म नै जारी रहने पुर्वानुमान छ । त्यसपछि अर्को प्रणाली भित्रिएपछि वर्षा हुने वा केही समयका लागि मौसम खुल्ने सम्भावना रहन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...